Sunday, June 12, 2016

मोटरसाईकल दुर्घटनामा घाईते किशोरको मृत्यु

पर्वतको मालढुङ्गामा शनिबार मोटरसाईकल र जिप एक आपसमा ठोक्कीदा घाइते भएका म्याग्दीका एक किशोरको उपचारको क्रममा मृत्यु भएको छ ।
बेनी देखि बागलुङ जादै गरेको ध १ प ५००१ नम्बरको भिआर मोटरसाईकल र कुश्माबाट बेनी आउँदै गरेको ध १ ज २४ नम्बरको जिप ठोक्कीदा घाइते भएका दरवाङ–६ का १६ वर्षिय आकाश पुनको उपचारको त्रममा आइतबार पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा घाइते भएका बेनी नगरपालिका–६ का १७ वर्षिय ओमकार पौडेलको भने उपचार भैरहेको ट्राफीक प्रहरी हवल्दार ठाकुर क्षेत्रीले बताउनुभयो । दाहीने कुम र अनुहारमा चोट लागेर घाइते भएका पौडेल खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

No comments:

Post a Comment