Saturday, June 11, 2016

रातमा आएको बाढीले क्याम्सचोक डुवानमा (फोटो सहित)

म्याग्दी, ३० जेठ । शनिबार रातमा भएको अविरल वर्षासंगै आएको बाढीले क्याम्पसचोक पुनः डुवानमा परेको छ । रातको १० बजेपछि झन्डै साढे १ घण्टासम्म भारी वर्षा हुँदा क्याम्पसमा बाढी पसेको थियो ।  बाढीका कारण ५० भन्दा धेरै घर प्रभावित बनेका छन भने कति क्षति भएको छ भन्ने एकिन गर्न सकिएको छैन ।अविरल वर्षाले बेनीबजार भन्दा मािथ बाट आएको लेदो सहितको बाढीले क्षतिग्रस्त बनेको हो । बाढी आएपछि क्याम्पसचोक २ फिट देखि ७ फिटसम्म डुवानमा परेको छ । गत वर्षपनि क्याम्पसचोकमा आएको बाढीले लाखौको क्षति बनाएको थियो । बाढी पसेपछि क्याम्पसचोकमा रहेको सुनचाँदी ढुकान, पुस्तक पसल, कस्मेटी पसल, फेन्सी, फ्रेस हाउस, शैलुन लगायतका पसलहरुमा क्षति पुगेको छ । यसैगरि सोही बाढीले कालीपुल क्षेत्रमा समेत क्षति पुर्‍याएको छ । भारी मात्रामा बर्षा हुँदा मंगलाघाट क्षेत्रमा समेत असर पुगेको छ । एक्कासी परेको वर्षाले जिल्लाका अन्य विभिन्न स्थानमा  क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment