गल्कोट अनलाइन खबर ,
बालकृष्ण सुबेदी गल्कोट
गलकोट पत्रकार समाज द्वारा सञ्चालित गलकोटको पहिलो अनलाइन पत्रिकालाई प्रवासी गलकोटे युवाहरुले सहयोग गरेका छन । समाज द्वारा २०७२ साल देखि सञ्चालित गलकोट खवर डट कम लाई हाल जापानमा ब्यवसाय तथा रोजगारी गर्दै आएका गलकोटका दुई युवाले आर्थिक सहयोग गरेका हुन ।
मल्म ८ घर भई जापानमा ब्यबसाय गर्दै आएका समाजसेवी तुलविर थापा समर्पणले गलकोट खवरलाई नगद १५ हजार सहयोग गरेका हुन । गलकोटको आवाज गलकोट खवर विना प्रवासी गलकोटे दाजूभाई तथा दीदीबहिनी आफ्नो मातृभूमि बाट टाढाहुनु पर्ने भन्दै समाजसेवी थापाले सहयोग गरेको बताए ।
' उनले भने ,गलकोट खवर हाम्रो धडकन हो ,यो विना जन्मभूमि टाढा लाग्छ ,त्यसैले सवै प्रवासीले गलकोट पत्रकार समाजको अभियानमा साथ दिनु जरुरी छ '।
समाजसेवी थापाले गलकोट खवरको स्थापना काल देखिने आर्थिक तथा नैतिक सहयोग गर्दै आएका छन । गलकोट खवर सञ्चालनको लागी उनले एक थान ल्यापटप सहयोग गरेका थीय ।
त्यसैगरी मल्म २ रिष्मीका मेघराज सापकोटाले पनी गलकोट खवरलाई आर्थिक सहयोग गरेका छन । उनले नगद १० हजार सहयोग गरेका हुन ।
जापानमा अध्यन तथा रोजगारी गर्दै आएका सापकोटाले समग्र गलकोटको विकास ,यहाँको गतिवीधी र पर्यटकीय गन्तब्यको प्रवर्दनमा गलकोट खबरले अतुलनीय योगदान पुर्यायको स्मरण गर्दै सहयोग गरेको बताए । सापकोटाले गलकोट खवरको स्थापना काल देखिनै आर्थिक सहयोगका साथै जापान बाट समाचारदाता को रूपमा सहयोग गर्दै आएका छन ।
Saturday, June 18, 2016
गलकोटको माया
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment