Saturday, June 11, 2016

हाम्रो कला संस्कृति

गला र कला अनि संस्कृतिको धनी हाम्रो बाग्लुङ । अझ त्यसैमा पाण्डवखानी बाग्लुङका मगर सामुदायिकमा नाचिने प्रचलित सती घाटुले पाण्डवखानी बासिन्दाको शिर उँचो बनाई दिएको छ । पछिल्लो समयमा पाण्डवखानीका युवा पुस्ताहरुले खासै चासो नदिने र सबै विदेश पलायन हुनाले कतै सती घाटु लोप हुँदै जान्छ कि भन्ने डर बुढापाका हरुको छ । तस्वीरको दृश्य तपाईंहरूले देखिरहनु भएको छ । बाग्लुङको पाण्डवखानीमा प्रचलित सती घाटु नाचमा ढलाइएका सती ! नाच्ने युवतीलाई गीतबाट बेहोस बनाई ढलाउने र गीतबाटै पछि होसमा ल्याउने गरिन्छ ।

No comments:

Post a Comment