Sunday, December 30, 2018

गलकाेटकाे मल्ममा प्रथम पर्यटन मेला सम्पन्न, मल्म पाण्डबखानी भेदिखर्क सम्मकाे माेटरबाटाे विस्तार गर्ने गण्डकी प्रदेशका सांसद बुढा

गलकाेटकाे मल्ममा प्रथम पर्यटन मेला सम्पन्न,
मल्म पाण्डबखानी भेदिखर्क सम्मकाे माेटरबाटाे विस्तार गर्ने गण्डकी प्रदेशका सांसद बुढा
सुरेश छन्त्याल / गलकाेट
पर्यटन प्रवर्द्धनकाे लागि मन,वचन र कर्मले पर्यटन मैत्री बनाैं भन्नेमुल नाराका साथ राम्चेढुङ्गा पर्यटन विकास केन्द्र गलकाेट नगरपालिका ७ मल्मकाे प्रथम पर्यटन मेला कार्यक्रम अाज सम्पन्न भएको छ। गण्डकी प्रदेशका सांसद चन्द्र बुढा मगरकाे प्रमुख अाथितियतामा भएको कार्यक्रम सांसद चन्द्र बुढा मगरले कला संस्कृति खेलकुद पर्यटन विकासका लागि अझ उच्च स्तर विद्धि गर्ने गण्डकी प्रदेश पर्यटन याेजना गर्ने मगरले बताउनुभयाे त्यस्तै  मल्म पाण्डबखानी भेदिखर्क सम्मकाे माेटरबाटाे विस्तार गर्ने बताउनुभयो त्यस्तै पाण्डबखानी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ समाजसेवी मानसिह छन्त्यालले मल्म पाण्डबखानी माेटरबाटाे मर्मतमा अाफुले १० लाख लगानी गरिसकेको र अझै माेटरबाटाे विस्तार कार्यमा अाफुले सहयोग गर्ने प्रद्धिवद्दा दिनुभएको छ।अाजकाे कार्यक्रम विशेष अवसर पारेर छन्त्यालले अब मल्म पाण्डबखानी माेटरबाटाेलाइ विशेष प्राथमिकता दिदै सहजरूपमा यात्रा गर्न सजिलो पार्न मल्म पाण्डबखानी माेटरबाटाे मर्मत गर्ने मल्म पाण्डबखानीबासिकाे एकता हुन अत्यन्तै जरुरी रहेकाे बताउनुभयो । गण्डकी प्रदेशका सांसद चन्द्र बढा मगरकाे प्रमुख अाथितियता संस्थाका अध्यक्ष अम्मर थापाकाे सभापतित्याे ज्ञानबहादुर थापाकाे स्वागत र तुलबहादुर थापाकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे। कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता विविध सांस्कृतिक मनाेरन्जन पाण्डबखानीकाे साेरठी नाच तथा नाैमती बाजा समुहकाे प्रस्तुति रहेकाे थियाे। समुन्द्र सतहदेखि ६ हजार २३२ फिटमा रहेकाे स्थानबाट हिमाल,घुम्टेलेख र रमनिय मनाेरन दृश्य देख्न सकिने कार्यक्रम संयाेजक तथा पत्रकार थम्मन थापा सन्देशले जानकारी दिनुभयाे ।

Wednesday, December 26, 2018

पाण्डबखानीमा १० कुखुराकाे सव संकलन गरि ल्यापका लागि पाेखरा पठाउने पौडेल

पाण्डबखानी १० कुखुराकाे सव संकलन गरि ल्यापका लागि पाेखरा पठाउने पौडेल
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गल्कोट नगरपालिका १० पाण्डबखानीमा गत पुुस ७ गते अज्ञात रोगका कारण स्थानीय र विकासी ब्वाईलर, क्वाईलर जातका कुखुरा धमाधम मरे पछी स्थानीय चिन्ततित देखिएका थिए। सदरमुकाम जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क गर्दा नारायण शर्माले गल्कोट नगरपालिका कार्यालयका पशु शाखा प्रमुख चिन्तामणी शर्माको जिम्मेवारीको कुरा हो उहाँलाई सम्पर्क गरी पाण्डबखानी लैजान भनेपनि अाज चिन्तामणि शर्मा र जिल्ला प्राविधिक केशव पौडेल पाण्डबखानी अाएर १० कृषककाे घरबाट कुखुराकाे सव संकलन गरि ल्याप गर्न पाेखरा पठाउने पौडेलले जानकारी दिनुभयाे। सामान्य राेग लागेकाे र विशेषगरी अाखापाख्ने झुक्रिने समस्या देखिएकाे चिन्तामणि शर्माले बताउनुभयो। पाण्डबखानीमा पशु कार्यालय छ, तर न पशु डाक्टर छन् न कुनै सेवा उपलव्ध छ । स्थानीयबासी कुखुरा मर्न थालेपछी आत्तिएका थिए । उता हाम्रा कुुखुरा सखाप हुन दिने हो ? भन्ने स्थानीयको चिन्ता थियाे।राेगथामका लागि अाैषधी वितरण वडा कार्यालयबाट गरिने जानकारी प्राप्त भएको छ।

Friday, December 21, 2018

पाण्डबखानीमा बहेलर तथा लाेक्कल कुखुरा धमाधम मर्न थाले,पशु डाक्टर कर तिराे संकलनमा व्यस्त !

पाण्डबखानीमा बहेलर तथा लाेक्कल कुखुरा धमाधम मर्न थाले,पशु डाक्टर कर तिराे संकलनमा व्यस्त !
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा बहेलर तथा लाेक्कल कुखुरा धमाधम मर्न थालेका छन्। जिल्ला पशु कार्यालय बागलुङका नारायण शर्माका अनुसार सबै कामकाे जिम्मा गलकाेट नगरपालिका बाट चिन्तामर्णि शर्मालाई दिएका छाै। उहाँले नै हाे गलकाेटमा हेर्ने खास गरि अहिले चिसाे माैषम भएका कारण अावापानी नमिल्ने भएको कारण कुखुरा मर्न सक्ने शर्माले बताउनुभयो । शर्माले भन्नुभयाे पत्रकार जि हामीलाई तत्काल खबर ग�र्नुभयाे खुसि लाग्याे अहिले सबै जिम्मेवारी गलकाेट नगरपालिकाबाट चिन्तामर्णि शर्मालाई दिएका छाै उहाँलाई सम्पर्क गर्नु अनि तत्कालै पाण्डबखानी बाेलाउनु उहाँ त्यसरी कर उठाउन मिल्दैना उहाको काम पशु सम्बन्धि नै हुन्छ। यता गलकाेटका प्रतिनिधि समेत रहनु भएका चिन्तामर्णि शर्मा तिराे तथा घर दुरी संकलनमा व्यस्त हुनुन्छ। उहाँले भन्नू भयाे चिसाेका कारण हाे यहाबाट भाेलि अाैषधी पठाउछु भन्नू भयाे। यहाँ पाण्डबखानीमा पशु कार्यालय छ तर पशु डाक्टर र सेवा नै छैना यशमा ध्यान पुर्याउन नगरपालिका र वडा कार्यालयकाे विशेष जिम्मेवारी रहन्छ।

दाङ दुर्घटनामा मृतकको संख्या २२ पुग्यो, १५ घाइते मध्ये १४ लाई बाँके रिफर

दाङ दुर्घटनामा  मृतकको संख्या २२ पुग्यो, १५ घाइते मध्ये १४ लाई बाँके रिफर (घाइतेको नाम र ठेगाना)

पुस ६, दाङ । दाङमा विद्यार्थी बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ । घटनामा १५ जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी भन्ने स्थानको बीच भागमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना २१ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

‘२१ जनाको शव हामीले घटनास्थलमा फेला पारेका छौं,’ शाहीले भने ‘खोजी कार्य अझैं जारी छ ,संख्या थपिनपनि सक्छ।’ उनले घटनास्थलमा अधिकाँस पुरुपको शव फेला परेको र मृतक महिलाको संख्या ५-६ जनाजति रहेको जानकारी दिए ।

त्यस्तै थप एकजना घाइतेको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । प्रदेश प्रहरी प्रवक्ता तथा डिएसपी पुष्पराज मल्ले अस्पतालमा मृत्यु भएका व्यक्तिको समेत सनाखत हुन नसकेको बताए ।

१५ जना घाइते मध्ये १४ जनाको अवस्था गम्भीर रहेको हुँदा उनीहरु सबैलाई राप्ती अंचल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँके तर्फ पठाइएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बेलुका ९ बजेसम्म मृतक कसैको पनि सनाखत हुन नसकेको डिएसपी शाहीले जानकारी दिए । उद्धार कार्य जारी रहेको हुँदा कम्तिमा पनि रातको १२ बजेसम्म उद्धार चल्न सक्ने ईप्रका तुलसीपुरका प्रमुख शाहीले जानकारी दिए ।

उक्त बस दुर्घटनामा परि घाइते भएका १५ जना मध्य १० जना पुरुष र ५ जना महिला रहेका छन् ।

यसैगरी दुर्घटनाका घाइते भएका १५ जना घाइतेहरुको नाम र ठेगाना यसप्रकार रहेको छः

१) जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ बर्षीया छात्रा मिहाली हमाल (राप्ती अंचल अस्पतालमा उपचार जारी)

बाँके रिफर भएका घाइतेहरूः

२) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय कुसेन्द्र खत्री

३) दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी १७ बर्षीया समिक्षा रोकाया

४) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. १८ निवासी विक्रम भण्डारी

५) रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय प्रेमबहादुर खड्का

६) दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ स्यूजा निवासी १७ बर्षीया मुनुका रिजाल

७) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. २ निवासी १७ बर्षीय जीवन भण्डारी

८) जुम्लाको जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ४ निवासी १६ बर्षीया पर्शा रोकाया

९) अछाम जिल्लाको मंगलसेन नगरपालिका निवासी १९ बर्षीय युवराज ढुँगाना

१०) रुकुम जिल्लाको सानोभेरी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीया रोजिना पुन

११) दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी १८ बर्षीय संजय खनाल

१२) रुकुम जिल्लाको अर्मा निवासी १९ बर्षीय राजन डाँगी

१३) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ निवासी १६ बर्षीय भद्र विष्ट

१४) रोल्पा जिल्ला निवासी १७ बर्षीय प्रकाश वली

र १५) नाम थर नखुलेको अन्दाजी १६÷१७ बर्षीय पुरुष व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

बसमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार थिए । वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रवार नै कपुरकोट गएका थिए । तीनै विद्यार्थी र शिक्षक सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरी दाङ तर्फ फर्कंदै गर्दा शुक्रबार साँझ ५ बजेतिर दुर्घटनामा परेका हुन ।

प्रहरीले बसमा जम्मा ३७ जना सवार रहेको जानकारी दिएको छ । जसमा ३४ विध्यार्थी, २ शिक्षक र एकजना चालक थिए । यही वर्षदेखि सञ्चालनमा आएको बहुप्राविधिक शिक्षालयका विद्यार्थीको प्रयोगत्मक कक्षाको लागि नमस्ते राप्ती प्रालीको बस भाडामा विद्यालयले लगेको थियो । झन्डै ७ सय मिटर तल खसको बस क्षतविक्षत अवस्थामा फेला परेको छ ।

दुर्घटनाकी घाइते मध्येकी एकजना छात्रा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ बर्षीया छात्रा मिहाली हमालले अचानक बस खोल्सामा खसेको भएपनि दुर्घटनाको कारण थाहा नपाएको बताइन ।

‘मेरो होस आउँदा त म माथि नै भिरमा खसेकी रहेछु,’ हमालले भनिन् ‘ अरु साथीहरु र बसको त मैले कतै नाम निशान देखिन।’ उनले दुर्घटनामा परेका मध्ये झन्डै १६ जना विद्यार्थी जुम्ला जिल्लाका रहेको जानकारी दिएकी थिइन । हाल उनको उपचारका राप्ती अंचल अस्पतालमा उपचार जारी छ ।

नारायण खड्का/सेतोपाटीबाट

Monday, December 17, 2018

पाण्डबखानी सुनपानी भन्ने स्थानमा टेक्टर पल्टिँयाे।

पाण्डबखानी सुनपानी भन्ने स्थानमा टेक्टर पल्टिँयाे।
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तर्गत सुनपानी भन्ने स्थानमा गलकाेट हटियाबाट पाण्डबखानी अाउदै गरेकाे ग १ त २९२५ नम्बरकाे टेक्टर पल्टिँएकाे छ। गलकाेट नगरपालिकाबाट छुट्टिएकाे बजेटबाट पाण्डबखानीमा माेटरबाटाे सुधार तथा पराकिलाे बनाउनका लागि वेरेकर लिएर अाउदा  बढी लाेड भएर काेना तर्फ ढल्किएर पल्तिएकाे अासंका रहेकाे छ। बाटाे अवरुद्ध हुदा बागलुङ र हटियाबाट अाउने जाने सवारी साधन करिव ४ घण्टा राेकियाे। पाण्डबखानीमा बाटाे निर्माण भएको लामाे समय भैसक्दा पनि अझै सम्म सुधार हुन सकिरहेकाे छैना त्यस्तै पाण्डबखानीबाट हटिया हुँदै बागलुङ सदरमुकाम सम्मकाे गाडी भाडा पनि समायाेजन नभएको बाटाे निकै खराब भएता पनि यात्रा गर्न बाध्यता भएको यात्रुहरुले बताउछन्। त्यसैमा पिकअफवलाहरुले मन परि गाडी भाडा लिने गरेकाे यात्रुहरुकाे गुनासाे रहेकाे छ । र अब छिट्टै काउणटर संञ्चालन गरि काण्टरबाट नै निरन्तर जिप छुटाउने र बाटाे सुधार संगै बाटाे पराकिलाे बनाउन लाग्ने जानकारी प्राप्त भएको छ।

Monday, December 10, 2018

महिला हिंसा विरुद्धकाे १६ दिने अभियान अाज पाण्डबखानीमा सम्पन्न ,निर्मला पन्तकाे हत्यारालाई कार्वाही गर्नु पर्ने माग,

महिला हिंसा विरुद्धकाे १६ दिने अभियान अाज पाण्डबखानीमा सम्पन्न ,निर्मला पन्तकाे हत्यारालाई कार्वाही गर्नु पर्ने माग,
सुरेश छन्त्याल/पाण्डबखानी
मंसिर /२४/मंगलबार
निर्मला पन्त एउटा पात्र मात्र हाे यहाँ हजारौं महिलाहरुकाे बलत्कार, हत्या हिंसा भएको छ। र दाेसि लाई छाेटाे भन्दा छिटाे कार्वाहीकाे माग हुनु पर्ने कार्यक्रममा बाेल्ने व्गताहरुले बताए । महिला जागरण केन्द्र गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङको अायाेजनामा भएको हिंसा र दुव्र्यवहार छैना हामीलाई स्वीकार भन्ने मुल नाराका साथ भएको महिला हिंसा विरुद्धकाे १६ दिने अभियान कार्यक्रम अाज पाण्डबखानीमा सम्पन्न भएको छ। कार्यक्रममा महिला जागरण केन्द्र पाण्डबखानीका अध्यक्ष राधिका पुनकाे सभापतित्याे गलकाेट नगर सभा का सदस्य गनेश शेरचनकाे प्रमुख अाथितियामा भएको कार्यक्रममा रुपा श्रीसकाे स्वागत मन्तव्य अासा श्रीसकाे संञ्चालनमा सम्पन्न भएको छ। र्यालिमा पाण्डबखानी माध्यमिक विद्यालयबाट सुरु भएको बाईगाउ,बगर .गैराभाटी हुँदै लेङ्गुरे बाट विद्यालयमा अाएर काेण सभामा परिनत भएको थियाे। महिला हिंसा अत्याचार बलत्कार अन्त्य गराैं महिला पुरुष एक हाैं भन्दै कार्यक्रम सम्पन्न भएको थियाे।

Saturday, December 8, 2018

नेपाल आइडलको ७ औँ स्थानमा पुगेकी निलिमा थापा बागलुङमा सम्मानित

नेपाल आइडलको ७ औँ स्थानमा पुगेकी निलिमा थापा बागलुङमा सम्मानित
नेपाल मगर संघ बागलुङ र नेपाल मगर संस्कृतिक संघ बागलुङले मंगलबार एक कार्यक्रमका बिच सम्मन गरेको छ । संघले नेपाल आइडल जस्तो ठूलो कार्यक्रममा सहभागी भई आफ्नो प्रतिभा प्रस्फुटन गरि ७ औँ स्थानसम्म आउनु गौरबको विषय भएको भन्दै सम्मान गरेको थियो ।
थापामा नेपाली बिधाको जुन सुकै गीत पनि गाउन सक्ने क्षमता छ । उनले विषेशगरी पप विधाको गीतलाई बढी गाउने गरेको पाईन्छ । थापाले नेपाल आइडलको सिजन २ सातौँ स्थानमा पुगेर बाहिरीनु पर्दाको पीडा सनाउँदै आफ्नो स्वास्थ्यमा केही अनुकुलताका कारण आफु बाहिरीनु परेको बताईन् ।
थापाले आफुलाई नेपाल आईडलले गीत संगितको क्षेत्रमा पाईला चाल्न मार्गदर्शनको रुपमा काम गरेको बताउँदै आफुलाई लाखौँ नेपालीको मनमनमा पु¥याएको बताईन् । बागलुङमा आफु सम्मानित हुन पाउँदा धेरै खुसी भएको र सबैको साथ सहयोगले आफुलाई सांगितक क्षेत्रमा अगाडि बढ्न उत्प्रेरणा मिलेको बताईन् ।

उवासंघ बागलुङमा ९३ प्रतिशत मत खस्यो: राति ८बजेदेखि मतगणना सुरु हुने

उवासंघ बागलुङमा ९३ प्रतिशत मत खस्यो: राति ८बजेदेखि मतगणना सुरु हुने
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचनमा ९३ प्रतिशत मत खसेको छ । पछिल्लो अपेडट अनुसार अन्तिम समय चलिरहदाँ एक हजार १ सय ३३ मत खसेको हो ।
कुल मतदाता १ हजार २ सय २२ मध्ये एक हजार एक सय ३४ जनाले मतदान गरेका मुख्यनिर्वाचन अधिकृत भुमेश्वर गौतमले जानकारी दिए ।
उम्मेदवार र मतदाताहरु बिच चुनावी परिणामको बारेमा अड्कलबाजी शुरु भएको छ । हार जितका सम्भावित परिणामहरुको बारेमा चोकचोकमा चर्चापरिचर्चा शुरु भएको छ ।
दुबै प्यानलका राम्रा र संस्थाको लागि आवश्यक उम्मेदवारहरुको चुनावी भविष्यवाणी लिएर चिन्ता र चासो व्यक्त गर्न थालिएको छ । यो चुनाव उद्योग व्यवसायीहरुको बिचमा मात्रै नभई राजनीतिक दलहरुको प्रतिस्पर्दाका रुपमा देखा परेको थियो ।
सरकार पक्ष र प्रतिपक्षका रुपमा समेत ध्रुविकरण भएको यो चुनावमा राम्रो उम्मेदवारहरुको भाग्य र भविष्य दाउमा परेको छ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय नेतृत्वदेखि लिएर बागलुङ बजारका मध्यमार्गी व्यवसायी र नागरिक समाजका सदस्यहरुले समेत सहमतिको अन्तिम प्रयास गरेका थिए । जो सफल हुन सकेन ।
दुबै प्यानलका राम्रा उम्मेदवारहरु संस्थाका लागि आवश्यक छ भनेर आलोपालो सिद्धान्तका साथ सहमतिको कोसिस भएको थियो।मतगणना आजै राति ८ बजेदेखि बागलुङ उद्योग वाणिज्य संघको सभा हलमा हुने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले जानकारी दिए ।

Wednesday, December 5, 2018

रिघामा स्वयंसेविका दिवस सम्पन्न ३ स्वास्थ्य स्वयंसेविका सम्मानित

रिघामा स्वयंसेविका दिवस सम्पन्न ३ स्वास्थ्य स्वयंसेविका सम्मानित
चन्द्रा रामजाली/ रिघा
बागलुङको गल्कोट नगरपालिका वडा नं. ११ रिघामा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ। “महिला स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्धि, राष्ट्र निमार्णमा टेवा” भन्ने नारा सहित कार्यक्रम रिघा स्वास्थ्य चौकीमा भएको थियो । कार्यक्रममा यो वर्षभरमा राम्रो गर्ने स्वयंसेविकाहरु मध्येवाट उत्कृष्ट तिन जनामा पर्ने चन्द्रा रामजाली सिंजाली, भिमा श्रीस र लालमाया घर्तिलाई सम्मान गरिएको छ। कार्यक्रम रिघा स्वाथ्य चौकीका एच.ए. हरि थापाको अध्यक्षता, इन्चार्ज कोपिला थापाको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका गंगा श्रीस र चन्द्र रामजाली सिँजालीेले शुभकामना मन्तव्य राख्नु भएको थियो। नेपालमा २१ वर्ष अगाडि देखि महिला स्वास्थ्य स्वयंसेविकाहरुले काम गर्न सुरुवात गरेपनि विगत १५ वर्ष देखि हरेक डिसेम्वर ५ तारिकमा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइदै आएको छ। साथमा साेहि कार्यक्रममा स्वयंसेविका कमला राना लाई विदाइ गरिएको थियाे।गलकोट नगरपालिका वार्ड न.११ रिघामा अाज देखि सुरुभएकाे सम्पत्तिकर तथा भुमिकर संकलन गर्ने उदेश्यले घरदैलोमा पुगि गलकोट नगरपालिकाका सबै वडाहरुमा घुम्ती शिविर सेवा संचालन अन्तर्गत अाज पहिलाे दिनमा १३२ जनाकाे ८६ हजार संकलन भएको चिन्तामर्णि शर्माले जानकारी दिनुभएको छ। 

Tuesday, December 4, 2018

पाण्डबखानीमा लाइट बालेर सम्पत्तिकर तथा भुमिकर संकलन कार्यक्रम सम्पन्न ।

पाण्डबखानीमा लाइट बालेर सम्पत्तिकर तथा भुमिकर संकलन कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकोट नगरपालिका वार्ड न.१० पाण्डबखानीको वडा कार्यलायमा १६ देखि सुरुभएकाे सम्पत्तिकर तथा भुमिकर संकलन गर्ने उदेश्यले घरदैलोमा पुगि गलकोट नगरपालिकाका सबै वडाहरुमा घुम्ती शिविर सेवा संचालन अन्तर्गत पहिलाे दिन पाण्डबखानीमा ८८ जनाको ५४ हजार ८ सय २ कर संकलन भएको प्रमुख प्रशासकिय अतिकृत कृष्ण गौतमले जानकारी दिनुभएको छ । दाेस्राे दिनमा १३३ जनालाइ ६९ हजार ४ सय २१ रुपैया लागेकाे अर्जुन चालिसेले जानकारी दिनु भएको छ। र १९,२०, र २१ गते गलकोट नगरपालिका वार्ड नं. ११ रिघामा संचालन हुने जानकारी प्राप्त भएको छ । साथमा अन्तिम दिन आज पाण्डबखानीमा लाइट बालेर १३५ जनालाई ७२ हजा��र ९ सय ५७ रुपैया संकलन भएको जानकारी प्राप्त भएको छ।

Sunday, December 2, 2018

पाण्डबखानीमा लाइट बालेर सम्पत्तिकर तथा भुमिकर ८८ जनाको ५४ हजार ८ सय २ कर संकलन

पाण्डबखानीमा लाइट बालेर सम्पत्तिकर तथा भुमिकर ८८ जनाको ५४ हजार ८ सय २ कर संकलन
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकोट नगरपालिका वार्ड न.१० पाण्डबखानीको वडा कार्यलायमा आज देखि १८ गते सम्म सम्पत्तिकर तथा भुमिकर संकलन गर्ने उदेश्यले घरदैलोमा पुगि गलकोट नगरपालिकाका सबै वडाहरुमा घुम्ती शिविर सेवा संचालन अन्तर्गत आज पाण्डबखानीमा ८८ जनाको ५४ हजार ८ सय २ कर संकलन भएको प्रमुख प्रशासकिय अतिकृत कृष्ण गौतमले जानकारी दिनुभएको छ । र १९,२०, र २१ गते गलकोट नगरपालिका वार्ड नं. ११ रिघामा संचालन हुने जानकारी प्राप्त भएको छ । साथमा आज पाण्डबखानीमा लाइट बालेर काम भैरहेको छ ।

Saturday, December 1, 2018

गुल्मी काँग्रेसको जिल्ला सम्मेलन सर्यो !

गुल्मी काँग्रेसको जिल्ला सम्मेलन सर्यो !
नेपाली काँग्रेस गुल्मीको यहि मंसिर २० र २१ गते २ दिनसम्म हुने भनिएको ऐतिहासिक प्रथम जिल्ला सम्मेलन सरेको छ । मिति २०७५ मंसिर २ गते आइतबार जिल्ला कार्य समितिको बैठकको निर्णयबाट ऐतिहासिक जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको थियो । शनिबार नेपाली काँग्रेस गुल्मीको आयोजनामा पार्टी कार्यालय बी.पी. स्मृति भवन तम्घासमा पत्रकार सम्मेलन गरेर उक्त ऐहितहासिक जिल्ला सम्मेलन सरेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आउँदो पौष २८ र २९ गते ऐतिहासिक जिल्ला सम्मेलन गर्ने तय भएको पार्टी सभापति श्रेष्ठले जानकारी दिनुभयो । यो सम्मेलनलाई भव्यताका साथ सम्पन्न गराउनको लागि नेपाली काँग्रेसका क्रियाशिल सदस्य, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थालाई आ–आफ्नो ठाउँबाट लाग्न सभापति श्रेष्ठले आग्रह गर्नुभयो । यहि मंसिर २८ गते देखि ३ गते सम्म नेपाली काँग्रेसको महासमितिको भेला काठमान्डौमा सञ्चालन हुने भएकोले केन्द्रिय नेताहरु भेलाको तयारीमा लागेको हुनाले केन्द्रिय नेताहरुको अनुपस्थित हुने भएकाले यो सम्मेलन सरेको सचिव खिलध्वज पन्थीले जानकारी दिनुभयो

बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष पदमा पौडेल र राजभण्डारीको उम्मेदवारी !

बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष पदमा पौडेल र राजभण्डारीको उम्मेदवारी !
बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि युवराज राजभण्डारी र दयाराम पौडेलको उम्मेदवारी दर्ता भएको छ । संघको आउँदो मंसिर २१ र २२ गते हुने १७ औं महाधिवेशनमा वर्तमान बरिष्ठ उपाध्यक्ष राजभण्डारी र महासचिव पौडेलले बेग्लाबेग्लै प्यानलका साथ उम्मेद्वारी दर्ता गराएको हो ।
उद्योग बाणिज्य सघं बिशुद्ध ब्याव्सायीहरुको संगठन भनिएपनि दुई स्पष्ट धार देखिएका छन् । राजभण्डारीको प्यानललाई नेपाली कांग्रेस राष्ट्रिय जनमोर्चा राप्रपा र नयां शक्ति पार्टीको समर्थन रहेको छ भने पौडेल प्यानललाई नेपाल कम्युनिष्ट पार्टीको समर्थन रहेको ब्याव्सायीले बताएका छन् ।
राजभण्डारीको प्यानलबाट ऋषिराम गौतम र राजन कुमार शाक्यले उद्योग सदस्य तर्फ उम्मेदवारी दर्ता गराएका छन् भने पौडेलको प्यानलबाट हेम बहादुर खत्री र सन्दिप खड्काले उम्मेदवारी दिएका छन् । यस्तै महिला सदस्यमा राजभण्डारी प्यानलबाट सिता साप्कोटा र अर्चना पालिखे र पौडेल प्यानलबाट शर्मिला खड्का र यम कुमारी रानाले उम्मेद्वारी दर्ता गराएका छन् ।
१४ जना खुल्ला सदस्य पदको लागि राजभण्डारी प्यालनबाट नरेश कंडेल, विदेशकुमार श्रेष्ठ, उमाकान्त शर्मा ‘बाबु’, दिपक हमाल, शशिकपुर श्रेष्ठ, छविलाल सुवेदी, नविन कुमार श्रेष्ठ, ईन्द्रमणि पौडेल, निलेश राजभण्डारी, गणेशराज लम्साल, श्रीजय श्रेष्ठ, महेन्द्रप्रसाद शर्मा, थानेश्वर सुवेदी र सहविन अर्गेजा मगरले उम्मेदवारी दिएका छन ।
त्यसैगरी पौडेल प्यानलबाट प्रचण्ड राजभण्डारी, राजकुमार श्रेष्ठ, संजयकुमार श्रेष्ठ, बद्री ढुंगाना, अनिस खाती, अजय श्रेष्ठ, राजु खड्का, रामराज गुरुङ, अर्जुन चोखाल, कृष्ण बहादुर कार्की, लोक बहादुर केसी, हरिप्रसाद आचार्य, पुनम प्रसाद शर्मा, लक्ष्मण शर्माले उम्मेदवारी दिएका छन् ।
्महाधिवेशनमा अध्यक्ष सहित २ उद्योग सदस्य, २ महिला सदस्य र १४ जना खुल्ला सदस्य पदमा निर्वाचन हुनेछ । चुनावको मिति नजिकिएपछि आफ्नो समुहलाई विजयी गराउनका लागि उमेदवारहरुले घरदैलो अभियान पनि गर्न थालेका छन् ।

Thursday, November 29, 2018

बृद्धबृद्धा र अशक्त लाई पाण्डबखानी पुगेर प्रभु बैंकले सामाजिक सुरक्षा भत्ता वितरण,

बृद्धबृद्धा र अशक्त लाई पाण्डबखानी पुगेर प्रभु बैंकले सामाजिक सुरक्षा भत्ता वितरण,
सुरेश छन्त्याल/ पाण्डबखानी
प्रभु बैंक लिमिटेड गलकाेट , गलकाेट नगरपालिका कार्यालय र गलकाेट नगरपालिका १० पाण्डबखानीकाे संयुक्त अायाेजनामा अाज दाेस्राे दिन पाण्डबखानी वडा कार्यालयबाट अशक्त अपांग बृद्धबृद्धाहरुकाे लागि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। सेवाग्राहीहरुलाई प्रमु बैंक गलकाेटका शाखा प्रबन्धक कृष्ण हरि भण्डारी ,संञ्चालन प्रमुख शिशिर बम मल्ल, सम्बन्ध अधिकृत प्रकाश सुवेदी,प्रशिक्षार्थी राेशन बस्नेत,बैंकका सुरक्षा गार्ड  खिमबहादुर मल्ल,वडाका अध्यक्ष तिलक घर्ती तथा वडा जनप्रतिनिधि र पत्रकार सुरेश छन्त्यालकाे टाेलिले भत्ता वितरण गरेकाे थियाे। भत्ता बुझ्न हटिया जादा धेरै खर्च संगै दुख समेत हुने हुदा हामी जस्तो बृद्धबृद्धाहरुलाइ अाफ्नै घरमा अाएर भत्ता दिएकाेमा खुसि हुँदै धन्यवाद समेत दिएका थिए । अाज भएको भत्ता वितरण कार्यक्रममा  बृद्धबृद्धा,अपांग दलित गरि भत्ता २३२ जनालाइ वितरण भएको सञ्चालन प्रमुख शिशिर मल्लले जानकारी दिनुभएको छ। त्यस्तै हिजाे पाण्डबखानीकाे रमुवामा पुगेर ७५ जनालाई भत्ता वितरण गरेकाे  मल्लले बताउनुभयो। साथमा रमुवादेखि पाण्डबखानी अाउने क्रममा विच बाटाेमा रहेका बयाेबुद्ध तथा अपांगहरुलाइ घर दैलाे गरि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको समेत शाखा प्रबन्धक कृष्ण हरि भण्डारीले जानकारी दिनु भएको छ। भत्ता जम्मा गरि ३०७ जनालाई वितरण भएको बताएको छ।