Wednesday, December 5, 2018

रिघामा स्वयंसेविका दिवस सम्पन्न ३ स्वास्थ्य स्वयंसेविका सम्मानित

रिघामा स्वयंसेविका दिवस सम्पन्न ३ स्वास्थ्य स्वयंसेविका सम्मानित
चन्द्रा रामजाली/ रिघा
बागलुङको गल्कोट नगरपालिका वडा नं. ११ रिघामा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ। “महिला स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्धि, राष्ट्र निमार्णमा टेवा” भन्ने नारा सहित कार्यक्रम रिघा स्वास्थ्य चौकीमा भएको थियो । कार्यक्रममा यो वर्षभरमा राम्रो गर्ने स्वयंसेविकाहरु मध्येवाट उत्कृष्ट तिन जनामा पर्ने चन्द्रा रामजाली सिंजाली, भिमा श्रीस र लालमाया घर्तिलाई सम्मान गरिएको छ। कार्यक्रम रिघा स्वाथ्य चौकीका एच.ए. हरि थापाको अध्यक्षता, इन्चार्ज कोपिला थापाको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका गंगा श्रीस र चन्द्र रामजाली सिँजालीेले शुभकामना मन्तव्य राख्नु भएको थियो। नेपालमा २१ वर्ष अगाडि देखि महिला स्वास्थ्य स्वयंसेविकाहरुले काम गर्न सुरुवात गरेपनि विगत १५ वर्ष देखि हरेक डिसेम्वर ५ तारिकमा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइदै आएको छ। साथमा साेहि कार्यक्रममा स्वयंसेविका कमला राना लाई विदाइ गरिएको थियाे।गलकोट नगरपालिका वार्ड न.११ रिघामा अाज देखि सुरुभएकाे सम्पत्तिकर तथा भुमिकर संकलन गर्ने उदेश्यले घरदैलोमा पुगि गलकोट नगरपालिकाका सबै वडाहरुमा घुम्ती शिविर सेवा संचालन अन्तर्गत अाज पहिलाे दिनमा १३२ जनाकाे ८६ हजार संकलन भएको चिन्तामर्णि शर्माले जानकारी दिनुभएको छ। 

No comments:

Post a Comment