उवासंघ बागलुङमा ९३ प्रतिशत मत खस्यो: राति ८बजेदेखि मतगणना सुरु हुने
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचनमा ९३ प्रतिशत मत खसेको छ । पछिल्लो अपेडट अनुसार अन्तिम समय चलिरहदाँ एक हजार १ सय ३३ मत खसेको हो ।
कुल मतदाता १ हजार २ सय २२ मध्ये एक हजार एक सय ३४ जनाले मतदान गरेका मुख्यनिर्वाचन अधिकृत भुमेश्वर गौतमले जानकारी दिए ।
उम्मेदवार र मतदाताहरु बिच चुनावी परिणामको बारेमा अड्कलबाजी शुरु भएको छ । हार जितका सम्भावित परिणामहरुको बारेमा चोकचोकमा चर्चापरिचर्चा शुरु भएको छ ।
दुबै प्यानलका राम्रा र संस्थाको लागि आवश्यक उम्मेदवारहरुको चुनावी भविष्यवाणी लिएर चिन्ता र चासो व्यक्त गर्न थालिएको छ । यो चुनाव उद्योग व्यवसायीहरुको बिचमा मात्रै नभई राजनीतिक दलहरुको प्रतिस्पर्दाका रुपमा देखा परेको थियो ।
सरकार पक्ष र प्रतिपक्षका रुपमा समेत ध्रुविकरण भएको यो चुनावमा राम्रो उम्मेदवारहरुको भाग्य र भविष्य दाउमा परेको छ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय नेतृत्वदेखि लिएर बागलुङ बजारका मध्यमार्गी व्यवसायी र नागरिक समाजका सदस्यहरुले समेत सहमतिको अन्तिम प्रयास गरेका थिए । जो सफल हुन सकेन ।
दुबै प्यानलका राम्रा उम्मेदवारहरु संस्थाका लागि आवश्यक छ भनेर आलोपालो सिद्धान्तका साथ सहमतिको कोसिस भएको थियो।मतगणना आजै राति ८ बजेदेखि बागलुङ उद्योग वाणिज्य संघको सभा हलमा हुने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले जानकारी दिए ।
Saturday, December 8, 2018
उवासंघ बागलुङमा ९३ प्रतिशत मत खस्यो: राति ८बजेदेखि मतगणना सुरु हुने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment