नेपाल आइडलको ७ औँ स्थानमा पुगेकी निलिमा थापा बागलुङमा सम्मानित
नेपाल मगर संघ बागलुङ र नेपाल मगर संस्कृतिक संघ बागलुङले मंगलबार एक कार्यक्रमका बिच सम्मन गरेको छ । संघले नेपाल आइडल जस्तो ठूलो कार्यक्रममा सहभागी भई आफ्नो प्रतिभा प्रस्फुटन गरि ७ औँ स्थानसम्म आउनु गौरबको विषय भएको भन्दै सम्मान गरेको थियो ।
थापामा नेपाली बिधाको जुन सुकै गीत पनि गाउन सक्ने क्षमता छ । उनले विषेशगरी पप विधाको गीतलाई बढी गाउने गरेको पाईन्छ । थापाले नेपाल आइडलको सिजन २ सातौँ स्थानमा पुगेर बाहिरीनु पर्दाको पीडा सनाउँदै आफ्नो स्वास्थ्यमा केही अनुकुलताका कारण आफु बाहिरीनु परेको बताईन् ।
थापाले आफुलाई नेपाल आईडलले गीत संगितको क्षेत्रमा पाईला चाल्न मार्गदर्शनको रुपमा काम गरेको बताउँदै आफुलाई लाखौँ नेपालीको मनमनमा पु¥याएको बताईन् । बागलुङमा आफु सम्मानित हुन पाउँदा धेरै खुसी भएको र सबैको साथ सहयोगले आफुलाई सांगितक क्षेत्रमा अगाडि बढ्न उत्प्रेरणा मिलेको बताईन् ।
Saturday, December 8, 2018
नेपाल आइडलको ७ औँ स्थानमा पुगेकी निलिमा थापा बागलुङमा सम्मानित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment