पाण्डबखानीमा लाइट बालेर सम्पत्तिकर तथा भुमिकर संकलन कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकोट नगरपालिका वार्ड न.१० पाण्डबखानीको वडा कार्यलायमा १६ देखि सुरुभएकाे सम्पत्तिकर तथा भुमिकर संकलन गर्ने उदेश्यले घरदैलोमा पुगि गलकोट नगरपालिकाका सबै वडाहरुमा घुम्ती शिविर सेवा संचालन अन्तर्गत पहिलाे दिन पाण्डबखानीमा ८८ जनाको ५४ हजार ८ सय २ कर संकलन भएको प्रमुख प्रशासकिय अतिकृत कृष्ण गौतमले जानकारी दिनुभएको छ । दाेस्राे दिनमा १३३ जनालाइ ६९ हजार ४ सय २१ रुपैया लागेकाे अर्जुन चालिसेले जानकारी दिनु भएको छ। र १९,२०, र २१ गते गलकोट नगरपालिका वार्ड नं. ११ रिघामा संचालन हुने जानकारी प्राप्त भएको छ । साथमा अन्तिम दिन आज पाण्डबखानीमा लाइट बालेर १३५ जनालाई ७२ हजार ९ सय ५७ रुपैया संकलन भएको जानकारी प्राप्त भएको छ।
Tuesday, December 4, 2018
पाण्डबखानीमा लाइट बालेर सम्पत्तिकर तथा भुमिकर संकलन कार्यक्रम सम्पन्न ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment