पाण्डबखानी १० कुखुराकाे सव संकलन गरि ल्यापका लागि पाेखरा पठाउने पौडेल
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गल्कोट नगरपालिका १० पाण्डबखानीमा गत पुुस ७ गते अज्ञात रोगका कारण स्थानीय र विकासी ब्वाईलर, क्वाईलर जातका कुखुरा धमाधम मरे पछी स्थानीय चिन्ततित देखिएका थिए। सदरमुकाम जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क गर्दा नारायण शर्माले गल्कोट नगरपालिका कार्यालयका पशु शाखा प्रमुख चिन्तामणी शर्माको जिम्मेवारीको कुरा हो उहाँलाई सम्पर्क गरी पाण्डबखानी लैजान भनेपनि अाज चिन्तामणि शर्मा र जिल्ला प्राविधिक केशव पौडेल पाण्डबखानी अाएर १० कृषककाे घरबाट कुखुराकाे सव संकलन गरि ल्याप गर्न पाेखरा पठाउने पौडेलले जानकारी दिनुभयाे। सामान्य राेग लागेकाे र विशेषगरी अाखापाख्ने झुक्रिने समस्या देखिएकाे चिन्तामणि शर्माले बताउनुभयो। पाण्डबखानीमा पशु कार्यालय छ, तर न पशु डाक्टर छन् न कुनै सेवा उपलव्ध छ । स्थानीयबासी कुखुरा मर्न थालेपछी आत्तिएका थिए । उता हाम्रा कुुखुरा सखाप हुन दिने हो ? भन्ने स्थानीयको चिन्ता थियाे।राेगथामका लागि अाैषधी वितरण वडा कार्यालयबाट गरिने जानकारी प्राप्त भएको छ।
Wednesday, December 26, 2018
पाण्डबखानीमा १० कुखुराकाे सव संकलन गरि ल्यापका लागि पाेखरा पठाउने पौडेल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment