बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष पदमा पौडेल र राजभण्डारीको उम्मेदवारी !
बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि युवराज राजभण्डारी र दयाराम पौडेलको उम्मेदवारी दर्ता भएको छ । संघको आउँदो मंसिर २१ र २२ गते हुने १७ औं महाधिवेशनमा वर्तमान बरिष्ठ उपाध्यक्ष राजभण्डारी र महासचिव पौडेलले बेग्लाबेग्लै प्यानलका साथ उम्मेद्वारी दर्ता गराएको हो ।
उद्योग बाणिज्य सघं बिशुद्ध ब्याव्सायीहरुको संगठन भनिएपनि दुई स्पष्ट धार देखिएका छन् । राजभण्डारीको प्यानललाई नेपाली कांग्रेस राष्ट्रिय जनमोर्चा राप्रपा र नयां शक्ति पार्टीको समर्थन रहेको छ भने पौडेल प्यानललाई नेपाल कम्युनिष्ट पार्टीको समर्थन रहेको ब्याव्सायीले बताएका छन् ।
राजभण्डारीको प्यानलबाट ऋषिराम गौतम र राजन कुमार शाक्यले उद्योग सदस्य तर्फ उम्मेदवारी दर्ता गराएका छन् भने पौडेलको प्यानलबाट हेम बहादुर खत्री र सन्दिप खड्काले उम्मेदवारी दिएका छन् । यस्तै महिला सदस्यमा राजभण्डारी प्यानलबाट सिता साप्कोटा र अर्चना पालिखे र पौडेल प्यानलबाट शर्मिला खड्का र यम कुमारी रानाले उम्मेद्वारी दर्ता गराएका छन् ।
१४ जना खुल्ला सदस्य पदको लागि राजभण्डारी प्यालनबाट नरेश कंडेल, विदेशकुमार श्रेष्ठ, उमाकान्त शर्मा ‘बाबु’, दिपक हमाल, शशिकपुर श्रेष्ठ, छविलाल सुवेदी, नविन कुमार श्रेष्ठ, ईन्द्रमणि पौडेल, निलेश राजभण्डारी, गणेशराज लम्साल, श्रीजय श्रेष्ठ, महेन्द्रप्रसाद शर्मा, थानेश्वर सुवेदी र सहविन अर्गेजा मगरले उम्मेदवारी दिएका छन ।
त्यसैगरी पौडेल प्यानलबाट प्रचण्ड राजभण्डारी, राजकुमार श्रेष्ठ, संजयकुमार श्रेष्ठ, बद्री ढुंगाना, अनिस खाती, अजय श्रेष्ठ, राजु खड्का, रामराज गुरुङ, अर्जुन चोखाल, कृष्ण बहादुर कार्की, लोक बहादुर केसी, हरिप्रसाद आचार्य, पुनम प्रसाद शर्मा, लक्ष्मण शर्माले उम्मेदवारी दिएका छन् ।
्महाधिवेशनमा अध्यक्ष सहित २ उद्योग सदस्य, २ महिला सदस्य र १४ जना खुल्ला सदस्य पदमा निर्वाचन हुनेछ । चुनावको मिति नजिकिएपछि आफ्नो समुहलाई विजयी गराउनका लागि उमेदवारहरुले घरदैलो अभियान पनि गर्न थालेका छन् ।
Saturday, December 1, 2018
बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष पदमा पौडेल र राजभण्डारीको उम्मेदवारी !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment