रामु शाहि/ गलकाेट
खेलकुद, कला संस्कृति संरक्षण र सम्बर्धनकाे निमित्त युवाहरूका लागि एकता धर्म पाेखरी युवा समाजकाे अग्रता भन्ने नाराका साथ नयाँ वर्षकाे अवसरमा सुरु भएको खुल्ला पुटबल प्रतियाेगिता कार्यक्रम उट्घाटन भएको छ। गलकाेट नगरपालिका ११ रिघाका वडा अध्यक्ष डम्बर श्रीसले उत्घाटन गर्दै स्वास्थका लागि खेलकुद अत्तिनै महत्त्वपूर्ण रहेकाे भन्दै खेलकुद र खेलाडी राष्ट्रकाे गहना हाे, त्यसैले यहि यस्ता खेलकुद कार्यक्रम राख्न जरुरी हुन्छ, भन्दै खेलकुद संगै खेलाडीलाई संरक्षण गर्न वडा तथा नगरले हेर्नुपर्ने बताउनु भयाे। क्लबका अध्यक्ष दिनेश श्रीसकाे सभापतित्याे वडा नम्बर ११ का वडा अध्यक्ष डम्बर श्रीसकाे प्रमुख आथितिता कार्यक्रम आर्थिक उपसयाेजक शाेम श्रीसकाे स्वागत संगै सचिव मनाेज पुनकाे संचालनमा कार्यक्रम संचालन भइरकाे छ।खुल्ला फुटबल खेलमा १३ टिमकाे सहभागीता रहेकाे छ ।
No comments:
Post a Comment