Thursday, April 29, 2021

गलकोटमा ३ जनालाई कोरोना संक्रमण पुष्टि

गलकाेट, १६ बिहीबार
गलकोट नगरपालिकाका ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दो जुल्दो सामान्य लक्षणहरु देखिएपछि सोमबार स्वाब दिएका गलकोटका ४ मध्ये २ जनालाई कोरोना पोजेटिभ आएको धौलागिरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बि.क पोखरेलले जानकारी दिनुभयो ।

गलकोट नगरपालिका वडा नम्वर २ का ६२ बर्षिय १ जना पुरुष र गलकोट नगरपालिका वडा नम्वर ११ की ३५ बर्षिय १ जनामा महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोेरोना संक्रमण पुष्टि भएपछि पुरुषलाई  धौलागिरी अस्पताल बागलुङमा पठाईएको छ भने १ जना महिलालाई  होम आईसोलेशनमा राखिएको छ । 

डा. पोखरेलका अनुसार ६२ बर्षिय पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको र पछि केही जटिल समस्या देखिन सक्ने भन्दै उपचारको लागि धौलागिरी अस्पतालमा लागिएको हो । 

यसैबिच आज गलकोट नगरपालिका वडा नम्वर ५ का १ जना ५२ बर्षिय महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

लाईफ  केयर एण्ड डाईगोनोष्टिीक सेन्टर पोखरामा गरिएको परिक्षणमा कोरोना सक्रमण पुष्टी भएको हो । 

No comments:

Post a Comment