पाण्डबखानी माविलाइ २ सेट १८ थान जर्सी उपलब्ध ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे श्री पाण्डबखानी माध्यमिक विद्यालयका हरेक पक्षमा सन्निकट रहेर कोरोना महामारीबाट बँच्न आवश्यक महत्त्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराउने देखि विभिन्न सहयोगहरू गर्दै आउनु भएका गलकाेट नगरपालिका १० पाण्डबखानी सुनपानीका साथै यश विद्यालयका पुर्व विद्यार्थी समेत रहनु भएका हाल पाण्डबखानी समाज जापानका सचिव नारायण घर्तीले आफ्नो विवाह वर्षगाँठ तथा प्राणप्रिय सुपुत्र रिकेन घर्ती मगरज्यूको शुभ जन्म दिनको पावन उपलक्ष्यमा चैत्र २५ गतेदेखि गलकाेटमा हुन लागेकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्ये नजर गर्दै खेलाडी विद्यार्थी हरूलाई आवश्यक २ सेट (१८ थान) भलिबल जर्सी उपहार सौजन्य गर्नु भएको छ । आज विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्याल र प्रध्यानापक नर बहादुर सुनार नविनलाइ दाजु खगप्रसाद घर्तिले हस्तान्तरण गर्नु भएको छ। जर्सी बुझ्दै व्यवस्थापन समितिका अध्यक्ष छन्त्यालले उहाँको सुखद, समुन्नत र सारपूर्ण जीवनको कामनाका साथ सुख, शान्ति, समृध्दि, सुस्वास्थ्य तथा दिर्घायू प्राप्त होस् हार्दिक शुभकामना व्यक्त गर्दै, विद्यालयको विकास र हितका खातिर गर्नु भएको यो सहयोगका लागि समग्र विद्यालय परिवार यहाँको सकल परिवारजनप्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियाे। । यश अघि घर्तिले विद्यालयलाइ १५ हजार बराबरको स्वास्थ सामाग्री माक्स, सेनिटाजर, साबुन उपलब्ध गराउनु भएको थियाे।
No comments:
Post a Comment