विकासकाे पर्वधार भनेकै माेटरबाटाे रहेकाे निरज पुन
सुरेश छन्त्याल/ पाण्डबखानी
गल्कोट नगरपालिका मार्फत आ ब २०७७-७८ मा बिनियोजित नगर गौरबको योजना आन्तर्गत पाण्डबखानी रमुवा माेटरबाटाे स्तरोन्नति कार्य तिब्र गतिमा बढीरहेकाे छ। उक्त कार्यकाे आज अनुगमन भएको छ। अनुगमन गर्दै संबिधान सभा सदस्य नर बहादुर पुन निरजले विकासकाे पुर्वधार भनेकै सर्वप्रथम माेटरबाटाे नै रहेकाे भन्दै अबकाे याेजनामा बाटाेलाइ नै प्राथमिकता दिनुपर्ने जाेड्न दिदै याे बाटाे साेचेकाे भन्दा धेरै राम्रो काम भएकोमा समितिलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियाे। सस्थानदेखि भाङ्खानी सम्म ७५ प्रतिशत दलान र २५ प्रतिशत साेलिङ संगै मिसिनकाे काम विव्रगतिमा गइरहेको र सम्पूर्ण काम सम्पन्न नहुनसम्म कुनैपनि सवारीसाधन नचलाउन र त्यसमा पर्न गएकाे असुविधाप्रति समिति क्षमाप्रार्थी रहेकाे बाटाे समितिका अध्यक्ष कुमार पुनले बताउनु भयाे। अनुगमनमा संबिधान सभा सदस्य नर बहादुर पुन निरज, गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती, सदस्य राम प्रसाद बिक, पत्रकार सुरेश छन्त्याल, महेश पुन, कृष्ण सुनार लगाएतकाे टाेलिले अनुगमन गरेकाे थियाे ।
No comments:
Post a Comment