Tuesday, March 30, 2021

हात्तीपाइले राेग विरुद्ध एक दिने अभिमुखीकरण कार्यक्रम पाण्डबखानीमा सम्पन्न ।

हात्तीपाइले राेग विरुद्ध एक दिने अभिमुखीकरण कार्यक्रम पाण्डबखानीमा सम्पन्न ।
सुरेश छन्त्याल/ पाण्डबखानी
हात्तीपाइले राेग विरुद्धकाे अाैषधी सेवन गराैं, हात्तीपाइले राेग लाग्नबाट बचाैं भन्ने नाराका साथ गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे स्वास्थ्य चाैकीमा एक दिने हात्तीपाइले राेग निवारण अभियान सम्पन्न भएको छ। अभियानमा पाेषण सम्बन्धि जानकारी , हात धुने तरिका, स्तानपान लगाएतका विषयमा सुअाहाराकि यमुना बस्यालले सहजिकरणा गर्नुभएकाे थियाे।कार्यक्रममा वडा अध्यक्ष तिलक घर्तिकाे अध्यक्षतामा जनप्रतिनिधि, शिक्षक, सुनाैलादिनका अामाहरु, समाजसेवी, पत्रकार लगाएतकाे सहभागीता रहेकाे थियाे। दुई वर्षदेखि पाच वर्षसम्म एक चक्कि ६ वर्षदेदि १४ वर्षसम्म दुई चक्की र १५ वर्षभन्दा माथि तीन चक्की खुवाउने र एकै मात्राकाे ठुलाे चक्की एक चक्की प्रयाेग गर्ने साथै यहि चैत २० गते देखि सुरु हुने अभियान कार्यक्रम मध्ये प्रत्येक विद्यालाय, स्वास्थ्य चा‌की, र घर दैलाे कार्यक्रम हुने हुदा त्यस समयमा काेहिपनि नछुट्न स्वास्थ चा‌ैकी कि ईन्चार्ज रत्ना सुनारले सबैमा अनुराेध गर्नुभएकाे थियाे ।

No comments:

Post a Comment