Wednesday, March 24, 2021

बागलुङको बडिगाडमा दुई दुर्घटना

बागलुङको बडिगाडमा दुई दुर्घटना
चैत,१२ 

बाग्लुङको बडिगाडमा पिकअप जीप दुर्घ’टना हुँदा २ जना घाईते भएका छन् । बडिगाड गाउँपालिकाको वडा नं ४ जलजलाबाट वडा नं ५ ग्वालिचौर तर्फ आउँदै गरेको बा २० च २८८० नं को पीकअप जीप दुर्घ’टना भएको हो । दुर्घटनामा परी जीपमा सवार चालक गल्कोट नगरपालिका वडा नं ७ का यम बहादुर बुढाथोकी र सहचालक गल्कोट नगरपालिका वडा नं ६ कै सुजन गोतामे सामान्य घाईते भएका छन् । घाईते दुबैको अवस्था सामान्य रहेको बताईएको छ । दुर्घ’टनाको कारण खुल्न सकेको छैन् । घ’टनाका विषयमा थप विवरण आउन बाँकी छ ।
त्यस्तै बाग्लुङको बडिगाडमा चट्याङले लागेर एक जनाको मृ’त्यु भएको छ । बडिगाड गाउँपालिका वडा नं ८ नेटाखर्कमा चट्याङ्ले लागेर १२ वर्षीय किशोरको ज्या’न गएको हो ।
बेलुकी ६ बजेको समयमा स्थानीय अम्मरे बिकका १२ वर्षीय छोरा खिम बिकको चट्याङ लागेर मृ’त्यु भएको हो । स्थानीय एक विद्यालयमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घरमा खाटमा बसेको बेला एक्कासी चट्याङले लागेपछि घा’ईते भएका थिए ।
कपालमा आ’गो लागेको अवस्थामा उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृ’त्यु भएको हो । स्थानीयले बताए अनुसार उनी चट्याङ परेको बेला मोबाईल चलाउँदै थिए । चट्याङ्ले अन्य सामान्य क्षति भएपनि घरमा भने कुनै क्षति नभएको बताईएको छ ।

No comments:

Post a Comment