नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको जिल्ला बैठक तथा गलकोट नगरपालिका स्तरिय कमिटि गठन सम्पन्न ।
फागुन/२९
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको जिल्ला बैठक तथा गलकोट नगरपालिका स्तरिय कमिटि गठन सम्पन्न भएको छ ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले पशु प्राविधिकहरुलाई सरकारले चासो नदिएको बताउनुभयो ।
उहाँले नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले प्राविधिकहरुको हक अधिकार र उनीहरुको समस्या समाधान गर्नको लागि आवाज उठाउनुपर्ने भन्दै पशु र कृषि पेशालाई मर्यादित पेसा बनाउनको लागि जनप्रतिनिधि र सरकार प्रतिवद्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेश गलकोट नगरसभापति नारायणध्वज मल्ल, नेपाली काग्रेश गलकोट नगर सचिव विरजंग भण्डारी, नेपाल महिला संघ गलकोट नगर सभापति मिना श्रेष्ठ नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका केन्द्रिय सदस्य हरिदत्त सुवेदि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बैठकले शिव आचार्यको अध्यक्षतामा १७ सदस्यीय नेपाल पशु प्राविधिक संघ गलकोट नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सन्त बहादुर भण्डारी, सचिवमा बाबुराम पौडेल, कोषाध्यक्षमा गिता मल्ल, सह सचिवमा मेनुका गौतम र अन्य सदस्य रहनुभएको छ । बैठकले नेपाल पशु सेवा प्राविधिक संघ बागलुङको सचिवमा रिक्त रहेको पदमा बसन्त गौतलाई नियुक्ति गरेको छ ।
त्यस्तै कार्यक्रममा २ जना पुर्व प्राविधिकहरु रुद्रमणि शर्मा र ईन्द्र मणि चालिसेलाई सम्मान गरिएको थियो ।
कार्यक्रम नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बागलुङका अध्यक्ष कृष्ण प््रासाद ढकालको अध्यक्षता, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बागलुङका पुर्व अध्यक्ष फडयन्द्र चापागाईको स्वागत तथा सदस्य बलराम अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment