गजल
खाबाहरू कुहिएको अनि घरको भित्ता गलेको देख्दै देखिएन
सरकार तिम्रो आँखै अगाडि हो मेरो घर ढलेको देख्दै देखिएन
सत्ता फेरिन्छ सरकार बदलिन्छ मान्छे पनि बदलिएका होलान्
हाम्रो तिर देश बिकाश गरेको र देश बदलेको देख्दै देखिएन
अबुझ थिए म अनि बचपन थियो त्यो समय पनि मेरा लागि
आमाले आधा घाँटी पुगेको खाना ओकलेको देख्दै देखिएन
विदेशमा त रूखमा पैसा फल्छ भनेर आएका हौं हामिहरु
मालिक पसिना सकियो खोइ त पैसा फलेको देख्दै देखिएन
एउटि बुहारी दिन दिनै दोषी देखिन्छे,अलच्छिनि देखिएकि छे
तर उसको सपना खरानि भएको ,रहर जलेको देख्दै देखिएन
निश्चल कल्पीत
No comments:
Post a Comment