Thursday, March 4, 2021

पाण्डबखानी रमुवा माेटर बाटाे चैत १ गते देखि बन्द हुने ।

पाण्डबखानी रमुवा माेटर बाटाे चैत १ गते देखि बन्द हुने ।
सुरेश छन्त्याल/पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानीकाे रमुवामा माेटर बाटाे मर्मत संगै स्तरउन्नतीकाे काम तिव्र गतिमा अगाडि बढिरहेकाे छ । गलकाेट नगरपालिकाबाट विनियोजित ४० लाख बराबरको रकमले तारेखाेला देखि भाङ्खानी सम्मकाे माेटर बाटाे ढलान, साेलिङ गर्ने साथै मर्मतकाे काम भैरहेकाे हुदा चैत १ गते देखि वैशाख ३० गते सम्मका लागि पुर्ण रुपमा बाटाे बन्द हुने पाण्डबखानी रमुवा माेटर बाटाे समितिका अध्यक्ष कुमार पुनले जानकारी दिनु भयाे। पाण्डबखानी, रमुवा हुँदै बडिगाड गाउँपालिका ८ खाेलाखर्क र भिडिखर्क जाने कुनै पनि सवारीसाधन नचलाउन सबैमा अनुरोध गर्दै यदि महत्त्वपूर्ण काम आवाज जावाज गर्न परेमा चैत मसान्तसम्म गरिदिनु हुन समितिले सबैमा आवान गरेकाे छ। 
यता मल्म पाण्डबखानी माेटरबाटाे वर्षाै वर्ष देखि बाटाे अष्ट व्यस्त रहेकाे हुदा जाेखिम माेलेर यात्रा गर्नु पर्न बाध्यता रहेकाे र अझै पनि स्थानीय सरकारकाे ध्यान नगएपनि बाटाे मर्मत हुन सकिरहेकाे छैना यसरी बाटाे मर्मत नहुदा यात्रु तथा गाडी चालकहरुले पटक पटक माग राख्दा समेत कुनै पनि साचाे नदेखाएकाे चालक तथा यात्रुहरुकाे गुनासाे रहेकाे छ।

No comments:

Post a Comment