Saturday, March 13, 2021

गलकाेटमा अपांग संजाल नगर स्तरीय समिति गठन ।

गलकाेटमा अपांग संजाल नगर स्तरीय समिति गठन ।
सुरेश छन्त्याल/ फागुन २९
गलकाेट नगरपालिका स्तरीय अपांग संजालकाे बैठक सम्पन्न भएको छ। सम्पुर्ण अपांगता भएका व्याक्तिहरुकाे प्रतिनिधित्वमा स्थापना भएको अपांगता भएका व्यक्तिहरुकाे नगरपालिका स्तरीय संजालले
नयाँ समिति पाएकाे छ। संजालका अध्यक्ष शिशिर बम मल्लकाे सभापतित्याे नगर कार्यपालिका सदस्य गणेश शेरचनकाे प्रमुख आतिथियता वडा नम्बर ९ का वडा स्तरीय अपांग संजालका सचिव आविस्कार खरेलकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संजालका अध्यक्ष शिशिर बम मल्लद्धारा आर्थिक आयव्याय प्रस्तुत, आवश्यकता अनुसार सामाग्री वितरण, गरिएको थियाे। त्यस्तै सर्व समत शिशिर बम मल्ल अध्यक्ष रहने गरि उपाध्यक्षमा गुंज खत्री, खिम लाल सुवेदी, सचिव सुरेश छन्त्याल, सह सचिव आत्माराम मरासिनी, काेषाअध्यक्ष सुनिता विसि, आविष्कार खरेल सहित १५ कार्य समिति चयन भएको छ। कार्यक्रममा अपांगता भएका व्यक्तिहरुलाइ समाजले हेर्ने दृष्टिकोण फरक रहेकाे भन्दै अब छिट्टै वडा वडामा पुगि अपांग परिचयपत्र वितरण गर्ने तयारी रहेकाे नव निर्वाचित सचिव सुरेश छन्त्यालले जानकारी दिनु भयाे। त्यस्तै अपांग संजालले गर्ने हरेक कार्यक्रममा नगरले साथ दिदै आईरहेकाे र संजालकमा रहेकाे सुखदुःखमा साथ दिने अपांग समन्वय गलकाेटका संयाेजक समेत रहनु भएकि गलकाेट नगरपालिकाकि उप प्रमुख रेनुका काउचाले बताउनु भयाे।कार्यक्रममा ११ वडाकै प्रतिनिधिहरुकाे सहभागी रहेकाे कार्यक्रमकाे संचालन सचिव गुंज खत्रीले गर्नु भएको छ।

No comments:

Post a Comment