संञ्चारकर्मि सुरेश छन्त्यालको पहिलो प्रस्तुति दशै तिहारैमा गित युटुभमा
बाबा तुलप्रसाद छन्त्याल र आमा ज्ञानु छन्त्यालको खोखबाट २०४९सालमा जन्मेका छन्त्याल ९वर्ष हुदा पाण्डबखानी माविमा कक्षा१मा भर्ना भै कक्षा३मा आउदा सानै उमेरमा रेडियो नेपाल सुन्ने विशेषगरी लोक गित सुन्न मन पराउने।र पछि विकास हुँदै गयो रेडियो चल्न थाले त्यसपछि गुल्मी जिल्लाबाट प्रसारित रेडियो रेसुङ्गा एफएमबाट प्रसारण हुने कार्यक्रमहरुमा फोन पत्रबाट सहभागी हुन्थे।पछि यो कार्य निरन्तरता दिदै जादा समाचार समेत टिपाउथे।सुरेश छन्त्याल को समाचार नियमित प्रसारण हुन्थ्यो।त्यस्तै गर्दागर्दै बागलुङका विभिन्न एफएम बागलुङ एफएम धौलागिरि एफएम धौलासिरि अनलाइन सारठी एफएम स्काइ एफएफ गुल्मी एफएम रुरु एफएम गलकोट एफएम गलकोट पत्र गलकोट न्युज गलकोट खबर दोरपाटन पत्रिका धौलागिरी स्टार धौलागिरी टेलिभिजन विभिन्न पत्रपत्रिका अनलाइन मा आवद्ध भै समाचार सुचना रिपोर्टिङ गर्दै आइरहेको छु।पछि आफ्नै पाण्डबखानी अनलाइन खबर pandavkhani newsको प्रधान सम्पादक को भुमिका खेल्दै देश तथा विदेसबाट निकै राम्रो सल्लाह र प्रोत्साहन मिलेक
समाचार नियमित रिपोर्टिङ गरेको भन्दै गलकोट पत्र साप्ताहिक र सामुदायिक रेडियो गलकोट एफएमले सम्मान गरेको थियो।साथमा छन्त्याल लोक प्राखि पनि थिए।लोक गित निकै सुन्ने गुगुनाउने गर्थें पछिल्लो युवा पुस्ताले पप आधुनिक गित सुन्ने र मन पराउने गर्छन भने छन्त्यालको विचार छुट्टै छ।हाम्रो सांस्कृतिक र कलाहरुलाइ संरक्षण गर्ने लोक भाका पुराना कलाकार लाई सम्मान नयालाइ प्रोत्साहन गर्ने उनको सोच र विचार छ।उनी छुट्टै विचार भोग्दै आएकाछन्।गाउमा रहेरपनि उनले रोजगार को लागि स्वदेश मा रहेका नेपाली हरु दुख व्यथा बोकेको गित अहिलेको दशै र तिहारमा घर आउन नपाको र आमा सम्झि रुएको गित बजारमा ल्याएकोछन्।नवीन राना मगरको स्वरमा आफ्नो पहिलो प्रस्तुति को रुपमा दशै तिहार विशेष गित युटुभमा सार्वजनिक गरेकाछन्।
Friday, October 14, 2016
सञ्चारकर्मी छन्त्यालको दशै तिहारैमा भिडियो युटुबमा सार्वजनिक
Saturday, October 1, 2016
नेपाली चलचित्र ‘डु यु लभ मी?’ को टाईटल भिडियो सार्बजनिक
सुरेश छन्त्याल
काठमाण्डौ । बेजिला फिल्म एण्ड मिडिया प्रा लि. को ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘डु यु लभ मी ?’ को टाईटल गितको भिडियो युट्युबमा सार्बजनिक भएको छ । यस गितलाई हाईलाईटस् नेपालले सार्बजनिक गरेको हो ।
त्रिकोणात्मक प्रेम कथामा आधारित रहेर निर्माण गरिएको यस चलचित्र निर्माण सुदिप रानाले गरेका छन भने निर्देशन तथा लेखन सञ्जय काउछाको रहेको छ । चलचित्रमा मुख्य भुमिकामा चर्चित म्युजिक भिडियोहरुमा अभिनय गरि सकेका मोडेल लक्ष्मण पुनले गरेका छन भने मिस मंगोल २०१२ को बिजेता सपना रोका मगरले यस फिल्मबाट डेब्यु गरेकी छिन । साथमा प्रमोद खड्का, श्याम राई, पुस्कर गुरुङ, कबिता आले मगर, रमेश अधिकारी, शक्ति पुन, हेमा थापा मगर लगाएतका कलाकारहरुले अभिनय गरेका छन । चलचित्रमा राजेन्द्र खड्कीको द्धन्द, , कविराज गहतराजको नृत्य एवम् शेर बहादुर लामा र पुरुसोत्तम प्रधानको छाँयाङ्कन रहेको छ ।
यो गितमा राजु भुजेलको संगित, सञ्जय काउछाको शब्द तथा सुगम पोखरेलको स्वर रहेको छ । गितमा गोपाल रसाईलीले संगित संयोजन गरेका छन । यो चलचित्रले आफ्नो आधिकारि प्रदर्शन आगामी अक्तोबर ३० तारिखमा जापानबाट सुरु भई कोरिया हुदै नेपालमा प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
Monday, September 26, 2016
राजेन्द्र छन्त्याल सम्मानित
बागलुङ पाण्डबखानीमा जन्मनुभै अहिले हाल युकेमा कार्यक्षेत्र बनाउनुभएका राजेन्द्र छन्त्याल कालिका स्पोर्ट्स युथ क्लबलाई आर्थिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएको यस क्लबका सकृय सदस्य श्री राजेन्द्र छन्त्याललाई पाण्डवखानी गाविसका बरीष्ठ समाजसेवी श्री मानसिंह छन्त्याल र सुश्री राधिका पून बाट सम्मान पत्र र दोसल्ला ग्रहण गर्दै।
Sunday, September 25, 2016
गायक पूर्ण परियार एक सरल अनि असल व्यक्ती हुन् । भनिन्छ मानिसको स्वाभावले नै उसको परिचय दिन्छ । सकरात्मक सोच अनि कुशल विचार भएका परियार लम्जुङ्गमा जन्मेर अष्ट्रेलियालाई कर्मथलो बनाईरहेका छन् ।  – गायक पूर्ण परियार बाबा जित बहादुर परियार र आमा
बाबा जित बहादुर परियार र आमा अतिरुपा परियारको कोखबाट जन्मिएका परियार सानै देखि गीतसङ्गीतमा रुची राख्थे । कतै मादल बज्यो कि गएर गाइदिहाल्ने ।
उसो त घरमा बुबा र दाईले पनि कुनै कार्यक्रम सहभागी भई बाजा बजाउँदा त्यही बाजाको तालमा आफू पनि रमाउने परियार अहिले विगत १ दशक देखि अष्ट्रेलिया बस्दै आईरहेका छन् ।
सामाजिक सेवामा पनि उत्तिकै तल्लिन यी गायक अन्तराष्ट्रिय नेपाली कलाकार समाज क्विन्सल्याण्डको महासचिव समेत हुन् ।
यस्तै बुन्डोल लाईन्स क्लवको कोषाध्यक्ष समेत रहेका पूर्णले अष्ट्रेलियामा स्विमिङ्ग क्लास लिने गर्छन् ।
सानै देखि गीतहरु गाउन निकै सौखिन गायक पूर्णले यसअघि ‘ढाँटी ढाँटी’ (२०७१) बजारमा ल्याएका थिए ।
सोही गीतको सफलता स्वरुप अहिले पुनः अर्को गीत एकनारायण भण्डारीको शब्द र आफ्नै लयमा देवि घर्तीको आवाजको सहकार्यले ‘बुट्टे चोली’ बजारमा पस्केका छन् ।
जस्को अडियो भिडियो सार्वजनिक भैसकेको छ । उनको नयाँ गीतले अहिले युट्यबमा राम्रो सफलता पाईरहेको छ ।
हेरौं परियारकाे केही समयअघि मात्रै सार्वजनिक भएकाे ‘बुट्टे चाेली’ गीतः
Saturday, September 17, 2016
कस्तो हो?यो माया भन्ने चिज।
पहिले फोन्मा कुरा हुन्थ्यो फेस्बुकमा देखे।
देखन साथ तिम्रो नाम रिर्दयमा लेखे।
यो मायाँ को चिजै यसतो थाहै न पाई बस्दो रैछ।
बिचरा यो निर्दोस मन कता कता फस्दो रैछ।
मान्छे हुन्छ मन हुन्छ मन्मा पनि मायाँ हुने।
यहि मायाँ ताधा हुदा सम्झिएर अझै रुने।
झर्छ आसु पोल्छ छाति कस्लाइ यहाँ दुख्यो भन्ने।
मायाँको यो थुलो नदि कसरिम सुक्यो भन्ने।
कस्तो हो यो माया भन्ने चिज
पहिले फोन्मा कुरा हुन्थ्यो फेस्बुकमा देखे।
देखन साथ तिम्रो नाम रिर्दयमा लेखे।
यो मायाँ को चिजै यसतो थाहै न पाई बस्दो रैछ।
बिचरा यो निर्दोस मन कता कता फस्दो रैछ।
मान्छे हुन्छ मन हुन्छ मन्मा पनि मायाँ हुने।
यहि मायाँ ताधा हुदा सम्झिएर अझै रुने।
झर्छ आसु पोल्छ छाति कस्लाइ यहाँ दुख्यो भन्ने।
मायाँको यो थुलो नदि कसरिम सुक्यो भन्ने।
Wednesday, September 14, 2016
महिला संघ आदिवासी जनजाती कोटामा रेणुका काउचा उम्मेद्वार सुरेश छन्त्याल
नेपाली काँग्रेसको आदिवासी जनजाती फाँटमा चर्चित विद्यार्थी नेतृ रहिसकेकी रेणुका काउचा मगर महिला संघमा प्रत्यासी बन्ने भएकी छन्। नेपाल विद्यार्थी संघमा लामो राजनीति गरेकी रेणुका अब भने महिला संघको केन्द्रीय राजनीतिमा लागेकी छन्। महिला संघको तेस्रो महाधिवेशनमा उनले आदिवासी जनजाती केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।
विद्यार्थी नेतृत्व तहमा पुगेकी थोरै प्रभावशालीहरुमा नाम आउने रेनुका सरस्वती क्याम्पसमा स्ववियू कोषाध्यक्ष बनेकी थिएन। काउचा नेपाली काँग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि समेत बनिसकेकी छिन्।
काउचा नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत रहेकीछन्। समानुपातिक संसदको उमेद्वार समेत भएकी उनले आदिवासी जनजाती र यूवा महिलाहरुको मुद्दा महिला संघमा स्थापित गराउनको लागि आफूले उम्मेदवारी दिएको बताउँछिन्।
काउचा बागलुङ रिघामा जन्मेका हुन्
नेपाली काँग्रेस र महिला आन्दोलन नामक पुस्तकको सहलेखक समेत रहेकी काउचा सिर्जनशिल र वौद्धिक यूवा नेतृका रुपमा पनि चिनिन्छिन।
Tuesday, September 13, 2016
निफ अवार्ड जित्न सफल "सोरठी" युट्युबमा
निफ अवार्ड जित्न सफल "सोरठी" युट्युबमा
सुरेश छन्त्याल /पाण्डबखानी
हिमाल पुन द्वारा निर्देशित वृत्तित्र 'सोरठी हालै युट्युबमा सार्बजनिक भएको छ । यो वृत्तित्र धौलागिरी र गण्डकी क्षेत्रमा बसोबास गर्ने मगर र गुरुङ जातीमा प्रख्यात छ । यो वृत्तित्र सोरठी रानीको कथा बोकेको गिती नाचमा आधारित छ।
दशैको काल रात्रीबाट सुरु भई मंसिर महिनाको पुर्णिमामा समापन हुने सोरठी नाच हाल पाल्पा को बल्ड्याङ गदिका मगर राजा जयसिङ र उनकी छोरी सोरठी को जीवनमा घटेको घटनाको बारेमा बर्णन गरिएको छ । यो कथालाई बलिहाङ राजाले दाजु राजा जयसिङ को सम्झना मा बिशेष गरि तिहारको अवसरमा आफ्नो राज्य मा गाउन उर्दि गरेको पाईन्छ । त्यस समय यता यो नाच ठुलो समुहमा नाच्ने गरिन्छ । ठुलो समुहमा नाचिने भएकोले ठुलो नाच पनि भन्ने चलन छ।
सोरठी वृत्तित्र के निफ अर्थात नेपाल ईन्टरनेसनल ईन्डिजिनियस फिल्म फेस्टीबल सन २०१३ मा सेकेण्ड रनर अफ अवार्ड पाउने सफल भएको थियो । यो अवार्ड ईन्डिजिनियस फिल्म अर्काईभले हरेक बर्षे आयोजना गर्ने गर्दछ ।यससंगै टिईटिभी टईवानमा पनि छनोट हुन सफल भएको थियो ।
ब्ल्याक रोज फिल्मस्को प्रस्तुतिमा बनेको सोरठी मा शशिराम काउचा मगर र निरज पुनलाई फिचरिङ गरिएको छ ।वृत्तचित्रमा सोरठी नाच तथा नाचमा प्रयोग गरिने सांगितिक बाजासंगको अन्तर्वातामा समेटिएको छ ।यो भिडियो पाण्डबखानीमै सुटिङ गरियो थियो।
Thursday, September 8, 2016
गायक पुर्ण परिवार देवि घर्तीको आवाजमा नया गित बजारमा
लोकगायक पूर्ण परियारको "बुट्टे चोली "मा शंकर बिसी र पार्वती राइको प्रेमलीला (हेर्नुहोस भिडियो )
सन्तोष बस्याल ,भाद्र २२
गायक पुर्ण परियार एक सरल अनि असल व्याक्ती हुन । भनिन्छ मानिसको स्वाभावले नै उसको परिचय दिन्छ । सकरात्मक सोच अनि कुशल विचार भएका परियार लम्जुङ्गमा जन्मेर अष्ट्रेलियालाई कर्मथलो बनाईरहेका छन । बाबा जित ब.परियार र आमा अतिरुपा परियारका सुपुत्रको रुपमा जन्मलिएका परियार सानै देखि गीतसङ्गीत मा रुचि राख्थे । कतै मादल बज्यो कि गएर गाइदिहाल्ने । उसो त घरमा बुबा र दाईले पनि कुनै कार्यक्रम सहभागी भई बाजा बजाउदा त्यही बाजाको तालमा आफू पनि रमाउने परियार अहिले विगत १ दशक देखि अष्ट्रेलिया बस्दै आईरहेका छन ।। सामाजिक सेवामा पनि उतिक्कै तल्लिन यी गायक अन्तरास्ट्रिय नेपाली कलाकार समाज क्विन्सल्याण्डको महासचिव समेत हुन । यस्तै बुन्डोल लाईन्स क्लबको कोषाध्यक्ष समेत रहेका पुर्णले अष्ट्रेलियामा स्विमिङ्ग क्लास लिने गर्छन ।।
सानै देखि गीतहरु गाउन निकै सौखिन गायक पुर्णले "ढाटी ढाटी " (२०७१ ) बजारमा आज भन्दा करिब डेढ वर्ष पहिले ल्याएका थिए । उक्त गीतको सफलता स्वरुप अहिले पुन अर्को गीत एकनारायण भण्डारीको शब्द र आफ्नै लयमा देवि घर्तीको आवाजको सहकार्यले " बुट्टे चोली " बजारमा पस्केका छन । जस्को अडियो भिडियो सार्वजनिक गरिसकिएको छ । ५ दिन अघि मात्र युटियुब मार्फत बजारमा सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोलाई ८२००० ले हेरीसकेका छन फल्स्वरुप छोटो समयमा राम्रो सफलता पाईरहेको छ उक्त गीतले ।
नेपाली नारिको पहिरन मध्यको एक पहिरन "बुट्टे चोली " जस्ले नेपाली सस्कृतीको उत्थान गर्छ । हो यसै शब्दलाई शब्दकोष बाट टपक्क टिपेर एउटी नेपाली नारिको बुट्टे चोलीको अवतारलाई प्रस्तुत गरिएको गीतमा चर्चित निर्देशक शंकर बिसिले लोकदोहोरी क्षेत्रकि क्विन मोडल पार्वती राईलाई बुट्टे चोलीको पहिरनमा ढपक्क ढाकीदिएका छन । यति मात्र कहाँ होर अझ शंकरले त पार्वती राईको बुट्टे चोली सहितको अवतारमा छेडछाड समेत गरेका छन । हेर्नूहोस शंकर बिसि र पार्वती राई बिचको बुट्टे चोली सहितको प्रेमलिला ।
New Nepali Lok Dohori 2073/2016 | Fulbutte Choli - Devi Gharti & Purna Pariyar | Sitara Music
youtube.com
Monday, August 22, 2016
शिक्षा एेनको आठौं संशोधन पछि प्रगति आधारभूत विद्यालय मल्म ७ सप्ताहघाट बागलुङमा अभिभावक भेला आज सम्पन्न भएको छ ।
शिक्षा एेनको आठौं संशोधन पछि प्रगति आधारभूत विद्यालय मल्म ७ सप्ताहघाट बागलुङमा अभिभावक भेला आज सम्पन्न भएको छ । भेलाले राम बहादुर थापाको अध्यक्षतामा ९ सदसीय विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यमा जमुना गौतम, विष्णु थापा, मनु विक, टिका बहादुर थापा, लोक बहादुर केसी, शिक्षक प्रतिनिधी हरिदत्त गौतम र सदस्य सचिव प्रधानध्यापक नगेन्द्र बहादुर मल्ल रहनुभएको छ । त्यस्तै लोक बहादुर थापा संयोजक रहेको ११ सदसीय शिक्षक अभिभावक संघ समेत चयन गरेको छ । समितिको सदस्यमा लक्ष्मी परियार, कोपीला सुनार, कृष्णा थापा, कोपीला थापा, अमृता अधिकारी, गुमा थापा, शिक्षक प्रतिनिधी सावित्री थापा, पदेन सदस्य नगेन्द्र बहादुर मल्ल र विव्यस अध्यक्ष राम बहादुर थापा रहनु भएको छ भनें दल बहादुर थापा संयोजक रहेको ५ सदसीय सल्लाहकार समिति चयन गरिएको छ । सदस्यहरुमा सुवेदार टिका बहादुर थापा, छुम बहादुर थापा, होम बहादुर बस्नेत र थुमा थापा रहनुभएको छ । सो अवसरमा हरिचौर श्रोत केन्द्रका श्रोतव्यक्ति बम बहादुर थापा, शुभकामना मन्तव्य, नव निर्वाचित शिक्षक अभिभावक संघका संयोजक लोक बहादुर थापाले प्रतिवद्वता मन्तव्य, श्रोतव्यक्ति दिनेश पन्तले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम काॅडेबास श्रोत केन्द्रका श्रोतव्यक्ति दिनेश पन्तको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, शिक्षक सावित्री थापाको स्वागत र शिक्षक हरिदत्त गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।
Sunday, August 21, 2016
रणसिंहकिटिनीका सुनार परिवार लाई सहयोग गरौ
रणसिंहकिटिनीका सुनार परिवार लाई सहयोग गर्ने,परिवार र तुलविरको पद्दिवद्ता।
सुरेश छन्त्याल दर्पण
पाण्डबखानी अनलाइन खबर
म्यादीमा जन्मेर बेल्जियम कर्म थलो बनाएकी मनसुवा परिवारले आफ्नो निम्ति त जसले पनि गर्छ।अरुको निम्ति केही गरौ भन्ने उदेश्य बोकिकी कहिले उपचारबाट बन्चित त कहिले भुकम्प पिडित त कहिले विहान बिलुकि हात खुख जोड्न कठिनाइ परेका परिवार लाई संघसंस्था द्धारा सहयोग गर्दै आउनुभएको मनसुवा परिवारले फेरि अर्को पिडित लाई सहयोग गर्ने जानकारी गराउनुभएको छ।केही समय भित्र एकीकृत सिर्जनसिलको समाज बेल्जियमको प्रमु रहेर काम गर्ने हिम्मत बोकिकि मनसुवालाई बेल्जियमबासि शुभेच्छुकहरुले साथ सहयोग गर्दे आएकाछन्।त्यस्तै यता बागलुङ गलकोटमा जन्म ठलो बनाइ हाल जापानमा रहनुभएका समर्पण तुलविरले पनि खखिसरा परिवारलाई सहयोग गर्ने जानकारी दिनुभएको छ।उहाले मलाई भन्नू भयो यो दशैमा रणसिंहकिटिनी गहि रकम हस्तान्तरण गर्ने जानकारी दिनुभएको छ।विगत २०वर्ष अगाडि पैसा कमाउन भनि घरबाट निस्केका अनबहादुर सनारको अत्तोपत्तो छैना
पाण्डबखानी अनलाइन खबरका प्रधान सम्पादक तथा ओझेलका खबरका संवाददाता सुरेश छन्त्यालले विभिन्न मिडियामा मा प्रसारण र प्रकाशन गरेपनि सहयोग गर्ने व्यक्ति र संघसंस्थाहरुले जानकारी दिनुभयो।यसरी नै मन धनले सहयोग गर्ने व्यक्ति संघसंस्थाहरुले सिधै पाण्डबखानी अनलाइन खबरका लागि9847604382
इमेल:*sureshchhantyal20@gmail.com
साथै सप्तरङ्गि बचत तथा श्रृण सहकारी पाण्डबखानी का लागि:-9847604361
मा सम्पर्क गर्न सक्नुहुनेछ।तपाईं को सानो सहयोगले कसैको जिन्दगी बन्छ भने कृपया सहयोग गर्न नबुल्नु होला पाण्डबखानी अनलाइन खबरले आग्रह गरेको छ।
Thursday, August 18, 2016
लोकसंगीत र मोडलिङ क्षेत्रका उदाउँदा नक्षत्र गोविन्द पुनमगर !
नेपाल मगगोविन्द पुनमगर, नेपाली लोकसंगीत र मोडलिङ क्षेत्रमा एक उदाउँदा नक्षत्र हुन् । बागलुङको गलकोट, पाण्डवखानी–४, तल्लो फुर्सेमा आमा सावित्री पुनमगर र बुबा भाइरती पुनमगरको कोखमा जन्मे हुर्केका गोविन्दले आफ्नो प्रारम्भिक शिक्षा पाण्डवखानी प्रावि, फुर्सेबाट सुरु गरेका हुन् । पाण्डवखानी उच्च माविबाट २०६२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनले बराह टेक्निकल इन्स्टिच्युट, भिडाबारी, कास्कीबाट भेटेरीनरी जेटीए गरेका छन् भने पृथ्वीनारायण क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । यससँगै उनले पशु स्वास्थ्य सेवामा केही समय बिताए । सानैदेखि चञ्चले र जिज्ञासु स्वभावका गोविन्दले पशु स्वास्थ्य सेवामा केही समय बिताएपछि आफैं व्यवसाय समेत थालनी गरे । विभिन्न संघसंस्थामा समेत क्रियाशील रही समाजसेवामा समेत समर्पित गोविन्द पछिल्लो समय नेपाली लोकसंगीत र मोडलिङमा उदाउँदै छन् । नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज, तमुवान युथ भोलिन्टियर्स कास्कीका उपाध्यक्ष, नेपाल मगर लेखक संघ कास्कीका पूर्व सचिव, बागलुङ–पोखरा मगर समाजका पूर्व कार्यसमिति सदस्य रहेका गोविन्द अहिले पर्यटन व्यवसायी बनेका छन् । पोखरा–६, लेकसाइडस्थित टाइगर ट्राभल्स एण्ड टुर्स प्रालि, पोखरा कार्यालयका शाखा प्रबन्धक गोविन्दले स्वदेशी एवं विदेशी पर्यटकको सेवा गरिरहेका छन् ।
सानैदेखि गीत संगीत र नाचगानमा रुचि राख्ने गोविन्द सामाजिक परिवेशका कारणले गीत संगीत र नाचगानमा मोह बसेको बताउँछन् । उनी भन्छन्, ‘रहरका कारणले होस्, या कर्तव्य सम्झेर मैले नेपाली लोकसंस्कृति र लोकसंगीतलाई असाध्यै रुचाउँछु, केही गर्ने सोंच समेत आयो ।’ अहिलेका उदीयमान लोकगायक नवीन रानामगरको ‘नौतुनादेखि…’ बोलको सालैजोको म्यूजिक भिडियोमा मोडलका रूपमा गोविन्दले ‘डेब्यू’ गरेका हुन् । गायिका तारा श्रीसमगरको ‘खैंजडी बजाउँदै…’ बोलको कौह्रा गीतको शब्द लेखेका गोविन्दले आफैं मोडलिङ पनि गरेका छन् । पाण्डवखानी गाउँमा प्रचलित प्राचीन ‘सती घाँटु’ लोकनृत्यको वृत्तचित्रका निर्देशक एवं निर्माता समेत बनेर उनले निर्माण र निर्देशनमा समेत आफ्नो पाइला अघि बढाएका छन् । वृत्तचित्र सार्वजनिक भइ विभिन्न ठाउँमा प्रदर्शनीको क्रममा छ । ‘मेरो पाण्डवखानी’ बोलको गाउँको गीत समेत लेखेका उनले म्यूजिक भिडियोको निर्माण र निर्देशन पनि आफैं गरे । युट्युबमार्फत विश्वभर सार्वजनिक भइसकेको यो म्यूजिक भिडियोको निकै प्रशंसा र चर्चा भइरहेको छ । ‘खाएछ कि कलेजो’ बोलको सालैजो बजारमा ल्याउन लागेका गोविन्दले निर्माण गरेको उक्त सालैजोको म्यूजिक भिडियोको निर्देशन र निर्माण आफैं गरेका छन् । सालैजोको शब्द र लय गोविन्द आफैंले संकलन एवं रचना गरेका हुन् । सालैजो, झ्याउरे, घाँटु, सोरठीजस्ता मौलिक लोकगीतलाई संरक्षण गर्नुपर्ने धारणा राख्छन् उनी र भन्छन्, ‘अब युवा पुस्ताले मौलिक गीत संगीत बचाउन अग्रणी भूमिका खेल्नुपर्ने बेला आयो ।’ उनले निर्देशन गरेका अरू पनि म्यूजिक भिडियो बजारमा आउने क्रममा रहेका छन् ।
व्यवसाय र गीत संगीत क्षेत्रमा समय कसरी मिलाउनुभएको छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘समय मिलाउनै प¥यो, मैले भरखर मात्र पाइला चाल्न सुरु गरेको छु, मेरा लागि अवसर र चुनौती दुवै छन् ।’ उनलाई अहिले मोडलिङ र निर्देशनका लागि निकै अफरहरू पनि आइरहेका छन् ।
भावी योजना के छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘घरपरिवार चलाउनका लागि व्यवसाय धान्नै प¥यो, परिवारकै सहयोगले यहाँसम्म आइपुगेको छु, नेपाली लोकसंगीतमा पनि निरन्तर लाग्ने योजना छ ।’ नेपाली लोकसंगीतमा पछिल्लो समय विकृति र विसंगति भित्रिएको भन्दै त्यस्ता विकृति हटाउने अभियानमा अहोरात्र लाग्ने उनको योजना छ । मोडलिङ र निर्देशनमा पाइला चाल्दै गरेका गोविन्द एक सम्भावना बोकेका र प्रतिभाशाली कलाकार हुन् भन्दा सायदै फरक पर्ला ।
प्रस्तुती: रूद्र श्रीसमगर
Tuesday, August 9, 2016
काउचा नेपाल विद्यार्थी संघको ११औ महाधिवेशनमा जनजातितर्फबाट केन्द्रीय उपाध्यक्ष लड्दै !
जुझारु, सक्षम र योग्य नेता रेनुका काउचा यति बेला नेपाल विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिवेशनमा जनजातितर्फबाट केन्द्रीय उपाध्यक्ष लड्दैछिन् । उनी नेपाल मगर संघ केन्द्रीय समितिकी नवनिर्वाचित मुख्य सचिव हुन् ।
यति मात्र होइन देशैकै ठूलो जाती मगर समुदायको प्रतिनिधित्व गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्ष पदको सफल नेतृत्व गरि सकेकी छिन् । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको पूर्व अध्यक्ष एवं सरस्वती क्याम्पसको स्ववियू कोषाध्यक्ष भइसकेकी काउचा कांग्रेसको समानुपातिकतर्फको उम्मेदवार पनि थिइन् ।
लामो समयदेखि राजनीतिकमा होमिएकी काउचा राजनीतिक संगसंगै अध्ययनलाई पनि प्राथमिकता दिर्दै अघि बढेकी छिन् उनले एमबीएस गरेकी छिन् भने एलएलबी पनि सकाइसेकी छिन् । बाग्लुङ घर भई काठमाडौंको मुटुमा बसेर अध्ययनका साथै राजनीतिक, सामाजिक, शैक्षिक मुद्धालाई सधै आत्मा साथ गर्दै जुझारु, सक्षम र योग्य नेता हुन् रेनुका ।
उनले देशको भौगोलिक संरचना र बस्तुस्थितिलाई मध्येनजर गर्दै सबै जातजाति, भाषाभाषीको भावनालाई बुझेर मातृ भाषामा पढ्ने अवसर पाएं शिक्षामा अझ प्रभावकारी हुने बताई । काउचा भन्छिन्–हाम्रो देशको शिक्षा नीति बैज्ञानीक, व्यवहारी र देशको माटो अनुसार हुन सके आफ्नै देशमा हजारौं विद्यार्थीहरुले स्वरोजगार पाउने थिए ताकि विदेशी भूमिमा गएर पसिना र रगत बगाउनु पर्ने अवस्था आउने थिएन ।
लामो समय विद्यार्थीको उज्जवल भविष्य बनाउने सपना भोकेर उनी नेपाल विद्यार्थी संघको मैदानमा अहोरात्र खटिरहेकी छिन् । उनको योगदानलाई उच्च मूल्यांकन गरेर जनजातितर्फबाट उम्मेदवार दिनु भएकी रेनुका काउचाले देशभरीबाट पाल्नु भएका प्रतिनिधि मित्रजनहरुले आफूलाई भोट दिई अत्याधिक बहुमतले विजयी गराउनु समेत अनुरोध गरेकी छिन् ।