Friday, February 26, 2016

कालिकोटमा दुर्घटनाग्रस्त विमान क्षतविक्षत भेटियो, पाइलटको मृत्यु

चालक दलका सदस्यहरु

काठमाडौँ, १४ फागुन । नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटनामा परेको छ ।

जिल्ला सदरमुकामदेखि ५ घण्टाको दुरीमा रहेको पाडमघाट क्षेत्रमा विमान दुर्घटना भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले पुष्टि गरेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ गएको छ । घटनाको यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइनएनएजेविको एअर काष्ठमण्डपको हवाईजहाज चिल्खाया गाविस–२ परगाउँमा दिउँसो दुर्घटना भएको स्थानीयवासी नन्दबहादुर कटुवालले जानकारी दिनुभएको छ ।

कटुवालकाअनुसार दुर्घटनामा नाम नखुलेको चालकको मृत्यु भएको छ र अर्का एक जनाको अवस्था गम्भीर छ । यो दुर्घटनामा एक बालकसहित अन्य नौजना घाइते भएको बताइएको छ ।

यो समाचार तयार पार्दासम्म पाखा गाविसमा रहेको प्रहरी चौकी सेरावाडाबाट प्रहरीको टोली त्यसतर्फ जांदै गरेको बताइएको छ ।

घाइतेको स्वास्थ्य चौकी चिल्खायामा उपचार भइरहेको छ । हवाईजहाजको अगाडिको भाग क्षतविक्षत भएको बताइएको छ । रासस

को–को थिए ?

विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना थिए । जसमध्ये एकको मृत्यु भइसकेको छ ।

यस्तै मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु थिए ।

उनीहरु मध्ये जगदम्बाको साथमा बच्चा पनि रहेको खुलेको छ ।

Thursday, February 25, 2016

अपडेट: बस दुर्घटनाका पीडितलाई आर्थिक सहयोग दिने गरी विवाद मिल्यो !

गल्कोट २०७२ फागुन १३ ।
बुधवार विहान र्बुिर्तवाङ जाँदै गरेको बसले किचेर हरिचौरका चित्रबहादुर कँडेलका ज्यान गएको बिषयमा भएको बिबादको गल्कोटका सरोकारबाला, प्रहरी, पीडित र गाडी धनिबिच भएको छलफल पछि मिलेको छ । काठमाडौबाट बुर्तिबाङका लागी छुटेको ना ४ ख ८४३४ नम्बरको बसको पछाडिको चक्काले किच्दा बुधबार बिहान पौने ९ बजे हरिचौर ८ का चित्र बहादुर कडेलको घटना स्थलमै ज्यान गएको थियो । कडेलको शव कसै सँग पनि सम्मन्वय नगरि लगेको र शव उठाउने क्रममा प्रहरीको कुटाईबाट धुर्व कडेल, मोहन कडेल, भिम बहादुर नेपाली सहित महिला र बिद्यार्थी समेत घाईते भएको बिषयमा बिबाद भएको थियो ।गल्कोट हटियाका राजनैतिक दल, शैक्षिक संद्य सस्था, उद्योग बाणिज्य संद्य, पीडित लगायतको सयुक्त हस्ताक्षर गरिएको बिज्ञति निकालिएको थियो । बिज्ञप्तिमा प्रहरीले स्थानियमाथी देखाएको प्रबृत्तिको भसर्ना गरिएको थियो । स्थानियले गाडी धनी र गाडी चालकलाई उपस्थित गराउने भन्दै बुधबार साँझ प्रहरी चौकी हटियामा निबेदन दिए पनि ईलाका प्रहरी कार्यालय हरिचौरमा छलफल भएको थियो । छलफलका क्रममा राजनैतिक दल, मृतक परिवारका सदस्य लगायतलाई प्रहरी कार्यालय भित्र प्रबेश गर्ने अनुमति दिए पनि पत्रकारलाई भने अनुमति दिईएको थिएन ।स्थानिय स्तरमा भएका घटनाहरुलाई स्रोता र दर्शक मार्फत जस्ताको तस्तै सुनाउन, देखाउनका लागी भुमिका निर्वाह गर्ने पत्रकारलाई नै छलफलमा समाबेश नगरेपछि अरुको भरमा लेखिएको समाचार कस्तो होला यो सम्पुर्णले सोचनीय बिषय बनेको छ । छलफल पछि अनौपचारिक रुपमा बिवाद मिलेको परिवारले नाएको छ । मृतकका परिवारलाई गाडी धनीले केहि आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेपछि बिबाद मिलेको हो

Tuesday, February 23, 2016

तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त, २ बालबालिकासहित २३ जनाकै मृत्यु

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ ।  पोखरा विमानस्थलबाट बुधबार बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान  म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो ।

चालक दलका सदस्यमा पाइलट रोशन मानन्धर, को–पाइलट विकेश नेमकुल र एयरहोस्टेस रमा रावल रहेको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशिनात पौडेलले जानकारी दिएका छन । चालक दलका तीन सदस्य, दुई बालिकासहित १८ जना नेपाली र २ जना विदेशी नागरिकको मृत्यु भएको छ ।  विमानमा चालक दलका सदस्यसहित २३ जना रहेका थिए ।

विमानमा रहेका यात्रुहरुको नामावलीः
लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली,
विदेशी नागरिक अहमत र एक जना बालक ।

गरिबीको रेखामुनि धनबहादुर दर्जि

दाउरा काट्ने क्रममा लडेर दर्जिको दायाँ पत्तिको खुट्टा बाचियो।
सुरेश छन्त्याल
२०७२फागुन१२बुधवार
बागलुङ जिल्ला पाण्डबखानी गाविस वार्ड नम्बर ५ सुनपानी निवासी श्री धनबहादुर दर्जि छिमेकीको दाउरा काट्ने क्रममा जंगलबाट लडेर दायापतिको खुट्टा चर्बै बाचिएको छ।पाण्डबखानी स्वास्थ्य चौकीमा सामान्य उपचार पछि सिधै पोखरामा रहेको फेवा सिटी अस्पतालमा रिफर गरिएको र उपाचर गर्दा करिब डेढ लाख भन्दा बदी खर्च भएको वडा नागरिक मञ्च सुनपानीका संयोजक हं गंगाबहादुर घर्ती पुनले जानकारी दिनुभयो।उनको १ छोरा र २ छोरी लाई अर्काको जेला मजदुर गरेर पालनपोषण गर्दै आएका थिए।म ७कक्षामा पद्छु बहिनी ६ मा पद्छ र भाइ १ मा पढ्छ।बाबाले अरुको दिनभरि काम गरेर खान पनि मुस्किल हुनथ्यो। बाबा लडेर खुट्टा बाच्नु भयो अब हामिलाइ कस्ले पाल्छ भन्दै आखाबाट भर्बरी आसु लिदै ७कक्षामा पढ्ने छोरीले भनिन् आज सम्म हामिलाइ सबै कुरामा स्थानीय समाजसेवी गंगा अंलकले हेर्दै आउनु भएको छ।आर्थिक कम्जोर भएको कारणले ममिपनि विदेश जानू भएको धेरै वर्ष भयो पैषा पठाउनु हुन्न हुनले गुनासो पोखिन्।त्यहि अनाथ बालबालिकाहरुको भविष्य गुमाउन नदिन र उनीहरूको पढाइमा बाधा नपुगोस भन्दै सहयोगी मनहरुले पाण्डबखानीमा रहेको सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लिमिटेड:-9847604361
सुरेश छन्त्याल:-9847604382
दिप घर्ती:-9849138879
मा सम्पर्क राखिदिनुहोला।मात्र सहयोगी मन भएका व्यक्ति या संघसंस्थाहरुले
सबैले सेयर गरि सहयोग गरौ।

शिक्षकले राजनीति होइन, विद्यार्थीलाई शिक्षा दिनुपर्छ : सांसद चौधरी

सुरेश छन्त्यल
काठमाडौं
सांसद तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले शिक्षकहरुले राजनीतिसँगसँगै विद्यार्थीहरुको पढाईको गुणस्तरलाई पनि ध्यान दिन आग्रह गरेका छन् । गुरुजजुर उमावि रक्षाचौको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका प्रमुख अतिथि सांसद चौधरीले भने ‘विद्यार्थीको शिक्षाको गुणस्तरबिना गरिएको राजनीति व्यर्थ हुन्छ, शिक्षा बिनाको राजनीतिले विद्यार्थीको भविष्य बनाउँदैन ।’
उनले एउटा शिक्षकलाई आफूलाई नेता भनेर चिनाउँदा जति गर्व हुन्छ, त्यत्तिकै गर्व आफ्नो विद्यालय तथा विद्यार्थीको गुणस्तरमा पनि गर्नसक्नुपर्ने बताए । ‘एउटा शिक्षकलाई आफूलाई नेता भनेर चिनाउँदा आफ्नो विद्यालय अनि विद्यार्थीको शिक्षाको गुणस्तर पनि बिर्सनुहुन्न’ उनले भने ‘एउटा विद्यार्थीको भविष्यको साँचो शिक्षकसँग हुन्छ ।’ उनले एक्काइसौं शताब्दीमा सामुदायिक विद्यालयहरुले पनि विश्वस्तरको शिक्षासँग प्रतिष्पर्धा गर्नुपर्ने भन्दै त्यसका लागि विद्यालयमा प्रविधिमैत्री शिक्षाको विकास गर्नुपर्ने बताए ।
त्यसक्रममा उनले उक्त विद्यालयको भौतिक विकासका लागि सांसद विकास कोषबाट एक लाख रुपैयाँ दिने र विद्यालयमा खानेपानीको व्यवस्थाका लागि पनि पहल गर्ने आश्वासन दिए । त्यस्तै उनले विकासका लागि राजनीतिक दलका नेताहरुलाई झक्झक्याउन पनि आग्रह गरे । ‘हामीलाई भोट दिएरमात्रै तपाईँहरुको काम सकिएको छैन, अझैं विकासका कुरा गर्नुस्, नेताहरुलाई गाली गर्नुहोस्, र विकासका लागि झक्झक्याउनुस् ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणव खड्काको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा विशष्ट अथिति जिल्ला शिक्षाअधिकारी रमेश मैनालीले निशुल्क शिक्षाको अवधारणाले सामुदायिक विद्यालयहरुको अवस्था झनै खस्किन थालेको भन्दै केही मात्रामा विद्यालयले शुल्क निर्धारण गर्नुपर्ने बताए । ‘तर, पहिला विद्यालयहरुलाई ग्रेडिङ गरौं र कुन स्तरको विद्यालयले कति कक्षादेखि कतिसम्म शुल्क लिने हो, त्यसलाई अभिभावकहरुबाट स्विकृत गराऔं’ उनले भने ‘यत्ति भयो भने मात्रै विद्यालयप्रति अभिभावकहरुको अपनत्व हुन्छ र सामुदायिक विद्यालयहरुलाई हामीले बचाउन सक्छौँ ।’
व्यवस्थापन समितिका सदस्य रुद्रबहादुर वलीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य देवीका नेपाली, नेकपा एमालेका तुलसीपुर नगर इन्चार्ज कृष्ण भुषाल, एमाओवादीका कृष्ण बैरागी, राष्ट्रिय जनमोर्चाका उत्तम भन्डारी, ओमनारायण रिजाल, शिबराज सिंह ठकुरी, सुशीला सुवेदी, नारायण भन्डारी, लक्ष्मण केसी, बासुदेव रिजाल, समाजसेवी धु्रव गौतम, छात्रवृत्ति कोष स्थापकहरुको तर्फबाट लक्ष्मी केसी, मेरी गोल्ड बोडिङ स्कुलका प्रिन्सिपल बासुदेव रिजाल, महेन्द्र माविका प्राचार्य जितबहादुर थापा, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक पे्रम नारायण पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले विद्यालयको प्रगतिविवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षकहरु लेवेन्द्र धिताल र ध्रुबराज न्यौपानेले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीतलगायतका कलाहरु प्रस्तुत गरेका थिए भने विद्यालयले सञ्चालन गरेका विभिन्न प्रतियोगिताहरुका विजेताहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो । त्यस्तै विद्यालयमा योगदान गर्ने शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

छोरीका लागि नेपालले जितेको छ : सभामुख

सुरेश छन्त्याल/काठमाडौंमा
सभामुख ओनसरी घर्तीले नेपालको संविधानले महिलासम्बन्धी धेरै विषयलाई सम्बोधन गरेको बताएकी छिन् ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३६औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भनिन्–“नयाँ संविधान पूर्णरुपमा कार्यान्वयन भएको दिन यो देशमा छोरी भएर जन्मिएको कारण म पछि परेकी हुँ भनेर कसैले पनि बाधा–विरोध सहेर बस्नु पर्दैन ।” नेपालको संविधानले नेपाली महिलाका लागि उज्ज्वल भविष्यको मार्ग कोरिसकेकाले छोरीलाई अघि बढ्ने सन्दर्भमा अब कसैले पनि रोक्न र छेक्न नसक्ने बताउँदै सभामुखले भनिन्–“अघिल्लो पुस्ताका महिलाले गरेको आन्दोलन र योगदानको परिणामस्वरुप अहिले राष्ट्रपति, सभामुखमा महिला पाएका छौँ, त्यसले उनीहरुको सपना पूरा भएको छ ।”

Monday, February 22, 2016

बेलायत छन्त्याल संघ द्वारा सर्बमान्य स्व. दिलबहादुर घरब्जा छन्त्यालको दोस्रो स्मृती दिवस साथै बार्षिक साधारण सभा सम्पन्न ।

सन २१ तारिक २०१६ आईतबारको दिन प्लम्स्टिेदमा अबस्थित हाई स्ट्रीट हलमा बेलायत छन्त्याल संघको आयोजनामा सर्बमान्य स्व. दिलबहादुर घरब्जा छन्त्यालको दोस्रो स्मृती दिवस र बार्षिक साधारण सभा भब्यताको साथ समपन्न भएको छ । उक्त कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा सर्बमान्य स्व. दिलबहादुर धरब्जा छन्त्यालको दोस्रो स्मृती दिवश र दोस्रो चरणमा बार्षिक साधारण सभा सम्पन्न भएको थियो ।
नेपाली रास्ट्रीय गित र आदिबासी जनजाति गितको साथमा संघको अध्यक्ष झक छन्त्याल र उपाध्यक्ष हेम छन्त्याल द्वारा दिप प्रजलन गरी स्मृती दिवस साथै बार्षिक साधारण सभाको औपचारिक उत्घाटन गरिएको थियो । यसरी सुरु भएको कार्यक्रममा संघको महासचिब मुकेन छन्त्यालले सर्बमान्य स्व. दिलबहादुर घरब्जा छन्त्यालको संक्षिप्त परिचय दिएका थिए ।
कार्यक्रममा सर्बमान्य स्व. दिलबहादुर घरब्जा छन्त्याल लगायत छन्त्याल समुदायमा यो बर्षभरीमा स्वर्गाहरण हुनुभएका सम्पुर्ण मृत आत्माको चिर शान्तिको कामना गर्दै उहाहरुको सम्झनामा १ मिनेट मौन धारण पनि गरिएको थियो । कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले सर्बमान्य स्व दिलबहादुर घरब्जा छन्त्यालको बारेमा प्रकाश पार्दै संघलाई उहाले गर्नुभएको योगदानको बारेमा चर्चा गर्दै उहा प्रति श्रदान्जलीका सब्दहरु अर्पन गरिएको थियो । यसरी पहिलो चरणको सर्बमान्य स्व. दिलबहादुर घरब्जा छन्त्यालको दोस्रो स्मृती दिवस कार्यक्रम संघका अध्यक्ष झक छन्त्याल द्धारा समापन गरिएको थियो ।
पहिलो कार्यक्रम समापन लगत्तै छन्त्याल जातिको आफनै मौलिक भोजन लिएर दोस्रो चरणको कार्यक्रम बार्षिक साधारण सभा सुरुवात भएको थियो । सभामा अध्यक्ष , महासचिब र कोषाध्यक्षको प्रतिबेदन र प्रश्तावना पेश गरिएको थियो । सभाले बिभिन्न महत्वपुर्ण प्रश्तावनाहरु पास गर्दै संघका अध्यक्ष झक छन्त्यालले सभा समापन गरेका थिए । कार्यक्रम संघको अध्यक्ष झक छन्त्यालको अध्यक्षतामा र उपाध्यक्ष हेम छन्त्यालको स्वागतमा साथै महासचिब मुकेन छन्त्यालको सञ्चालनमा भएको थियो ।

Sunday, February 21, 2016

तरकारी खेतीमा लागेका युवालाई अनुदान

२०७२फागुन१०सोमबार
सुरेश छन्त्याल/बागलुङ
तरकारी खेतीलाई व्यावसायीक बनाएका जिल्लाका ६० युवा किसानले यो वर्ष २४ लाख रुपैयाँ अनुदान पाएका छन् । युवा लक्षित व्यावसायीक तरकारी खेती कार्यक्रमबाट उनीहरूले लाभ उठाएका हुन् । सरकारले अनुदान दिन थालेपछि युवा व्यावसायीक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।कृषि उद्यममा लागेर स्वरोजकार बन्न चाहने १८ देखि ४५ वर्षका युवाले अनुदान पाएका हुन् । हिउँदे र बख्रे दुवै याम गरि पाच पाच रोपनीमा तरकारी बाली लगाउने युवा किसानले अनुदान पाएको वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिए ।व्यावसयिक रुपमा तरकारी खेती गर्दै आएका,अनुभव भएका,विदेशबाट फर्किकालाई प्राथमिकता दिएको छौ ।उनले भने । सेवा केन्द्रको सिफारिस,अनुभव र अन्य कार्य मुल्यांकनका आधारमा उनीहरू छानिएका हुन् ।

Saturday, February 20, 2016

प्रधानमन्त्री ओलीलाई भेटेपछि राजनाथले भने- वार्ता उपलब्धिपूर्ण भयो

८ फागुन, नयाँ दिल्ली । भारतीय गृहमन्त्री
राजनाथ सिंहले नेपालका प्रधानमन्त्री केपी शर्मा
ओलीसहितको प्रतिनिधि मण्डलसँगको द्विपक्षीय
वार्ता उपलब्धिमुलक भएको बताएका छन् ।
यो भ्रमणले दुई मुलुकबीचको सम्वन्धमा नयाँ आयाम
थप्ने उनको विश्वास छ । राष्ट्रपति भवनमा
प्रधानमन्त्री ओलीसित भेट गरेर फर्केपश्चात उनले सो
प्रतिक्रिया दिएका हुन् ।
सिंहले पत्रकारसँग भने-‘सौहार्दपूर्ण वातावरणमा दुई
पक्षबीच खुलस्त कुराकानी भएको छ । यो भ्रमणले
नेपाल-भारत सम्वन्धलाई नयाँ दिशा दिने मैले
विश्वास लिएको छु ।’
यसैबीच प्रधानमन्त्री ओलीले भारतका उपराष्ट्रपति
हमिद अन्सारीसँग भेटवार्ता गरेका छन् । केहिबेरमा
उनले राष्ट्रपति प्र्रणव मुखर्जीसँग शिष्टाचार भेट
गर्दैछन् ।

Friday, February 19, 2016

आमाबाबु विहिन हरुको लागि आमा जुनु पुन मगर

बागलुङ सुखौरा निवासी प्रेम बहादुर पुन मगर र दिलकुमारी पुन मगरको कोखबाट जन्मनुभएका १७वर्षदेखि समाजिक काममा लाग्नु भएका फरक विचार भएको लामो संघर्ष गर्दै आउनुभएका जुनु पुन मगर अधिकारीको लागि लड्दै हुनुन्छ।आदिवासीजनजाति महासंघको उपाध्यक्ष तथा एकीकृत शिजनशिल समाज काठमाडौको आमा समेत बनी जुनु पुनले लामो समयदेखि उपचारबाट बन्चित त कहिले रोगिबालबालिकाको लागि र कहिले द्वन्द पिडित र भुकम्प पिडित असाय अपांग हरुको लागि र बाबू आमा नभएकाहरुको आमा बनी पालन पोषण गर्दै आउनुभएको छ।अधिकारको लागि कहिले युवा भएर सडक सडकमा आमा भएर बच्चाहरूको लागि माग्दै हिडिरहनुहुन्छ।दिनरात नभनेर आफू निभेर अरुलाइ उज्यालो दिने काम जस्तै चम्किने चन्द्रमा हुन पुन जुनु अहिले अनाथलय अफिसमा २३जना बालबालिका रहेको पुनले बताउनुभयो।सानैदेखि नृत्य प्रतियोगितामा भाग लि उत्कृष्ट समेत हुनुहुन्थ्यो।बच्चाहरूलाई रुचि अनुसार पठाइ संगै खेलकुद र कला क्षेत्रमा समेत लैजाने पुनको उदेश्य रहेको छ।पुनको मावल गुल्मी बलिथुममा बाजै धनसिंह सर्तुङी मगरको नाममा बलिथुम माविको थप भवन निर्माण समेत गरिसक्नुभएकोछ।पशुपति मा लास जलाउन नसक्नेहरुलाई लास जलाउन भनेर लास जलाउने रकम र गाडी मा हिड्दा रकम नभएकाहरुलाइ दिएर आफू खालि खुट्टा हिडेको अनुभव सुनाउनुभयो।जुनु पुन मगर दोरपाटन क्लबका संस्थापक उपाध्यक्ष र मगर सघ अनि खेलकुदका वरिष्ठ उपाध्यक्ष समेत हुनुन्छ।जुनु पुनले सबै बलिदान असाय बालबालिकाहरुको लागि दिनुभएको छ।

बिधुत सेवा पुन सुचारु

बिष्णु शार्मा मल्म
मध्य पहाडि लोक मार्ग को बाटो फराकिलो पारदा कुलो भत्केर अबरुद बनेको दरमखोला लघु जलबिधुत मल्म अाज साँझ बाट सुचारु भयको छ |
बिधुत अबरुद् हुदा यस परियोजना अन्तरगतका चारसय पचास घरधुरि अन्धकार मा बस्न बाध्य भएका थिय भने कुटान पिसानका मिल फनिंचर उधोग तथा अन्य घरेलु उधोग प्रभाबित बनेका थिय |
भत्केको कुलो बाटो निमाणॅ को जिम्मा लियको ठेकेदार कम्पनि र परियोजनाको रोहबरमा करिब 13 दिन लगायर बनाइयको हो बिधुत सुचारु भयपछि अपभोक्ता हर्सीत बनेका छन ।
परियोजनाले मल्म 3 गल्याङ को मुनि दरम खोला बाट बाध बनाई करिब 2किलो मिटर पर मल्म 2 रिष्मि (सिमलारुख) मा पावर हाउस बनाई पचास किलो वाट बिधुत ऊत्पादन गरि दैनिक 19 घण्टा बिधुत सुचारु हुने गराको छ ।
17

गुल्मी जिल्लाको पहिलो रेडियो , रेडियो रेसुङ्गा आज देखि नबौं प्रवेश !!

अनिल खत्री
गुल्मी फागुन ७ = गुल्मी जिल्लाको पहिलो
रेडियो स्टेशन रेडियो रेसुङ्गा १०६=२ मेघाहर्ज
आज देखि नबौं प्रवेश गरेको छ । “गाउँ देखि शहर
सम्म पहाडदेखि तराई सम्म शान्ति र
समान्ताको प्रतिक“ नारा बोकी २०६४ साल
फागुन ७ गते प्रजातन्त्र दिवसको अवशर पारेर
स्थापना भएको रेडियोले सफलतम आफनो आठ
वर्ष पुरा गरि नबौं वर्षमा प्रबेश गरेको छ ।
वार्षिक उत्सवको अबसरमा रेडियोले जलपान
कार्यक्रम, शुभकामना आदानप्रदान ,
रेडियोलाई आगामि दिनमा अझ गुणस्तरिय
बनाउन शेयर सदस्य महानुभावहरुसँग छलफल तथा
अन्तरक्रिया, श्रोता प्रतिक्रिया
लगायतका कार्यक्रम राखिएको स्टेशन
म्यानेजर अनिता खत्रीले बताउनु भयो ।
रेडियोले गुल्मी जिल्लाको सदरमुकाम तम्घास
स्थीत नयाँ बजारमा स्टुडियो रहेको
रेडियोले समुद्रि सतहबाट २ हजार मिटर
उचाईमा रहेको अर्जुनडाडाँ स्थीत आफ्नै टावर
बाट दैनिक १८ घण्टा सुचना मनोरञ्जनात्म,
ज्ञानबद्र्धक कार्यक्रमहरु प्रसारण गदै आएको छ
। आम नागरिकको सुचना,अधिकारको
प्रत्याभुती गराउदैँ सुचना, शिक्षा संञ्चार र
मनोरञ्जन प्रदान गर्ने, नेपाली कला साहित्य
सिर्जना र संस्कृतिको संरक्षण गर्ने, शान्ति र
समान्तामुलक समाजको निर्माणमा सहयोग
जुटाउ उदेश्यले रेडियोको स्थापना गरिएको
रेडियो संञ्चालक समितीका अध्यक्ष
राजेन्द्रप्रसाद श्रेष्ठ जानकारी दिनुभयो ।
वार्षिक उत्सवको अबसरमा रेडियो संञ्चालक
समितीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ
शुभकामना दिदै रेडियो सञ्चालनको क्रममा
सहयोग गर्ने शेयरधनी, रेडियोका कर्मचारी,
बिज्ञापन दाता तथा आम श्रोताहरुलाई
धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तौ
सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
समाजमा सकरात्मक सोचका बिषय बस्तु
मार्फत सुचना, समाचार, मनोरञ्जन तथा ज्ञान
दिदै आएको यस रेडियोले आगामी दिनहरुमा
नयाँ नयाँ कार्यक्रमहरु सहित आउँने बताउनु
भयो ।
निजि क्षेत्रबाट कम्पनि ऐना अन्तर्गत
सञ्चालन भएपनि रेडियोले सामुदायिक
रेडियो सरह आफ्ना समचार र विषय वस्तुलाई
स्थान दिदैँँ आएको छ । गुल्मी जिल्लाका
समाजसेवी,व्यवसायी, वुद्धिजिवि र
संञ्चारकर्मीको संयुक्त पहलमा ५० जना
महानुभावहरुको यस रेडियोमा लगानि रहेको
छ । रेडियोले मुख्यतः आफ्नो गाउँ ठाउँ र
समाजमा रहेका समुदायको आवश्यकतालाई
मध्यनजरमा राख्दै आफ्ना कार्यक्रमहरु र
व्यवस्थापनलाई सञ्चालन गदै आएको छ । यस
रेडियोले प्रसारण गर्ने हरेक कार्यक्रमहरु सबै
क्षेत्र र समुदायलाई लक्षित गरि तयार गर्ने
गरेको छ । यसले संञ्चार ,विकास र चेतनाले
पछाडि गरेका क्षेत्रका समुदायहरुलाई पहिलो
प्राववथमिकतामा राखेर आफ्नो कार्यक्रमहरु
उत्पादन र प्रशारण समेत गदै आएको छ ।
रेडियोलाई आगामि दिनमा अझ
प्रभावकारी ढङ्गले सञ्चालनका लागि
केन्द्रित रहेर आगामि दिनमा नागरिकको
सुचनाको अधिकारको प्रत्याभुति गराउन
शिक्ष संञ्चार रमनोरञ्जन प्रदानगर्ने खालका
विभिन्न प्रस्तुतिहरु को साथमा अगाडि बढ्ने
स्टेशन म्यानेजर अनिता खत्रिले बताउनु भयो ।