Wednesday, February 17, 2016

कसरी अघि बढ्ला कांग्रेसभित्र कोइरालाको बंश-सत्ता ? देउवापछि कांग्रेसको सत्ता आरजू राणामा सर्न सक्छ

। नेपाली कांग्रेसको १२ औं
महाधिबेशनको मिति नजिकिँदै गर्दा सभापति
पदका दावेदार कार्यवाहक सभापति रामचन्द्र पौडेल
र वरिष्ठ नेता शेरबहादुर देउवा कोइराला
परिवारको साथ लिन घनिभूत रुपमा जुटेका छन् ।
जिल्ला तथा क्षेत्रीय अविधेशनको हालसम्म प्रप्त
परिणाम हेर्दा पौडेल र देउवामध्ये जसले कोइराला
परिवारको साथ सहयोग प्राप्त गर्छन्, उसैको पल्ला
भारी हुने आँकलन गरिएको छ ।
पार्टी सभापति पदमा यसपटक कोइराला
परिवारका तर्फबाट सभापति पदमा उमेदवारी पर्ने
सम्भावना करिब-करिब छैन । पार्टीको ७२ वर्षको
इतिहासमा पाँच वर्ष कृष्णप्रसाद भट्टराई र २ वर्ष
सूवर्णशमशेर राणा सभापति भएको अवस्थामा बाहेक
कोइराला परिवारका नेताहरुले नै नेपाली
कांग्रेसको नेतृत्व गर्दै आएका छन् । तर, उनीहरुले
पारिवारिक विरासतका आधारमा भन्दा पनि
सबैभन्दा वरिष्ठताका आधारमा चुनाव जितेरै
पार्टीको नेतृत्व लिएका छन् ।
वीपी कोइराला र मातृकाप्रसाद कोइराला
नेपाली कांग्रेसका जन्मदातामध्येकै हुन् ।
गिरिजाप्रसाद कोइराला १७ वर्ष महामन्त्री र ३
वर्ष प्रधानमन्त्री भए पछि मात्रै सभापति पदमा
चुनाव लडेका हुन् । उनी सभापति पदमा चुनाव लड्दा
कृष्णप्रसाद भट्टराई बाहेक नेपाली कांग्रेसभित्र
सिनियर नेता अरु थिएनन् ।
त्यसैगरी गत १२ औं महाधिवेशनमा चुनाव लड्दा सुशील
कोइराला कांग्रेसभित्रका सबै भन्दा सिनियर नेता
थिए । २२ वर्ष केन्द्रीय सदस्य र त्यसपछि महामन्त्री
उपसभापति र कार्यवाहक सभापति भइसकेका थिए ।
पारिवारिक विरासत नै भए पनि यस अघि
कोइराला परिवारका नेताको पार्टी सभापति
पदमा उमेदवारी स्वभाविक नै थियो ।
तर, यसपटक कोइराला परिवारबाट सभापतिपदमा
चुनाव लड्नका लागि सिनियर नेताहरु छैनन् । पौडेल र
देउवाको तुलनामा कोइराला परिवारका अहिलेका
तीन नेता (सुजाता, शेखर र शशांक) निकै जुनियर हुन् ।
उनीहरु पार्टीभित्र केन्द्रीय सदस्यभन्दा माथि जान
सकेका छैनन् । केन्द्रीय सदस्य बनेको पनि डेढ वर्ष
नाघेको छैन ।
जबकि रामचन्द्र पौडेल ०४५ सालदेखि निरन्तर
केन्द्रीय सदस्य छन् । पार्टीको महामन्त्री ,
उपसभापति र कार्यबहाक सभापतिका रुपमा काम
गरेको अनुभव उनीसँग छ । कांग्रेसको केन्द्रीय
समितिमा आउनुअघि पौडेलले नेविसंघमा योगदान
पुर्याएको इतिहास छ ।
यसैगरी ०४८ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय
सदस्य रहँदै आएका देउवासँग महामन्त्री तथा
उपसभापति पदमा बसेर काम गरेको अनुभव छैन, तर पनि
३-३ पटक प्रधानमन्त्री भएर पार्टीभित्र सबैभन्दा
ठूलो उचाइ हासिल गरेका नेता हुन् उनी ।
पहिलो कुरा त पार्टीभित्रका सबैभन्दा सिनियर
नेताहरु पौडेल र देउवा विरुद्ध मैदानमा उत्रन
कोइराला परिवारका नेताहरुलाई सहज छैन । दोस्रो
कुरा, यतिबेला कोइराला परिवारका सदस्य चुनाव
लडेको अवस्थामा देउवाले सभापति पदमा बाजी
मार्ने निश्चितजस्तै छ ।
त्यसैले सभापति पद पौडेल या देउवामध्ये एकलाई
छाडिदिएर पार्टीभित्रका अन्य महत्वपूर्ण पदसहित
बहुमत केन्द्रीय समिति आफ्नो हातमा पार्ने र १४ औं
महाधिवेशनका क्रममा नेतृत्व लिने रणनीतिमा
कोइराला परिवार देखिन्छ ।
कोइराला परिवारका लागि देउवालाई सभापति
वनाउँदा फाइदा होला कि ? पौडेललाई बनाउँदा
फाइदा होला ? यसबारे लेखाजोखा सुरु भएको छ ।
पार्टी सभापति निर्वाचित हुने शर्तमा कोइराला
परिवारसँग जस्तोसुकै सम्झौता गर्न पनि देउवा र
पौडेल तयार छन् ।

No comments:

Post a Comment