५ फागुन, भक्तपुर । सामान्य प्रशासनमन्त्री रेखा
शर्माले एउटै तहका कर्मचारीहरुलाई सरकारले दिने
सेवा सुविधामा बिभेद रहेको भन्दै त्यसको अन्त्य
हुनुपर्ने बताएकी छन् । उनले त्यसबारे सुझाव दिन
सबैलाई आग्रह पनि गरेकी छन् ।
नेपाल बैंक राष्ट्रिय कर्मचारी संगठनको तेस्रो
अधिवेशन उदघाटन कार्यक्रमलाई बुधबार भक्तपुरमा
सम्बोधन गर्दै मन्त्री शर्माले भनिन्, ‘विभिन्न
क्षेत्रमा कार्यरत कर्मचारीको बीचमा राज्यले दिने
सेवा सुविधामा रहेका बिभेद अन्त्य हुनु जरुरी छ ।
त्यसको लागि कसरी अघि बढ्दा कर्मचारीलाई सहज
र ऐन, नियम अनुकुल हुन्छ, सुझाव दिन आग्रह गर्दछु ।’
दलगत स्वार्थका ट्रेड युनियनले कर्मचारी प्रशासन र
कर्मचारीको क्षेत्रमा भएका सकारात्मक कामहरुलाई
पनि छायाँमा पारेकाले आफू आधिकारिक ट्रेड
युनियनको निर्बाचन गराउन लाागिपरेको उनले
बताइन् । आफूले सामान्य प्रशासन मन्त्रालय
सम्हालेपछि आधिकारीक ट्रेड युनियनको चुनाव चैत
२८ गतेकालागि तोकिएको उनले जानकारी गराइन् ।
‘दलगत स्वार्थका ट्रेड युनियनले कर्मचारी प्रशासन र
कर्मचारीको क्षेत्रमा भएका सकारात्मक कामहरुलाई
पनि छायाँमा पारेका छन्,’ मन्त्री शर्माले भनिन्,
‘त्यसलाई कम गर्न आधिकारीक ट्रेड युनियन जरुरी छ
।’
एउटै मात्रै आधिकारिक टे्रड युनियन भएमात्रै
कर्मचारीहरुलाई लाग्ने गरेका नकारात्मक आक्षेपहरु
समाधान हुने र सरकारको विश्वासिलो सहयात्री
हुने उनको विश्वास थियो । मन्त्री शर्माले सबै
क्षेत्रमा आधिकारीक ट्रेड युनियनको आवश्यकता
औंल्याइन् ।
मन्त्री शर्माले देशमा नयाँ संविधान लागू भएपछि देश
संघीयतामा गइसकेको र कर्मचारीहरुलाई त्यसअनुरुप
व्यवस्थापन गर्ने तयारी भैरहेको उनले जानकारी
दिइन् ।
Wednesday, February 17, 2016
कर्मचारीको सेवा सुविधामा विभेद हटाउनुपर्छ: मन्त्री शर्मा उपयुक्त सुझाव दिन आग्रह
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment