५ फागुन, काठमाडौं । संघीय समाजवादी फोरम,
नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस, पहाड र
हिमालबाट सरकारविरुद्ध एकसाथ आन्दोलनको
आँधीबेहरी उठ्ने दाबी गरेका छन् । नाका अवरोध
तत्काललाई हटेको भरमा आन्दोलन नै तुहिएको भ्रम
नपाल्न भन्दै उनले संविधान पुनर्लेखन गर्न माग गरे ।
बुधबार राजधानीमा आयोजित संघीय समाजवादी
फोरम, नेपालका तीन वटा युवा भ्रातृ संगठनहरुको
समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष
यादवले अबको आन्दोलनले सरकारलाई घुँडा टेकाउने
दाबी गरे ।
‘अन्तरिम संविधानले दिएको अधिकारसमेत खोसेर
संविधान जारी गरिएकोले सडक संघर्षको विकल्प
छैन,’ अध्यक्ष यादवले भने, ‘चार पाँच जना नेताहरुले
मनपरी ढंगले बनाएको संविधान जनताले मान्दैनन् ।’
नेपालको हरेक आन्दोलन र सहादतको अग्रमोर्चामा
युवा पुस्ता रहेको स्मरण गर्दै फोरम नेपालका अध्यक्ष
यादवले अब उठ्ने आन्दोलनको नेतृत्व लिन युवाहरुलाई
आहृवान गरे ।
मधेसी, जनजाति, उत्पीडित खसलगायत दलित,
महिला, सीमान्तकृतको अधिकार तथा
पहिचानलाई यो संविधानले सुनिश्चित नगरेकाले
संविधान पुनर्लेखन गर्नुपर्ने उनले माग गरे । ‘संविधान
पुनर्लेखन नहुदाँसम्म मुलुकले निकास पाउँदैन’, उनले भने ।
तीन युवा संगठनबीच समायोजन
यसैबीच संघीय समाजवादी फोरम नेपालका तीन
युवा संगठन मधेसी युवा फोरम नेपाल, संघीय युवा संघ
नेपाल र खस समावेशी युवा संघलाई एकीकरण गरी
नयाँ कार्यसमिति घोषणा गरिएको छ ।
कार्यसमितिको अध्यक्षमा सुनिल कुमार चौधरी छन्
।
यसैगरी उपाध्यक्ष अनिल ठाकुर, महासचिव
ओमप्रकाश बैठा, उपमहासचिव दुर्गामणी सुवेदी,
सचिव धनबहादुर तामाङ, कोषाध्यक्ष संजीव यादव
छन् ।
त्यस्तै, शिवराम यादव, अमरेन्द्र यादव, अजयकुमार
यादव, जुनु पुन, चन्द्रदीप राई, मनकला लिम्बू लगायत
सदस्य छन् ।
Wednesday, February 17, 2016
आन्दोलन फेरि उठ्दैछः उपेन्द्र यादव संविधान पुनर्लेखन गर्न माग
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment