Thursday, February 18, 2016

नेहा हत्याकाण्ड नसेलाउँदै बुटवलमा अर्को घटनाः भ्यालेन्टाइनमा प्रेमी भेटेपछि जिम्निष्टीको रहस्यमय ‘मृत्यु’

थप अनुसन्धानका लगि भन्दै टिचिङ
अस्पताल काठमाडौं पठाएको छ ।
जिम्निष्टी र सन्दिपबीच प्रेम !
रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगर
बस्ने जिम्निष्टी बुटवल देवनिगरस्थित सिसिटी
कलेजकी स्नातक दोश्रो बर्षकी बिद्यार्थी हुन् ।
प्रहरीको अनु्सन्धानका क्रममा जिम्निष्टी र एउटै
कलेज पढ्ने दाङका २४ बर्षीय सन्दीप बस्नेतबीच प्रेम
सम्वन्ध रहेको खुलेको छ । आफूभन्दा १ ब्याज सिनियर
रहेका बस्नेतसँग उनको दैनिक भेटघाट र फोनमा
कुराकानी हुन्थ्यो ।
लामो समयदेखि प्रेम सम्वन्धमा रहेका उनीहरुबीच
बेलाबेला खटपट समेत हुने गरेको थियो । तर, पछिल्ला
दिनमा सम्वन्ध राम्रो रहेको बताइएको छ ।
पछिल्लो समय घरमा गएका सन्दीप माघ २९ गते बुटवल
आएर पुरानो बसपार्कस्थित शुभलक्ष्मी गेष्ट हाउसमा
बसेका थिए । उनीसँगै साथी पनि थिए । उनीहरु
गाडी बनाउन भनेर बुटवल आएका थिए । १ गते पनि
गाडी नबनेपछि उनीहरु त्यहि बसे ।
प्रेमिका टण्डनले बस्नेतलाई भेट्न आउन आग्रह गरेपछि
सन्दिपले फागुन १ गते राति साढे १२ बजे होटल
मालिकलाई ‘अस्पताल जानुछ’ भनेर ढोका खोल्न
लगाए र बाहिर गए ।
बस्नेत र टण्डन बुटवल र तिलोत्तमाको सीमाना
योगिकुटीमा राती साढे १२ बजेतिर भेटेर गफगाफ
गरेका थिए । उनीहरु दुबैजना साढे ५ बजे होटेल पुगेको
होटल संचालकले बताए । ३ जना त्यहि बसेर छलफल समेत
गरेका थिए ।
उनीहरु होटलबाट सात बजे निस्किएका थिए । चार
गते टण्डनको शव भेटिएको थियो । अनुसन्धानका
क्रममा प्रहरीले सन्दिपलाई नियन्त्रणमा लिएको छ
। प्रहरी नियन्त्रणमा रहेका सन्दिपले फागुन २ गते आफू
काठमाडौंका लागि बस चढेको र पछि उनीसंग
सम्पर्क नभएको बताएका छन् । छुट्ने बेलामा टण्डनले
आफू अब घर नर्फकने भन्दै चेतावनी दिएकोे प्रहरीलाई
बयान दिएका छन् ।
टण्डनले सोहि दिन धेरै साथिहरुलाई फोन गरेर ‘मेरो
अन्तिम यात्रा सिद्धबाबातिर जाँदैछु, अब
फर्किन्न’ भनेको अनुसन्धानबाट फेला परेको प्रहरीले
जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी
कार्यालय बुटवलका प्रहरी निरिक्षक राजु कार्कीले
बताए । ‘हामी अनुसन्धानमै छौं, आत्महत्या वा
हत्या के हो केहि दिनमै खुल्छ’ उनले अनलाइनखबरसँग भने

No comments:

Post a Comment