१२औं सागमा स्वर्ण जित्ने नेपाली फुटबल टोलीलाई आज त्रिभुवन विमान स्थलमा भव्य स्वागत तथा नगर परिक्रमा गराइँदै ।
फागुन ५ – २३ वर्ष पछि १२ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टोलीको आज भव्य स्वागत हुँदैछ ।
टोली भारतको गुवाहटीबाट झापाको भद्रपुरसम्म बसमा आउने र भद्रपुरबाट आन्तरिक उडानमा काठमाडौं आउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एन्फाका अनुसार दिउँसो पौने चार बजे टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने र त्यसपछि बाजागाजा सहित भव्यताका साथ नगर परिक्रमा गराइने छ ।
नगर परिक्रमा सकेर बेलुकी ५ बजे पछि रंगशालामा विशेष कार्यक्रम हुनेछ । नेपाली फुटबल टोलीको नगर परिक्रममा लागि नेपाली सेनाले ५ वटा गाडी उपलब्ध गराएको छ
No comments:
Post a Comment