Wednesday, February 17, 2016

नेपाली महिलाले पसिना बगाउने यी हुन् ‘टप टेन’ मुलुक

५ फागुन, काठमाडौं । नेपाली महिलाहरुको वैदेशिक
रोजगार यात्रा खासै सुरक्षित छैन भनेर टिप्पणी हुन्छ
। परम्पराबादी सोचका कारण पनि यसलाई अझै
सकारात्मक रुपले हेरिँदैन पनि । फेरि पनि यो चुनौति
चिर्दै बितेको २० वर्षमा १ लाख ८५ हजार महिला
वैधानिक रुपमा नै कामका लागि विदेश गएका छन् ।
नेपाली महिलाहरुलाई मलेसियासहित खाडी मुलुक
जानुको विकल्प खासै तयार भएका छैनन् ।
फाटफुट रुपमा केयर गिभरमा रुपमा इजरायल तथा
इपीएस र जिट्कोमार्फत जापान-कोरिया
जानेबाहेक नेपाली महिलासँग अन्य भरपर्दो विकल्प
छैन । तर, पनि नेपाली महिला कामका लागि पुग्ने
मुख्य दश देशका सूचीमा यी देशहरु पनि सामेल छन् ।
नेपाली महिलाको कामका लागि जाने मुख्य
गन्तब्यमा भने मलेसियासहित खाडी मुलुककै बर्चस्व
रहेको वैदेशिक रोजगार विभाग काठमाडौं
कार्यालयका प्रमुख मधुबिलास पण्डितले बताए ।
संख्यात्मक रुपमा खाडी मुलुकमा अबसर धेरै भएपनि
पारिश्रमिकका हिसाबले अन्य मुलुक निकै
अग्रस्थानमा छन् ।
शिक्षित महिलाको गन्तब्य कोरिया, जापान र
इजरायलतर्फ बढी भएपनि विपन्न परिवारका महिला
भने मलेसियासहित खाडी मुलुकमा औद्योगिक
कामदार बनेर आफ्नो श्रम बेचिरहेका छन् ।

No comments:

Post a Comment