Thursday, August 31, 2017

कक्षा १२ को परीक्षाफल सार्बजनिक, यसरी हेर्नुस् नतिजा

१५ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२
को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा
नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण
भएका छन्।
Advertisment
एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी
भएकामा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् ।
आंशिकतर्फ एक लाख सात हजार पाँच सय ६९ जना सहभागी
भएकामा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् ।
कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन
भएको थियो । बोर्डले विज्ञान संकायको परीक्षाफल भने
गत गत साउन २० गते नै प्रकाशन गरेको थियो ।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर
सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको
www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको
www.neb.gov.np र नेपाल टेलिकमको
www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न
सकिने छ ।
यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस
पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको
आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त
निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय
परीक्षा बोर्डले जनाएको छ ।

Wednesday, August 30, 2017

विज्ञापन

हामि कहाँ अर्डर अनुसार ताजा खाना तथा खाजाकाे राम्रो व्यवस्था छ।
गलकाेट हटिया,बागलुङ
प्राे.दिलिप अाले
फाेन:-9856011195

वाग्लुङ्ग गल्कोत नगर पालिका११ रिघा मा जन्मनु भेएका दिपेश विसी मोडलिङ क्षेत्र मा जम्दै ।

वाग्लुङ्ग गल्कोत नगर पालिका११ रिघा मा जन्मनु भेएका दिपेश विसी मोडलिङ क्षेत्र मा जम्दै ।
सानै उमेर देखी संगीतीक परिवेशमा रमेका उनी स्कुल जीवन देखि  गाउँ घरमा हुने स साना कार्यक्रम मा नित्य गर्न बाध्य बादन मा पनि अगादी थिए हार्मोनियम पियानो  बाशुरी तबला काङु गितार मादल सारर्ङी बजाउने गर्थे गाउघर मा हुने धेरै कार्यक्रम हरुमा दिपेश को छुतै पहिचान राखेका थिए गाउँ देखि उनको साङ्केतिक यात्रा सुरु गरेका अहिले देश बिदेश मा पनि उनको छुतै पहिचान छ रोजगारिको सिल सिलामा एक दसक देखि  मलेसियामा कर्म थलो बनायर बस्दै आयएका छ्न र मलेसियामा हुने थुला थुला नेपाली कन्सर्ट हरु मा नेपाल रास्ट्रीय  कलाकार बोलाएर  साङ्केतिक कार्यक्रम हरु आयोजना गदै आएका छ्न मलेसियामा हुने  धेरै  सांगीतीक कार्यक्रममा हरुमा सहभागी हुदै आइरहेका छन्। र  मलेसियामा उनी विभिन्न संघ सस्था मा आबद्ध छ्न नेपालमा रहदा संगित जिवनमा केहि गर्ने सोचका साथ संगित सिके । संंगित वाहेक अभिनय गर्न समेत गर्न पोख्त उनलाइ नेपाली म्युजीक भिडीयो हरुमा अहिले अफर आउन लागेको बताउछ्न । अहिले मलेसियामा रहेका केहि गायकले यहा नै  फेरि अर्को  म्युजिक भिडीयोमा अभिनय गर्ने प्रस्ताव उनी माझ ल्याइसकेका छन् । नेपाली रजतपटमा जम्ने चाहना भएको वताउने दिपेश त्यसका लागी मेहनत गरीरहेको वताउछन् ।
कलाकारीता र संगित क्षेत्रमा  आउन परिवारको साथ सहयोग पनि उतिकै रहेको छ उनी एक तेक्वान्दो र किक बोक्सिङ  खेलाडी पनि हुन हाल मलेसियामा बस्दै आए पनि नेपाली गित संगीत पर्ती उतिनै लगाब लगन सिल विभिन्न  सामाजिक क्षेत्र मा पनि उतिनै सहयोग सहभागी हुँदै आएका छ्न ।।

Tuesday, August 29, 2017

पाण्डबखानीमा सार्वजनिक सुनाइ सम्पन्न।

पाण्डबखानीमा सार्वजनिक सुनाइ सम्पन्न।
सुरेश छन्त्याल
भदौ१३, मंगलबार
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीमा निति तथा कार्यक्रम अाम भेला सम्पन्न भएको छ।वडा १०का वडा अध्यक्ष तिलक घर्ती मगरकाे अध्यक्षता बरिस्ठ समाजसेवी मानसिह छन्त्यालकाे प्रमुख अाथितियतामा गलकाेट नगरपालिकाबाट ताेकिएकाे कर वगमा सार्वजनिक गरिएको थियाे।जसकाे सार्वजनिक सदस्य श्री धनबहादुर थापाले गर्नुभएको थियाे।अध्यक्ष तिलक घर्तीले नगरपालिका गलकाेट नगरपालिकाबाट छुट्टाएकाे रकम रु १ करोड ३५ लाख बराबरकाे बजेट सार्वजनिक गर्नुभएको छ।साथै अाएकाे बजेटलाई पारदर्शी रुपमा काम गर्ने यदि काम नगरेमा जनताले जे सजाय दिनु हुन्छ। त्यहि भाेक्न तयार भएको घाेषणा गर्नुभएको थियाे। भने कार्यक्रमकाे संञ्चालन सदस्य राम बहादुर विकले गर्नु भएको सहकर्मी दिप घर्ती मगरले खबर पठाउनुभएकाे छ।

Thursday, August 24, 2017

हिन्दु महिलाहरुकाे महान चार्ड हरितालिका तिज कार्यक्रम सम्पन्न

सुरेश छन्त्याल
महिला जागरण केन्द्र गलकाेट नगरपालिका १०-पाण्डबखानी बागलुङको अायाेजनामा हिन्दु महिलाहरुकाे महान चार्ड हरितालिका तिज कार्यक्रम सम्पन्न भएको छ। जसमा राधिका पुनकाे अध्यक्षता नव निर्वाचित वडा अध्यक्ष तिलक घर्तीकाे प्रमुख आथितियता वडा सदस्य रामप्रसाद वि.क काे विशेष  अाथितियतामा अर्जना श्रीसकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन अाशा श्रीसले गर्नु भएको थियाे।उक्त कार्यक्रम मा महिलाहरुकाे कथा व्यथामा अाधारिक गित गाएर नाच गान गरि तिज कार्यक्रम सम्पन्न गरेकाछन्।

Sunday, August 20, 2017

मलेसियामा काम गर्दागर्दै घाइते भएपछिको पिडालाई समेटिएको छ ।

सुरेश छन्त्याल/Depesh Jons
भदौ ४,अाइतबार
मलेसिया । ‘रुँदै सिमाना काट्नेलाई, हजार थोपा पसिनामा दुईचार पैसा
साट्नेलाई’ भन्ने राष्ट्रियताले ओतप्रोत भएको मार्मिक गीतको
म्युजिक भिडियो बजारमा आएको छ ।
‘रुदै सिमाना काटनेलाई’ वोलको गितको भिडीयो सार्बजनिक भएको छ ।
मलेसियामा कार्यरत रहेका नेपाली र बंगाली
श्रमीकहरुले पनि यो म्युजिक भिडीयोमा अभिनय गरेका
छन् ।
‘रुँदै सिमाना काट्नेलाई…’ भन्ने गीतमा बिक्रम चाम्लिङले स्वर दिएका
छन् । भने जनक रुचालले संगित रहेको छ । गीतमा राम
कार्कीको लय रहेको छ । जेबी दर्लामीको
शब्द रहेको गीत निकै नै मार्मिक रहेको छ ।
राष्ट्रियताले ओतप्रोत भएको गीतमा नेपाली कामदारले
विदेसमा पाएको पिडालाई म्युजिक भिडियोमा जस्ताको तस्तै उतारिएको छ । यस
गीतको म्युजिक भिडियो पनि मलेसियामै गरिएको हो ।
गीतमा मातृभ्रमिलाई सम्झीएर बिदेसमा रहेका
नेपालीहरु छटपटिरहेको सन्देश दिन खोजिएको छ ।
गीतमा बिदेशमा छटपटिएका नेपाली युवालाई नेपाल फर्केर
आउन आग्रह गरिएको छ ।
यो
गीत एकपटक सुनिसकेपछि सायद आँशु नझार्ने कोही
पनि हुँदैनन् होला । यसको भिडियोको निर्देशक राघब अर्याल गरेका हुन् ।
मिराज अर्यालको सम्पादन रहेको छ । भिडियोमा दिपेश विसि, गोपिका नेपाल, शिब
मगर र सुर्य थापाको अभिनय रहेको छ । यस गीतको भिडियोलाई
व्यवस्थापन आतिप राईले गरेका छन् ।
भिडियो कथामा बागलुङ गलकोट नगरपालिका ११ रिघामा जन्मनु भएका दिपेश लामो
समयदेखि रोजगारीको लागि परदेश मै कर्म थलो बनाएर मलेसियामा
बस्दै आएका छ्न । काम गर्ने क्रममा दिपेश को खुट्टा भाँचिन पुग्यो
मलेसियाको सेगाम्वुतमा रहेको निर्माणधिन पुलको छेउमै काम गर्ने क्रममा
कलाकार दिपेश भारि रड उचाल्दै थिए । उनीसँगै उनका
साथीहरु पनि उनलाई सहयोग गर्दै थिए । रड बोकेका दिपेश
एक्कासी लडेपछि घाइते भए । खुट्टामा चोटलागेका उनलाई
साथीहरुले उद्धार गरे । दिपेश रियल नभर्इ एउटा गितको म्युजिक
भिडीयोको लागी घाइते भएका थिए ।

Saturday, August 19, 2017

पाण्डबखानीमा दर खाने कार्यक्रम सम्पन्न।

पाण्डबखानीमा दर खाने कार्यक्रम सम्पन्न।
सुरेश छन्त्याल/गलकाेट
भदौ-३ शुक्रबार
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीमा महिला जागरण केन्द्र पाण्डबखानीकाे अायाेजनामा दर खाने कार्यक्रम सम्पन्न भएको छ।हिन्दु नेपाली नारी हरुकाे महान चार्ड हरितालिका तिजकाे अवसरमा मा का�र्यक्रम राखिएकाे थियाे।जागरण केन्द्रकि अध्यक्ष राधिका पुनकाे सभापतित्याे मन्जु शर्मा चालिसेकाे प्रमुख अाथितियतामा ईलाका प्रहरी कार्यालय हरिचाैरका प्रमुख अर्जुन दाेष अधिकारी, गलकाेट नग�रपालिकाका कार्यकारी अधिकृत प्रदिप सुवेदी,वडा १०का अध्यक्ष तिलक घर्ती,बरिस्ठ समाजसेवी मानसिह छन्त्याल,वडा १०का सदस्य धनबहादुर सुनार,मिरा सुवेदी लगाएतले मन्तव्य राखेकाे कार्यक्रममा कुमारी काउचाकाे स्वागत र रुपा श्रीस र अाशा श्रीसकाे संचालनमा कार्यक्रम सम्पन्न भएको हाे।

Thursday, August 17, 2017

हटिया बाट पाण्डबखानी अाउदै गरेकाे पिकअपबाट ब्याग खस्याे।

हटिया बाट पाण्डबखानी अाउदै गरेकाे पिकअपबाट ब्याग खस्याे।
पाण्डबखानी अनलाइन खबर
बागलुङको गलकाेट हटिया हुदै पाण्डबखानी अाउने ४१५ नम्बरको पिकअपबाट ब्यागमा रहेको महत्त्वपूर्ण समानहरु ०४/३२ बुधबार हराएको हुदा वा कसैबाट झुक्किएर सातफेर हुनसक्ने हुदा कोहि
कसैले फेला पार्नु भएको छ।भने कृपाय टेकबहादुर श्रीस मगरलाई सम्पर्क गरि समान बुझाइदिनु हुन पुनले सबै संग अाग्रह गर्नुभएको छ।जसका लागि सम्पर्क
मोबाईल न 9846830497 वा कुनै आधिकरिक निकायमा बुझैदिन आग्रह श्रीसले गरेकाछन्।।उक्त ब्यागमा औषधी लगाएतका कागजात रहेको बताइएको छ।

Wednesday, August 16, 2017

उप स्वास्थ चौकीको नयाँ भवन निर्माणका लागि प्रबासमा आर्थिक सकलन अभियान सुरु

लक्ष्मण चालिसे, गल्कोट २०७४ भदौ । उप स्वास्थ चौकीको नयाँ भवन निर्माणका लागि प्रबासमा आर्थिक सकलन अभियान सुरु गरिएको छ । गलकोट नगरपालिका वार्ड न ८ कॉडेबास पचुवामा निर्माण गर्न लगेको उपस्वास्थ्य चौकीको जग्गा र भबन निर्माणकोलागि काँडेबास सेवा समाज जापानले भबन निर्माणको लागी सहयोग संकलनको महाअभियान सन्चालन गरेको काडेबास सेबा समाज जापानका अध्यक्ष नरीनारायण कंडेलले जानाकारि दिए ।
ऊक्त महाअभियानमा सामेल भई सहयोग गीरीदिन सबैमा हार्दिक अनुरोध गर्दे काडेलले ग्रामीण क्षेत्र स्वास्थ्यको पहुच पुयाउन सबै लागनु पर्ने बताए । काडेबासमा सन्चालन गर्दै आएको उप स्वास्थ्य चौककिो भबन जर्णि र पुरानो भएकोले बिरामीलाई उपचारमा समस्या पर्ने गरेकोले नया भबन निर्माण गर्न लागिएको वडा अध्यक्ष राम प्रसाद कडेलले जानकारी दिए ।
भौतिक पुर्बाधार जग्गा ब्यबथापन लगायतका कार्य चलिरहेको कँडेलको भनाई छ। हाल उक्त उप स्वास्थ्य चौकीमा ५ जना कर्मचार िरहेका छन । सहयोग गर्नको लागी काँडेबास सेवा समाज जापानको खाता न ( post office ). Ac 10120-94034851 अनुरोध गर्दछौ ।

Monday, August 14, 2017

ताराखोला गाउपालिका वाड नम्बर ३ हिलमा कृषि सञ्जालको नयाँ कार्यसमिति चयन गरिएको छ ।

ताराखोला गाउपालिका वाड नम्बर ३ हिलमा कृषि सञ्जालको नयाँ कार्यसमिति चयन गरिएको छ । सम्पन्न भेलाले कर्ण बहादुर भण्डारीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा पुर्ण रोका, सचिवमा डम्बर थापा, कोषाध्यक्ष सिता सापकोटा, सहसचिवमा रुपा बिक रहनुभएको छ । सदस्यहरुमा पुर्ण चालिसे, भबि रोका, भिमप्रसाद सुवेदी, कृष्ण चोखाल, पुर्णलाल ढकाल, आशा अठारे, छम बहादुर थापा, कृषि प्राबिधिक गंगा रोका, गाउपालिकाका अधिकृत शान्ति पौड्याल र जनप्रतिनिधिको तर्फदेखि तेजुमाया भण्डारी परियार रहनुभएको छ । त्यस्तै दुर्गा अठारे, नर बहादुर थापा, दल बहादुर रोका सदस्य रहने गरि ३ सदस्यीय सल्लाकार समिति गठन भएको छ । वाड अध्यक्ष डिल बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कृषक डम्बर थापा, खिमराज गैरे, पुर्ण बहादुर थापा, पुर्ण रोका, रिम बहादुर थापा, छम बहादुर थापा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम खड्क बहादुर कार्कीको अध्यक्षता, गौरी कडेलको स्वगत मन्तब्य र गाउ सञ्चार समितिका सचिव शान्त खत्रीको सञ्चालनमा सम्पन्न भएको सहकर्मी शान्त खत्री मौसमले खब� पठाउनु भएको छ।

छन्त्याल एक कार्यक्रमका विच सम्मानित

छन्त्याल एक कार्यक्रमका विच सम्मानित
साउन-३०�,साेबार
सुरेश छन्त्याल
बागलुङ/गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विध्यालयले पाण्डबखानी गैराभाटी घ�रभै uk मा  बस्नुहुने  दानश छन्त्याल पुनलाई एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेकाे छ। uk मा रहे पनि गाउघरलाइ सहयोग गरेकाे भन्द‌ै छन्त्याल लाई सम्मान गरिएको विध्यालयका प्रचार्य खिमबहादु�र खड्काले पाण्डबखानी अनलाइन खबरलाइ जानकारी दिनु भएको छ।त्यस्तै हाल uk मा रहेपनि विध्यालयकाे उन्नतीका लागि राजेन्द्र छन्त्याल पुनले १लाख बराबरको प्राेजेक्ट� प्रदान गर्नु भएको छ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सहक�र्मी साथी पुरन प्रभातले खबर पठाउनुभएकाे छ।

Saturday, August 12, 2017

मल्ल पाण्डबखानी माेटरबाटाे विच विचमा अवरुद्ध हुदाँ जाेखिम माेलेर यात्रा गर्नु पर्ने बाध्यता रहेकाे यात्रुहरुकाे गुनासो

मल्ल पाण्डबखानी माेटरबाटाे विच विचमा अवरुद्ध हुदाँ जाेखिम माेलेर यात्रा गर्नु पर्ने बाध्यता रहेकाे यात्रुहरुकाे गुनासो रहेकाे छ।माथिबाट साना-साना पहिराे खसे पछि बाटो अवरुद्ध भएको छ�। बागलुङ सदरमुकाम देखि पाण्डबखानी सम्म६६ किलोमिटर रहेकाे बाटाे मल्मकाे केही स्थान संगै पाण्डबखानीकाे साेरमने,पुर्से,सुनपानीका बाटाे मर्मत भए पनि निरन्तर वर्षाले गर्दा केही विक्रेकाे हुदा यात्रा गर्न कठिनाइ भएको बताएको छ।पाण्डबखानीमा अहिलेसम्म जिपकाे कृउ नछुताएपनि पिकअप वालाहरुले पछिल्लो समयमा निकै �राम्राे सेवा दिएकाे यात्रुहरुबाट सुन्न पाइन्छ।तर अहिलेसम्म माेटरबाटाेकाे अाय व्याय हिसाब प्रस्तुत नभएको छैना।

Thursday, August 10, 2017

पुरानो समाचार हिजाे पाेष्ट हुदा धेरै मानिसहरु अातङ्कृत

नमस्ते!हिजाे देखि एउटा समाचार भाइरल भएको छ।
बागलुङको गलकाेट नगरपालिका वार्ड नम्बर १० पाण्डबखानी साविक गाविस वार्ड नम्बर ९मा बस्ने  नवीन पुनले रक्सि खाएर आफ्नै श्रीमतीको हत्या गरेकाे भन्ने समाचार हिजाे देखि सामाजिक संजाल पेशबुकमा भाइरल बनेकाे छ।तर याे घटना भए संगै समाचार तयार पारिएको करिब १/२वर्ष भैसकेको छ।यसरी पुरानो कुरा समाचार अाफ्नाे पेशबुकमा कहिले का समाचारहरु अहिले अाफ्नाे पेशबुकमा पाेष्ट् गर्दा धेरै मानिसहरु अातङ्कृत बनेकाछन्।र हिजाे देखि पाण्डबखानी अनलाइन खबरका प्रधान सम्पादक लाई देश तथा विदेश बाट फाेन र sms बाट किन कस्ले याे पुरानाे समाचार अपडेड गर्याे भन्ने सबैकाे चासोको विषय बनेकाे छ।त�र यता जिल्ला प्रहरी कार्यालय बागलुङ, नेपाल पत्रकार महासंघ साखा बागलुङ र ईलाका प्रहरी कार्यालयका अनुसार याे समाचार अहिले समाजिक संजालमा कस्काे नाम र  ठेगाना छ।त्यस व्याक्ति या संजाललाई कानुनी कार्वाही हुने पर्ने भनेकाे छ।त्यसैले यश समाचार लाई भाइरल बनाउनेहरुकाे अनुसन्धान भैरहेको छ।यसरी पुराना घटना हरु पेशबुकमा पाेप्ट् गर्दा मानसिक तनाव हुने र याे कार्य अपराध काम भएको हुनाले यश पुरानाे समाचार हिजाे पाेष्ट गर्ने व्याक्ति या संजाललाई कानुनी कार्वाही हुनु पर्छ।
सुरेश छन्त्याल दर्पण
गलकाेट नगरपालिका १०पाण्डबखानी,बागलुङ

Sunday, August 6, 2017

पाण्डवखानी शिरमा रमुवा´बोलको म्युजिक भिडियो छायांकन

सुरेश छन्त्याल/पाण्डबखानी
बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वडा नम्बर १०-पाण्डवखानी रमुवामा जन्मनु भई रोजगारीको सिलसिलामा हाल मलेसियामा कार्यरत यामु घर्ती मगरको पहिलो प्रस्तुति `पाण्डवखानी शिरमा रमुवा´बोलको म्युजिक
भिडियो छायांकन गल्कोट नगरपालिका १० पाण्डवखानी रमुवाको
सेरोफेरोमा छायांकन गरिसकिएको छ । छोरी भएर जन्मनु रआफ्नो जन्म घर आमा बाबा दाजुभाइ दिदीबहिनी आफन्त बाल्यकालमा खेलेको सँगसँगै मेलापात गरेको साथीसँगी अनि जन्म घर छोडेर पराई घर जानू पर्दाको पिडा छोरीको कस्तो हुन्छ । भनेर छर्लङ्ग उतार्न खोजिएको छ । नेपालकी चर्चित लोक दोहोरी गायिका पाण्डबखानी मै जन्मनु भएकि देवि
घर्ती मगरकाे स्वर यामु घर्ती मगरको लय/तथा शब्द संगीत दुर्गा थापाको रहेको छ ।भने भिडियो निर्देशन गाेविन्द पुनले गर्नु भएको छ । छायांकन वरिष्ठ क्यामेरा मेन दानबहादुर श्रीस मगरले गर्नु भएको छ । मोडल साहित्यकार निशा श्रीस मगरले गर्नु भएकाे छ । टेक्निशन अमृत थापा मगर र मेकअप
मा पुनम पुन मगरले साथ दिनु भएको छ । भिडियो छिट्टै टाईगर्स फिल्म प्रा.लि ले
बजारमा ल्याउन लागेको छ ।

Saturday, August 5, 2017

मिर्मिरे बिहानीमा हिमाल खुल्ने मेरो गाउँ ढकमक लाली गुराँस फुल फुल्ने मेरो गाउँ

             गजल
मिर्मिरे बिहानीमा हिमाल खुल्ने मेरो गाउँ
ढकमक लाली गुराँस फुल फुल्ने मेरो गाउँ

झुल्के घामको लाली पोतिएर आउँदा खेरी
बनै भरी मृग,डाँफे ,  मयुर डुल्ने मेरो गाउँ

यहि ठाउँमा जन्मिएर साग सिस्नो खाँदै हुर्के
आफ्नै जन्मभुमि सँग प्रित घुल्ने मेरो गाउँ

फलफुल लटरम्म फल्छन डाली भरी भरी
फाँटभरी धानको    बाला झुल्ने मेरो गाउँ

यहि माटोले सिकायो संस्कार अनि संस्कृती
बिरानो मुलुक बसि  कसरी भुल्ने मेरो गाउँ

निशा श्रीस
बाग्लुङ
गल्कोट

Friday, August 4, 2017

बाढी पहिरोमा परी ६७ वर्षका मनिमान छन्त्यालसहित एउटै परिवारका चारजनाको ज्यान गयो

बागलुङ, साउन २० – बागलुङमा पहिरोको कारण ६ जनाको
ज्यान गएको छ । निशीखोला–२ मा पहिरोमा पुरिएर एउटै
परिवारको चारजनाको ज्यान गएको छ ।
ज्यान जानेमा ६७ वर्षका मनिमान छन्त्याल, उहाँकी श्रीमती
६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र छोरी गीता
छन्त्याल रहेको निशीखोला–२ का वडाध्यक्ष कुविर
विश्वकर्माले जानकारी दिनुभयो ।
निरन्तर वर्षाका कारण पहिरो जाँदा ढोरपाटन नगरपालिका–
५ मा एक जना र निशीखोला गाउँपालिकामा चार जनाको
ज्यान गएको हो ।
ढोरपाटन–का ५५ वर्षका ओमप्रकाश कामीको घरमाथिबाट
आएको पहिरोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेका
छन् ।
निशीखोला–१ हुँल्दीमा पहिरोले घर बगाउँदा ७५ वर्षका
झोगेन्द्रबहादुर सिंजालीका श्रीमती ७० वर्षकी खगिसरा
सिंजालीको ज्यान गएको प्रहरी नायव उपरीक्षक अनिल
खड्काले जानकारी दिनुभयो ।
पहिरोले विभीन्न ठाउँमा गरी आधा दर्जन घरमा क्षति
पुर्याएको छ । बाढीले निशीखोला दोस्रो जलविद्युत
आयोजना समेत बगाएको स्थानीय बासिन्दाले जानकारी
दिएका छन् ।
बाढी प्रभावित क्षेत्रमा वेपत्ताको खोजी तथा पहिरोको
निरीक्षणका लागि जनप्रतिनिधि र प्रहरीको टोली पुगको छ
। – पाण्डबखानी अनलाइन खबर
मृतक आत्माहरुको चीर शान्तिको कामना र शोक सन्तप्त
परिवार तथा आफ़न्तजनमा हामी हार्दिक समवेदना प्रकट
गर्दछौ

Tuesday, August 1, 2017

मध्य पहाडी लोकमार्ग स्थित रिघा ६ काउछे(भुसुनी)मा करिब एक घन्टा पहिले गएको पहिरोले ट्याक्सी नम्बर ध१प ६५७ करिब १०० मि तल खसालेको छ।

मध्य पहाडी लोकमार्ग स्थित रिघा ६ काउछे(भुसुनी)मा करिब एक घन्टा पहिले गएको पहिरोले ट्याक्सी नम्बर ध१प ६५७ करिब १०० मि तल खसालेको छ।चालक एक्लै हटियादेखि आउँदै गरेको र चालक सामान्य घाइते भएको स्थानीयले बताएका छन् ।घाइते चालकलाई गुल्मी अर्लाङ्कोटको एम्बुलेन्समा राखी हटियातिर पठाईएको छ।
पहिरोले रिघा जाने मुलबाटो समेत तानेर हिँड्न नसक्ने स्थिति ल्याएको छ।
माटोको बनावट कमजोर भएको कारण बिना वर्षा नै पहिरो गएको छ ।अहिले भारी वर्षात भैरहेको र थप पहिरो जाने प्रवल सम्भावना रहेको छ।
तस्बिर:- स्थानीय दिवान घर्ती मगर

मध्य पहडी लोकमार्गको रिघा भुसुनी डाडाँमा चिप्लिएर ट्याक्सी दुघर्टना !

गल्कोट (बागलुङ) २०७४ साउन १७ ।
मध्य पहडी लोकमार्गको हटिया-खर्वाङ खण्डको रिघामा
ट्याक्सी दुघर्टना भएको छ । गलकोट नगरपालिका वाड नम्बर
११ रिघा भुसुनि डाडाँमा उकालो चढ्ने क्रममा बलौटे माटो चिप्लिएर करिब १
सय मिटर तल खसेको स्थानिय दिवान काउचा घर्तिले बताए ।
हटिया देखि रिघा तर्फ जादै गरेको ध १ प ६५७ नम्बरको
ट्याक्सी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय
हरिचौरका प्रमुख अर्जुनध्वज अधिकारीले बताए ।
ट्याक्सीमा चालक थम्मन परियार मात्र सवार भएका कारण
सामान्य घाईते भएको बताईएको छ ।
उनलाई उपचारका लागी हटिया ल्याउदै गरेको समाचार प्राप्त
भएको छ ।
पहिले रिघा भुसुनीमा पहिरो जाँदा ट्याक्सी बगाएको
स्थानीयले जानकारी दिएका थिए । रिघाको मनेवा पाटा
लगायत सडकका विभिन्न भागमा पहिरो गैरहदा सडक अवरुद्ध हुने गरेको
छ । सडक स्तरोन्नती र दरम खोलामा निर्माणाधीन
जलविद्युत परियोजनाको कार्यले रिघा खण्डको सडक निकै कमजोर भएको
स्थानीयको भनाई रहेको छ ।
फेसबुकमार्फत कमेन्ट गर्नुहोस !