सुरेश छन्त्याल/Depesh Jons
भदौ ४,अाइतबार
मलेसिया । ‘रुँदै सिमाना काट्नेलाई, हजार थोपा पसिनामा दुईचार पैसा
साट्नेलाई’ भन्ने राष्ट्रियताले ओतप्रोत भएको मार्मिक गीतको
म्युजिक भिडियो बजारमा आएको छ ।
‘रुदै सिमाना काटनेलाई’ वोलको गितको भिडीयो सार्बजनिक भएको छ ।
मलेसियामा कार्यरत रहेका नेपाली र बंगाली
श्रमीकहरुले पनि यो म्युजिक भिडीयोमा अभिनय गरेका
छन् ।
‘रुँदै सिमाना काट्नेलाई…’ भन्ने गीतमा बिक्रम चाम्लिङले स्वर दिएका
छन् । भने जनक रुचालले संगित रहेको छ । गीतमा राम
कार्कीको लय रहेको छ । जेबी दर्लामीको
शब्द रहेको गीत निकै नै मार्मिक रहेको छ ।
राष्ट्रियताले ओतप्रोत भएको गीतमा नेपाली कामदारले
विदेसमा पाएको पिडालाई म्युजिक भिडियोमा जस्ताको तस्तै उतारिएको छ । यस
गीतको म्युजिक भिडियो पनि मलेसियामै गरिएको हो ।
गीतमा मातृभ्रमिलाई सम्झीएर बिदेसमा रहेका
नेपालीहरु छटपटिरहेको सन्देश दिन खोजिएको छ ।
गीतमा बिदेशमा छटपटिएका नेपाली युवालाई नेपाल फर्केर
आउन आग्रह गरिएको छ ।
यो
गीत एकपटक सुनिसकेपछि सायद आँशु नझार्ने कोही
पनि हुँदैनन् होला । यसको भिडियोको निर्देशक राघब अर्याल गरेका हुन् ।
मिराज अर्यालको सम्पादन रहेको छ । भिडियोमा दिपेश विसि, गोपिका नेपाल, शिब
मगर र सुर्य थापाको अभिनय रहेको छ । यस गीतको भिडियोलाई
व्यवस्थापन आतिप राईले गरेका छन् ।
भिडियो कथामा बागलुङ गलकोट नगरपालिका ११ रिघामा जन्मनु भएका दिपेश लामो
समयदेखि रोजगारीको लागि परदेश मै कर्म थलो बनाएर मलेसियामा
बस्दै आएका छ्न । काम गर्ने क्रममा दिपेश को खुट्टा भाँचिन पुग्यो
मलेसियाको सेगाम्वुतमा रहेको निर्माणधिन पुलको छेउमै काम गर्ने क्रममा
कलाकार दिपेश भारि रड उचाल्दै थिए । उनीसँगै उनका
साथीहरु पनि उनलाई सहयोग गर्दै थिए । रड बोकेका दिपेश
एक्कासी लडेपछि घाइते भए । खुट्टामा चोटलागेका उनलाई
साथीहरुले उद्धार गरे । दिपेश रियल नभर्इ एउटा गितको म्युजिक
भिडीयोको लागी घाइते भएका थिए ।
Sunday, August 20, 2017
मलेसियामा काम गर्दागर्दै घाइते भएपछिको पिडालाई समेटिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment