सुरेश छन्त्याल/पाण्डबखानी
बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वडा नम्बर १०-पाण्डवखानी रमुवामा जन्मनु भई रोजगारीको सिलसिलामा हाल मलेसियामा कार्यरत यामु घर्ती मगरको पहिलो प्रस्तुति `पाण्डवखानी शिरमा रमुवा´बोलको म्युजिक
भिडियो छायांकन गल्कोट नगरपालिका १० पाण्डवखानी रमुवाको
सेरोफेरोमा छायांकन गरिसकिएको छ । छोरी भएर जन्मनु रआफ्नो जन्म घर आमा बाबा दाजुभाइ दिदीबहिनी आफन्त बाल्यकालमा खेलेको सँगसँगै मेलापात गरेको साथीसँगी अनि जन्म घर छोडेर पराई घर जानू पर्दाको पिडा छोरीको कस्तो हुन्छ । भनेर छर्लङ्ग उतार्न खोजिएको छ । नेपालकी चर्चित लोक दोहोरी गायिका पाण्डबखानी मै जन्मनु भएकि देवि
घर्ती मगरकाे स्वर यामु घर्ती मगरको लय/तथा शब्द संगीत दुर्गा थापाको रहेको छ ।भने भिडियो निर्देशन गाेविन्द पुनले गर्नु भएको छ । छायांकन वरिष्ठ क्यामेरा मेन दानबहादुर श्रीस मगरले गर्नु भएको छ । मोडल साहित्यकार निशा श्रीस मगरले गर्नु भएकाे छ । टेक्निशन अमृत थापा मगर र मेकअप
मा पुनम पुन मगरले साथ दिनु भएको छ । भिडियो छिट्टै टाईगर्स फिल्म प्रा.लि ले
बजारमा ल्याउन लागेको छ ।
Sunday, August 6, 2017
पाण्डवखानी शिरमा रमुवा´बोलको म्युजिक भिडियो छायांकन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment