Tuesday, August 1, 2017

मध्य पहडी लोकमार्गको रिघा भुसुनी डाडाँमा चिप्लिएर ट्याक्सी दुघर्टना !

गल्कोट (बागलुङ) २०७४ साउन १७ ।
मध्य पहडी लोकमार्गको हटिया-खर्वाङ खण्डको रिघामा
ट्याक्सी दुघर्टना भएको छ । गलकोट नगरपालिका वाड नम्बर
११ रिघा भुसुनि डाडाँमा उकालो चढ्ने क्रममा बलौटे माटो चिप्लिएर करिब १
सय मिटर तल खसेको स्थानिय दिवान काउचा घर्तिले बताए ।
हटिया देखि रिघा तर्फ जादै गरेको ध १ प ६५७ नम्बरको
ट्याक्सी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय
हरिचौरका प्रमुख अर्जुनध्वज अधिकारीले बताए ।
ट्याक्सीमा चालक थम्मन परियार मात्र सवार भएका कारण
सामान्य घाईते भएको बताईएको छ ।
उनलाई उपचारका लागी हटिया ल्याउदै गरेको समाचार प्राप्त
भएको छ ।
पहिले रिघा भुसुनीमा पहिरो जाँदा ट्याक्सी बगाएको
स्थानीयले जानकारी दिएका थिए । रिघाको मनेवा पाटा
लगायत सडकका विभिन्न भागमा पहिरो गैरहदा सडक अवरुद्ध हुने गरेको
छ । सडक स्तरोन्नती र दरम खोलामा निर्माणाधीन
जलविद्युत परियोजनाको कार्यले रिघा खण्डको सडक निकै कमजोर भएको
स्थानीयको भनाई रहेको छ ।
फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

No comments:

Post a Comment