Thursday, August 31, 2017

कक्षा १२ को परीक्षाफल सार्बजनिक, यसरी हेर्नुस् नतिजा

१५ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२
को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा
नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण
भएका छन्।
Advertisment
एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी
भएकामा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् ।
आंशिकतर्फ एक लाख सात हजार पाँच सय ६९ जना सहभागी
भएकामा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् ।
कक्षा १२ को परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन
भएको थियो । बोर्डले विज्ञान संकायको परीक्षाफल भने
गत गत साउन २० गते नै प्रकाशन गरेको थियो ।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर
सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको
www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको
www.neb.gov.np र नेपाल टेलिकमको
www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न
सकिने छ ।
यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस
पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको
आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त
निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय
परीक्षा बोर्डले जनाएको छ ।

No comments:

Post a Comment