Friday, August 4, 2017

बाढी पहिरोमा परी ६७ वर्षका मनिमान छन्त्यालसहित एउटै परिवारका चारजनाको ज्यान गयो

बागलुङ, साउन २० – बागलुङमा पहिरोको कारण ६ जनाको
ज्यान गएको छ । निशीखोला–२ मा पहिरोमा पुरिएर एउटै
परिवारको चारजनाको ज्यान गएको छ ।
ज्यान जानेमा ६७ वर्षका मनिमान छन्त्याल, उहाँकी श्रीमती
६३ वर्षकी नन्दकली, बुहारी २२ वर्षकी बिन्दु र छोरी गीता
छन्त्याल रहेको निशीखोला–२ का वडाध्यक्ष कुविर
विश्वकर्माले जानकारी दिनुभयो ।
निरन्तर वर्षाका कारण पहिरो जाँदा ढोरपाटन नगरपालिका–
५ मा एक जना र निशीखोला गाउँपालिकामा चार जनाको
ज्यान गएको हो ।
ढोरपाटन–का ५५ वर्षका ओमप्रकाश कामीको घरमाथिबाट
आएको पहिरोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
परिवारका अन्य सदस्यलाई भने छिमेकीले सकुशल उद्धार गरेका
छन् ।
निशीखोला–१ हुँल्दीमा पहिरोले घर बगाउँदा ७५ वर्षका
झोगेन्द्रबहादुर सिंजालीका श्रीमती ७० वर्षकी खगिसरा
सिंजालीको ज्यान गएको प्रहरी नायव उपरीक्षक अनिल
खड्काले जानकारी दिनुभयो ।
पहिरोले विभीन्न ठाउँमा गरी आधा दर्जन घरमा क्षति
पुर्याएको छ । बाढीले निशीखोला दोस्रो जलविद्युत
आयोजना समेत बगाएको स्थानीय बासिन्दाले जानकारी
दिएका छन् ।
बाढी प्रभावित क्षेत्रमा वेपत्ताको खोजी तथा पहिरोको
निरीक्षणका लागि जनप्रतिनिधि र प्रहरीको टोली पुगको छ
। – पाण्डबखानी अनलाइन खबर
मृतक आत्माहरुको चीर शान्तिको कामना र शोक सन्तप्त
परिवार तथा आफ़न्तजनमा हामी हार्दिक समवेदना प्रकट
गर्दछौ

No comments:

Post a Comment