Wednesday, September 26, 2018

बिष्णु विमल र दिपककाे दशै गीत दशैको टीका

बिष्णु  विमल र दिपककाे दशै गीत दशैको टीका सार्वजनिक भएकाे छ । (खगेन्द्र विश्वकर्मा )लाेक दाेहाेरि गितका बादशाह बिष्णु खत्रीकाे लय तथा गायीका बिष्णु माझी र दीपक के.सी.काे स्वरमा  दिपक केसिकाे पहिलाे प्रस्तुति दशै गीग युटुवमार्फट सार्वजनिक गरिएकाे हाे । नेपाली हिन्दुहरुकाे महान चाड दशै तिहारलाई अाधार मानेर बनाईएकाे गितकाे कथा बस्तुभने राेजगारिकाे शिलशिलामा विदेशमा भएकाे र नेपाल अाफ्नाे घरमा अाएर परिवारसँग चाडपर्व मनाउन नपाएको विषयलाई समेतेका शव्द कलाकार विष्णु खत्रीले तयार गरेका हुन । गितलाई भिडियोबाट जिबन्त दिन चर्चित माेडल विमल केसिले अभिनय गरेका छन । विमल अभिनित म्युजिक भिडियो मार्मिक र मर्मस्पर्शी रहेकाे पाईएकाे छ भने अभिनयमा बिमल के.सीलाई सुसिला थापा र शम्भु राउतले मुख्य भुमिकामा साथ दिएका छन् । भिडियोकाे निर्देशन
प्रकाश भट्टले गरेकाछन
छायांकन राजेश घिमिरेले र
सम्पादन बिष्णु शर्माले गरेकाे भिडियो
सुमधुर क्रियसनकाे युटुव च्यानलबाट सार्वजनिक गरेका छन्  प्रस्तुत छ भिडियोबाट

Monday, September 24, 2018

नयाँ विश्व डकटमको प्रथम वार्षिकोत्सव

नयाँ विश्व डकटमको प्रथम वार्षिकोत्सव
८ आश्विन २०७५,सोमबार 
नागरि संचार प्रालिद्वारा संचालित नयाँ विश्व डटकम अनलाईले आफ्नो प्रथम वार्षिकोत्सव सोमबार भव्य रुपले मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै पूर्व प्रधान न्यायधिस कल्याण श्रेष्ठले संचार माध्यमहरु आवाज बिहीनहरुको आवाज बन्नु पर्ने बताए । श्रेष्ठले जनताले चाहे अनुसारको र उनीहरुको आवश्यकता अनुसारको सुचना समाचारलाई बाहिर ल्याउनु पर्नेमा जोड दिँदै संचार माध्यमहरुले निश्पक्ष रुपमा सुचना प्रवाह गर्नु पत्रकारीताको धर्म भएको बताए । सबैले चाहे अनुसारको सुचना बाहिर ल्याउन सके मात्रै संचार माध्यम सबैको लोक प्रिय बन्न सक्ने बताए ।

कार्यक्रममा अनलाइनले पत्रकार सुवास गौतम, प्रकाश बराल, प्रदिप पन्त, भरत सापकोटा, सुरेस छन्त्याल र पूर्ण भद्र निउरेलाई समाचारमा सहयोग पु¥याएको भन्दै सम्मान गरेको थियो । स्तम्भ लेखन सहयोग गरेको भन्दै शिव शरण ज्ञवाली, महेशचन्द्र प्रधान, राजेशचन्द्र राजभण्डारी र प्रकाश थापालाई सम्मान गरेको थियो । सोही अवसरमा अनलाईनले नेपाल पत्रकार महासंको भवनको लागि ५ हजार सहयोग प्रदान गरेको छ । यसै वर्षदेखि स्थापना गरेको नयाँ विश्व पत्रकारीता पुरस्कार नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रदान गरेको छ । त्यस्तै विद्यामन्दिर माध्यमिक विद्यालयमा संचालन बाल विकास केन्द्रलाई पनि ५ हजार प्रदान गरेको छ ।

सोही अवसरमा संस्थाका व्यवस्थापक अजुर्न चोखालले आफ्नो व्यक्तिगत तर्फदेखि गरिब विपन्न परिवारकी अज्मिना खातुनलाई कक्षा १२ सम्म अध्ययनको लागि सहयोग गर्ने बताएका छन् । त्यस्तै फोटो पत्रकार मञ्जुल शाक्य, विज्ञापनदाता, सेयर सदस्य तथा अनलाईनलाई सहयोग पु¥याउने संस्थाहरुलाई मायाको चिनो प्रादन गरेको थियो । कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षता, सचिव मुकेशचन्द्र राजभण्डारीको स्वागत र पत्रकार राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।

Friday, September 21, 2018

हटिया स्वास्थ्य चौकीलाई जापानबाट अत्याधुनिक भिडियो एक्स रे मेसिन सहयोग ।

हटिया स्वास्थ्य चौकीलाई जापानबाट अत्याधुनिक भिडियो एक्स रे मेसिन सहयोग ।
हटिया स्वास्थ्य चौकी गलकोट नगरपालिका ३ हटिया बागलुङलाई आज एक कार्यक्रमका बिच भिडियो एक्स-रे मेसिन हस्तान्त्रण गरिएको छ । गलकोट क्षेत्रका महिलाहरुले सेवा प्राप्त गरुन भन्ने उद्येश्यले उक्त मेसिन सामाजिक संस्था घुम्टे युवा परिवार मल्मका सल्लाहकार समितिका संयोजक तथा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र अध्यक्ष थम्मन थापा सन्देशले हटिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा गलकोट नगरपालिका ४ का वडा अध्यक्ष बल बहादुर खत्री र स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरुले रोजगारीको शिलशिलामा जापानमा रहेका गलकोटे दिदीबहिनी र घुम्टे युवा परिवार जापान शाखा र शिवज्योति युवा कल्व जापान शाखाको प्रशंसा गरे । जसरी दाताहरुले आफनो जन्मभुमि र गलकोटे महिला दिदीबहिनीको स्वास्थ्य समस्यालाई लक्षित गरि मेसिन सहयोग भएको छ त्यहि अनुरुप प्रयोग गरि गर्भवती महिलालाई स्वास्थ्य लाभ प्रदान गर्न स्वास्थ्य चौकीलाई सुझाव समेत दिएका छन । गलकोटको विकासमा जापानमा रहेका गलकोटेले महत्वपुर्ण भुमिका खेल्दै आएको भन्दै धन्यवाद समेत ज्ञापन गरे । विशेष गरि महिला गर्भवती भएपछि उनको स्वास्थ्य अवस्था र पेटमा रहेको बच्चाको स्वास्थ्य स्थितिलाई थाहा पाउन यो भिडियो एक्स रे मेसिन उपयोगी हुने घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुले बताउनु भयो । हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका गलकोट नगर प्रतिनिधि तिलक उप्रेती, बुल बहादुर केसी, नेपाली काॅग्रेस गलकोट नगर समितिका सभापति तथा वडा नं ५ का वडा अध्यक्ष नारायण ध्वज मल्ल, राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिका अध्यक्ष टंक केसी, गलकोट नगरपालिका वडा नं ३ का महिला सदस्य रत्नकला अधिकारी, वडा नं ३ का दलित महिला सदस्य तुलसी दर्जीले शुभकामना मन्तव्य राख्नुभएको थियो । हरितालिका तीजको अवसरमा गलकोट दिदीबहिनी समुह, घुम्टे युवा परिवार जापान शाखा र शिवज्योति युवा कल्व जापान शाखाले तीज कार्यक्रम आयोजना गरि संकलित रकमबाट रु ७ लाख ५० हजारको उच्च प्रविधिको भिडियो एक्स रे मेसिन खरिद गरिएको थियो । आफनो कमाईको केहि अंशलाई सामाजिक क्षेत्रमा सहयोग गर्दै विशेष गरि गर्भवती महिलाको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै उक्त भिडियो एक्स रे मेसिन हटिया स्वास्थ्य चौकीलाई सहयोग गर्ने निर्णय गरिएको गलकोट दिदीबहिनी समुहका संयोजक कालिका थापाले बताउनुभयो । स्वास्थ्य चौकीलाई भिडियो एक्स रे मेसिन हस्तान्तरण गरिए पछि अब गलकोट क्षेत्रका गर्भवती महिलालाई अाजदेखि थप सुविधा भएको छ । कार्यक्रममा गलकोट नगरपालिका भित्रका जनप्रतिनिधी, राजनैतिक दलका प्रमुखहरु, गलकोट समाज गलकोटका पदाधिकारी, समाजसेवी, घुम्टे युवा परिवारका कार्य समिति पदाधिकारी, शिवज्योति युवा कल्वका पदाधिकारी, हटिया प्रहरी चौकी प्रमुख, स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । भिडियो एक्स रे मेसिन हस्तान्तरण कार्यक्रम सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डेको स्वागत र घुम्टे युवा परिवार मल्मका सहसचिव प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

वरिष्ठ समाजसेवी छन्त्यालद्धारा ३५ हजार बराबरकाे शैक्षिक सामाग्री प्रदान ।

वरिष्ठ समाजसेवी छन्त्यालद्धारा ३५ हजार बराबरकाे शैक्षिक सामाग्री प्रदान ।
सुरेश छन्त्याल/पाण्डबखानी
असाेज/५/शुक्रबार
बागलुङको नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राविमा अध्यानरत बाल शिक्षाका विद्यार्थीहरुलाइ पाण्डबखानी माध्यमिक विद्यालाय व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ समाजसेवी मानसिंह छन्त्यालले ३५ हजार बराबरकाे शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ। विद्यालाय व्यवस्थापन समितिका अध्यक्ष कमला थापाकाे अध्यक्षता वडा अध्यक्ष तिलक घर्तीकाे प्रमुख अाथितिया र वरिष्ठ समाजसेवी मानसिह छन्त्यालकाे विशिष्ट अाथितियतामा भएको कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ती वडा सदस्य धनबहादुर सुनार शिक्षक सुमन काउचा स्थानीय कृष्ण वि.क लगाएले मन्तव्य व्याक्त गरेका थिए। उक्त कार्यक्रममा छन्त्याललाई सम्मान समेत गरिएको थियाे। विद्यालायकाे अाय व्याय पनि प्रस्तुत गरिएको थियाे। भने कार्यक्रम संञ्चालन विद्यालाय प्र.ह.अाशा श्रीसले गर्नु भएको थियाे।

वरिष्ठ समाजसेवी छन्त्यालद्धारा ३५ हजार बराबरकाे क्षशिक सामाग्री प्रदान ।

वरिष्ठ समाजसेवी छन्त्यालद्धारा ३५ हजार बराबरकाे क्षशिक सामाग्री प्रदान ।
सुरेश छन्त्याल/पाण्डबखानी
असाेज/५/शुक्रबार
बागलुङको नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राविमा अध्यानरत बाल शिक्षाका विद्यार्थीहरुलाइ पाण्डबखानी माध्यमिक विद्यालाय व्यवस्थापन समितिका अध्यक्ष तथा वरिष्ठ समाजसेवी मानसिंह छन्त्यालले ३५ हजार बराबरकाे क्षशिक सामाग्री प्रदान गर्नु भएको छ। विद्यालाय व्यवस्थापन समितिका अध्यक्ष कमला थापाकाे अध्यक्षता वाड अध्यक्ष तिलक घर्तीकाे प्रमुख अाथितिया र वरिष्ठ समाजसेवी मानसिह छन्त्यालकाे विशिष्ट अाथितियतामा भएको कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ती वडा सदस्य धनबहादुर सुनार शिक्षक सुमन काउचा स्थानीय कृष्ण वि.क लगाएले मन्तव्य व्याक्त गरेका थिए। उक्त कार्यक्रममा छन्त्याललाई सम्मान समेत गरिएको थियाे। विद्यालायकाे अाय व्याय पनि प्रस्तुत गरिएको थियाे। भने कार्यक्रम संञ्चालन विद्यालाय प्र.ह.अाशा श्रीसले गर्नु भएको थियाे।

Wednesday, September 19, 2018

सांसद देबेन्द्र पौडेलद्वारा तुरतुरे पहिरोको स्थलगत अवलोकन:

सांसद देबेन्द्र पौडेलद्वारा तुरतुरे पहिरोको स्थलगत अवलोकन:
थम्मन थापा बागलुङ असोज ४
नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय सदस्य तथा बागलुङ क्षेत्र नं २ का सांसद देबेन्द्र पौडेल ढोरपाटन नगरपालिका र बडिगाड गाउपालिकाको सिमानामा अवस्थित तुरतुरे पहिरोको स्थल अवलोकन गर्नुभएको छ । सांसद पौडेलले पहिरो अवलोकन पछि यसपटक प्रकृतिले समस्या गम्भिर रुपमा सिर्जना गरेको बताउनु भयो । पौडेलले भन्नुभयो पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्व हुनुको साथसाथै नजिकिदै गरेका महान चाड बडा दशैं र तिहारलाई लक्षित गरि सडक सुचारु गर्न, दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन  सरकार जिम्मेवारी भएर आफनो कार्य सम्पादनमा लागेको छ । पहिरो पछि बनेको ताल र पहिरो व्यवस्थापनको लागि कुन प्रकारको प्रविधि प्रयोग गरेर हुन्छ नेपाली सेना सॅग गम्भिर कुरा भईरहेको र रक्षा मन्त्रालयले पनि सडक सुचारु गर्न चासो दिएको बताउनुभयो । ताल बनेर जमेको पानी लाई खोलेर व्यवस्थापन गर्ने कि यहि रुपमा राखेर व्यवस्थापन गर्ने भन्ने विषयमा समेत छलफल भईरहेको छ । त्यसको लागि यहाॅका जनतासॅग बसेर ढुङगो लगाउने समेत उहाॅले जानकारी दिनुभयो । त्यस्तै बडिगाड खोलाका तटिय क्षेत्रका स्थानियलाई कतै यो ताल फुटेर हामीलाई बगाउने हो कि हानी नोक्सानी पुराउने हो कि भन्ने आशॅकालाई पनि विश्वासमा लिएर यसको व्यवस्थापनको निमित्त तालको व्यवस्थापन, सडकको व्यवस्थापन र तटिय क्षेत्रका बासिन्दाको आतङकित मानसिकतालाई त्यसको व्यवस्थापन छिट्टै नेपालमा रहेको उच्च स्तरको प्रविधि प्रयोग गरि तीव्र गतिमा नेपाली सेनाको सहयोगमा यसलाई उद्वार गर्न सांसद देखि सरकारको विभिन्न मातहत लागि परेको पौडेलले बताउनु भयो । अवलोकनका क्रममा बडिगाड गाउपालिकाका अध्यक्ष मेहरसिङ पाईजा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला प्रतिनिधी ज्ञामनाथ गैरे अनिल, स्थानिय समाजसेवी त्यहाॅ पुगेका थिए । सांसद पौडेललाई पहिरो र त्यहाॅका सम्पुर्ण गतिविधिको बारेमा बडिगाड गाउपालिका अध्यक्ष मेहरसिङ पाईजाले स्थलगत जानकारी गराउदै तत्काल यसको समाधानमा लाग्न आग्रह समेत गर्नुभएको थियो ।

पाण्डबखानीमा विभिन्न कार्यक्रम सहित संविधान दिवस सम्पन्न। नमस्ते टावरबाट सम्पर्क बन्चित सुरेश छन्त्याल/पाण्डबखानी

पाण्डबखानीमा विभिन्न कार्यक्रम सहित संविधान दिवस सम्पन्न। नमस्ते टावरबाट सम्पर्क बन्चित
सुरेश छन्त्याल/पाण्डबखानी
असाेज - ३/बुधबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तर्गत सुनपानी र गैराभाटी दिखि धार खाेला सम्म टाेल सुधार समितिले अनुगमन गरेकाेछ। प्रत्येक हप्ता गाउँ सरसफाइ गर्ने अभियान भए पछि गाउँ कस्तो भए छ कत्तिको सरसफाइ भएछ सरसफाइ कार्यक्रममा सहभागी नभए रु २० जरिवाना गर्नु पर्ने, सरसफाइ कार्यक्रममा सहभागीता र अभियान बारे वडा कार्यालय रिपोर्ट गर्ने लगाएतका निर्णय भएको कालिका स्पाेर्थ युथ क्लब सुनपानीका अध्यक्ष दिप घर्तिले जानकारी दिनु भएको छ।अाज अनुगमन कार्यक्रममा स्थानीय हिरा गलामि,जगन दर्जि,शितला घर्ती,मिना घर्ती,धनमाया घर्ती,तारा काउचा र साथमा पत्रकार सुरेश छन्त्याल ले समेत अभियानमा साथ दिनुभएको थियाे। पाण्डबखानी माध्यमिक विद्यालायमा संविधान दिवसकाे अवसरमा विभिन्न कार्यक्रम सहित अभिभावक भेला सम्पन्न भएको छ। यता अाज विहानै देखि नमस्ते टावरमा समस्या अाउदा नेटवर्किङबाट बन्चित बनेका छन् किन र कहाँ विक्रियाे भन्ने अझै जानकारी हुन सकिरहेको छैना।

Tuesday, September 18, 2018

म हत्यारा हु,म खुल्लम खुल्ला भन्छु

म हत्यारा हु,म खुल्लम खुल्ला भन्छु
मुकेशराज भण्डारी
म हत्यारा हु
म खुल्लम खुल्ला भन्छु
म हत्यारा हु
म हिजाे पनि थिए
म अाज पनि छु
सजायबाट जाेगिएकाे
म इतिहासकाे चिहानमा सुतिरहेको
हत्यारा हैन
म त वर्तमानमा
सबैसंग अाखा जुधाएर
हिडने हत्यारा हु
म सुरक्षित छु
प्रहरी चाैकिमा
अदालतमा
र सत्ताकाे सिहासनमा
अाज लज्जित भएर
मुख लुकाएर बसिरहेकाे छ
राष्ट्रिय झण्डा
शहिदका शालिकहरूमा झुन्डिएका माला
र संविधानका सुरक्षाका धाराहरू
अाउ
मेराे नजिक अाउ
म हत्याकाे बयान दिन्छु
निर्मलाकाे  अस्मिता
निर्मलाकाे अन्तिम श्वास
र निर्मलाले अन्तिम पटक
जव हेर्याे मलाई
घृणा र बदलाले
म भयले जलिरहेकाे छु
मैले निर्मलाकाे
हत्या गरेकाे हैन
मैले हत्या गरेकाे हु
तपाईंको  अावाजकाे
तपाईको नजरको
तपाईंकाे अविरल हिड्ने पाइतालाकाे
तपाईंको व्यवस्थाकाे
तपाईंको निर्णयकाे
र मैले हत्या गरेकाे हाे
तपाईंको चेतनाकाे
न्याय माग्ने पनि सडकमा छन
म पनि सडकमै छु
म तपाईं भित्र छु
म हत्याराकाे साथ साथै
म त एउटा साेच हाे
जस्लाई जाेगाउन मेरा मालिकहरू लागेका छन
तपाईंको सुरक्षा छ कि छैन
मलाई थाहा छैन
तर म
मेरा मजुबत फाैजि किल्लाहरूमा छु
म हिजाे पनि थिए
म अाज पनि छु
म भोलि पनि हुनेछु
तपाईं यसै गरि माैन बस्ने हाे भने

जंगलमा लागेको आगो झै
चारैतिर फैलिने छु
तर म
तपाईंहरूलाई
नढाटीकन भन्छु
म पनि अातंकित छु
निर्मलाकाे डरलाग्दो हेराईदेखि

अनि कसरी भेटिन्छ तिम्राे हत्यारा रूपा यहाँ

अनि कसरी भेटिन्छ तिम्राे हत्यारा रूपा यहाँ
राजेशचन्द्र राजभण्डारी
रूपा तिमी किन राेएकी
अहिलेसम्म न्याय पाइन भनेर
के काे न्याय चाहियो
यो सतिले सरापेकाे देशमा
जहाँ हेर्या त्यहीँ नातावाद छ
दिनहुँ हत्या अातंक मच्चिरहेकाे छ
दिनहुँ दर्जनौं निर्मला बलात्कार भइरहेकाे बेला
तिमीले ४ बर्ष अघिकाे कुरा गर्छाैं
तीजको दिनमा कसले फर्कनु भएको थियो
तिमी लाई घरमा
कसले हिड्नु भनेको थियो
सुनसान सडकमा एक्लै
हाम्रो सरकारले सबै ठाउँमा
शान्ति सुरक्षाको ग्यारेन्टी गर्न सक्दैन
भन्ने कुरा थाहा थियोे रूपा तिमि लाई

तर पनि तिमी अटेरी भएर हिडेउ
अनि तिमी न काटिए अरू काे काटिन्छ
अहिले निर्मला पन्त लाई न्याय दे
भनेर गाउँ देखि बजार सडक देखि
सदन थप्प पार्दा २० काे १९ भएको छैन
प्रधानमन्त्री राष्ट्रपति गुहारदा केही भएको छैन
अनि तिमी ले के हिसाबले न्याय माग्छाै
तिम्रो लागि बाेलि दिने काे छ यहाँ
नत तिम्रो परिवार नै बाेल्छन्
नत राजनीति पार्टी नै बाेल्छन्
नत काेही नत काेही नै रूपा 
यो न्याय निसाफ सबै भन्ने कुरा मात्रै हाे
यसपालिको तीज ,अायाे अनि गयो
यसपालिको तीजमा लाैराे र छाता
खाेज्नै हतारो  भयो दिदीबहिनी लाई
तिम्रो लागि न्याय माग्ने फुर्सद नै भएन
अनि कसरी पत्ता लागाेस त रूपा
तिम्रो हत्यारा

Friday, September 14, 2018

पहिरोले थुनिएको बडिगाड खोलो विस्तारै खुल्दै, तटीय क्षेत्रका बस्ती जोखिममा

पहिरोले थुनिएको बडिगाड खोलो विस्तारै खुल्दै, तटीय क्षेत्रका बस्ती जोखिममा
बागलुङ ।
मध्य पहाडी लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिकाको भिमगिठे र ढोरपाटन नगरपालिकाको सीमाना तुरतुरे ठुलो भ¥याङमा शुक्रबार राति ठूलो पहिरो गएको छ । पहिरो जाँदा बडिगाड खोला करिब ७ घण्टासम्म थुनिएको थियो । राति १२ बजेदेखि थुनिएको खोला बिहान ६ बजेपछि मात्र खुलेको थियो ।रातभर खोला थुनिए पछी भिङगिठे बजार, खाल बजार, खारबजार, खर्बाङ बजार र गुल्मीको रुद्रवेणीसम्मको तटीय भागमा रहेका स्थानीयहरु त्रसितमा छन् । पहिरोले नदी नै थुनिए लगत्तै स्थानीय, सुरक्षाकर्मी, जनप्रतिनिधिहरुले नदी तटका क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित राख्न प्रयास गरेका थिए ।
पहिरोले मध्य पहाडी लोकमार्ग समेत पूर्णरुपमा अवरुद्ध पारेको छ । बुर्तिबाङदेखि बागलुङ, काठमाण्डौ, बुटवल, पोखरा लगाएतका स्थानहरुमा जाने यातायातका साधनहरु थप्प भएका छन् । पहिरो मध्य पहाडी लोकमार्ग भन्दा १० मिटर माथिसम्म थुप्रिएकाले सबैलाई सजक हुन प्रशासनले आग्रह गरेको छ । बहिरोले नदि थुने पछि ढोरपाटन नगरपालिका–२ सिमलचौरका देविराम कुमाल र कृष्ण बहादुर कुमालको दुई तले घर गोठ डुबानमा परेको छ । सोही स्थानका चुडाबहादुर कुमालको गोठमा रहेका ३ वटा गोरु गोठमा बाँधेको अवस्थामा डुबेको छ भने अर्का रामबहादुर कुमालको गोठ डुबानमा परेको इलाका प्रहरी कार्यालयमा बुर्तिबाङले जानकारी दिएको छ । यस घटनामा कुनै पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Thursday, September 13, 2018

पत्रकार छन्त्याल एक कार्यक्रमका बिच सम्मानित

पत्रकार छन्त्याल एक कार्यक्रमका बिच सम्मानित
नाच्ने डाॅडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको बृहत ऐतिहासिक तीज मेलाकाे अवसरमा पत्रकार सुरेश छन्त्याललाई प्रशांसा सहित सम्मान गरिएको छ। उनले ग्रामीण बस्तीबाट विभिन्न मिडियामा आबद्ध भएर समाचार सुचना पठाउछन्। छन्त्याल ६ कक्षाबाट गुल्मी जिल्लाकाे रेडियो सेसुङ्गा स्काई गुल्मि रुरु एफएम लगाएत धाैलागिरि बागलुङ सयपत्रि एफएम र पत्रपत्रिकामन समाचार पठाउथे । ८ कक्षाबाट गलकाेट पत्र साप्ताहिक र सामुदायिक रेडियो गलकाेट एफएमबाट अाधिकारीक भएर अहिले अाफ्नै अनलाइन पाण्डबखानी अनलाइन खबरकाे प्रधान सम्पादक समेत रहेकाछन्।उनले अन्य अनलाइन रेडियो टेलिभिजन र पत्रपत्रिकामा पनि खबर पठाउछन्।गाउमा कार्यक्रम भएको सबै समाचार पठाउछन्।र उनलाई कार्यक्रममा बाेलाएर सम्मान समेत गर्दछन् उनी सानैदेखि रेडियो सुन्ने र कार्यक्रमहरुमा भाग लिने गर्दथे । विशेषगरी  छन्त्यालले पाण्डबखानी अासपास रिघा मल्म सिसाखानी र रणसिहकिटेनी वडा लाई समेतर उनले स्थानीय खबरलाइ मात्र पाठमिक्ता दिने गर्छन्।उनी अाफुले पढेको स्कलबाट, गलकाेट पत्र सामुदायिक रेडियोबाट पत्रकारीता सम्मानित पनि भैइसकेका छन्। छन्त्यालले अब पाण्डबखानी अनलाइन खबरलाइ अझ व्यवस्थापन सहित लैजाने तयारीमा रहेकाे बताउछन्।पाण्डबखानीबाट रेडियो सञ्चालन गरि जनतालाइ सुचना दिने सुचुचित गराउने तयारीमा रहेकाे उनकाे बताए।विशेषगरी रिघा सिसाखानी पाण्डबखानी रणसिहकेटेनीका जनताले अाफ्नै रेडियो सुन्न नपाएको भन्दै उनले रेडियो पनि सञ्चालन गर्ने लक्ष राखेकाे छन्त्यालले बताउनुभयो। छन्त्यालले खबर पठाउदा र अाफुहरुले समाचार सुन्दा किनै सुखि भएको भन्दै छन्त्याललाई धन्यवाद समेत दिने गर्दछन।अहिले छन्त्याललाई धेरै जस्तो कार्यक्रममा बाेलाउने र उनी कार्यक्रमै व्यस्त रहने छन्त्याल बताउँछन्। उनी सामुदायिक रेडियो गलकाेट एफएम गलकाेट पत्र साप्ताहिककाे पाण्डबखानी प्रतिनिधि र गलकाेट पत्रकार समाजकाे सदस्य पनि छन्।

Wednesday, September 12, 2018

मल्म र पाण्डबखानीमा तिज कार्यक्रम सम्पन्न।

मल्म र पाण्डबखानीमा तिज कार्यक्रम सम्पन्न।
थम्मन थापा सन्देश/सुरेश छन्त्याल
२०७५ भाद्र २८, बिहीबार
नाच्ने डाॅडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको बृहत ऐतिहासिक तीज मेलालाई सम्बोधन गर्दै महिला जागरण केन्द्र गल्कोट नगरपालिका मल्म बागलुङका अध्यक्ष तथा महिला समाजसेवी ललिता थापाले मौलिक तीज पर्वमा मौलिकता हराउॅदै गएकोले यसको संरक्षणमा सबैले चासो दिनुपर्ने बेला आएको बताइन् । विकृति, विसङगति र तडक भडकलाई न्यूनिकरण गर्नुपर्ने थापाले बताइन । सामाजिक क्षेत्रमा दिदीबहिनीहरुको पहिले भन्दा सहभागिता बढदै गएको प्रति प्रशंसा गर्दै आगामी दिनमा अझ दरिलो रुपमा प्रस्तुत हुनु पर्ने थापाको भनाई थियो ।
मेलाको अवसरमा आयोजित खुल्ला तीज गीत तथा नृत्य प्रतियोगितामा १२ समुहको सहभागिता भएकोमा जनजागृति माध्यमिक विद्यालय काॅडेबास प्रथम, सिर्जनशिल महिला समुह आगाॅखेत द्वितिय, ममता युवा कल्व बाॅसखोला तृतिय शिव माध्यमिक विद्यालय राजबगर र जनजागरण महिला सुमुह बाॅसखोला सान्तवना भएको छ ।
मेलामा प्रत्येक वर्ष गरिने अभिनन्दन अन्तरगत आगन्तुक चेलीमा गलकोट नगरपालिका वडा नं ७ सिरबारेका ८२ वर्षिय हरिकला केसी, ज्येष्ठ महिला अन्तरगत सिरबारेका ८५ वर्षिय श्यामकली दर्जी र सकृय महिला समाजसेवीमा पदमा नेपालीलाई अभिनन्दन गरिएको छ । सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का महिला सदस्य मिना दर्जी र शिद्वेश्वर शिवालय सेवा समिति मल्मका सचिव चिरञ्जीवी मरासिनीले शुभकामना मन्तव्य राख्नुभएको थियो । मेलामा सो डान्स, सामुहिक नाचगान गरिएको थियो । त्यस्तै प्रायोजक, सहयोगदाता र अक्षयकोषकर्तालाई सम्मान गरिएको थियो ।
बृहत तीज मेला नाच्ने डाॅडा संरक्षण गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष कोपिला खडकाको अध्यक्षता, सदस्य सबिता मरासिनीको स्वागत र सचिव कोपिला थापा र हरिकला सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।
गल्कोटको ऐतिहासिक नाँच्ने डाँडामा परापुर्वकाल देखि हरितालिका तीजमा मेला लाग्ने गर्दछ । पहिले पहिले दिदीबहिनीहरु यस डाँडामा तीजको दिन जम्मा भएर नाच्ने गरेकोले यसको नाम नाच्ने डाँडा रहन गएको बुढापाका बताउँछन ।
त्यस्तै बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा तिज गित तथा नृत्य प्रतियाेगिता सम्पन्न भएको छ। सिता थापाकाे अध्यक्षता महिला जागरण केन्द्र पाण्डबखानीका अध्यक्ष राधिका पुनकाे प्रमुख अाथितियतामा दाजुभाइहरुकाे सहयाेगमा याे कार्यक्रम सम्पन्न भएको हाे। जसमा प्रथम काप्रे दाेस्राे ज्याथर तेस्राे बाइगाउ भएकाछन्। भने कार्यक्रमकाे सञ्चालन अाशा श्रीसले गर्नु भएको थियाे। त्यसैविच प्रथम पुस्कार बरिस्ठ समाजसेवि मानसिह छन्त्याल,दाेस्राे वडा सदस्य धनबहादुर सुनार,तेस्राे समाजसेवि हल्दार गगंबहादुर घर्ती र सान्तना वडा सदस्य रामप्रसाद विकले गर्नुभएको थियाे।