नयाँ विश्व डकटमको प्रथम वार्षिकोत्सव
८ आश्विन २०७५,सोमबार
नागरि संचार प्रालिद्वारा संचालित नयाँ विश्व डटकम अनलाईले आफ्नो प्रथम वार्षिकोत्सव सोमबार भव्य रुपले मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै पूर्व प्रधान न्यायधिस कल्याण श्रेष्ठले संचार माध्यमहरु आवाज बिहीनहरुको आवाज बन्नु पर्ने बताए । श्रेष्ठले जनताले चाहे अनुसारको र उनीहरुको आवश्यकता अनुसारको सुचना समाचारलाई बाहिर ल्याउनु पर्नेमा जोड दिँदै संचार माध्यमहरुले निश्पक्ष रुपमा सुचना प्रवाह गर्नु पत्रकारीताको धर्म भएको बताए । सबैले चाहे अनुसारको सुचना बाहिर ल्याउन सके मात्रै संचार माध्यम सबैको लोक प्रिय बन्न सक्ने बताए ।
कार्यक्रममा अनलाइनले पत्रकार सुवास गौतम, प्रकाश बराल, प्रदिप पन्त, भरत सापकोटा, सुरेस छन्त्याल र पूर्ण भद्र निउरेलाई समाचारमा सहयोग पु¥याएको भन्दै सम्मान गरेको थियो । स्तम्भ लेखन सहयोग गरेको भन्दै शिव शरण ज्ञवाली, महेशचन्द्र प्रधान, राजेशचन्द्र राजभण्डारी र प्रकाश थापालाई सम्मान गरेको थियो । सोही अवसरमा अनलाईनले नेपाल पत्रकार महासंको भवनको लागि ५ हजार सहयोग प्रदान गरेको छ । यसै वर्षदेखि स्थापना गरेको नयाँ विश्व पत्रकारीता पुरस्कार नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रदान गरेको छ । त्यस्तै विद्यामन्दिर माध्यमिक विद्यालयमा संचालन बाल विकास केन्द्रलाई पनि ५ हजार प्रदान गरेको छ ।
सोही अवसरमा संस्थाका व्यवस्थापक अजुर्न चोखालले आफ्नो व्यक्तिगत तर्फदेखि गरिब विपन्न परिवारकी अज्मिना खातुनलाई कक्षा १२ सम्म अध्ययनको लागि सहयोग गर्ने बताएका छन् । त्यस्तै फोटो पत्रकार मञ्जुल शाक्य, विज्ञापनदाता, सेयर सदस्य तथा अनलाईनलाई सहयोग पु¥याउने संस्थाहरुलाई मायाको चिनो प्रादन गरेको थियो । कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षता, सचिव मुकेशचन्द्र राजभण्डारीको स्वागत र पत्रकार राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment