Tuesday, September 18, 2018

अनि कसरी भेटिन्छ तिम्राे हत्यारा रूपा यहाँ

अनि कसरी भेटिन्छ तिम्राे हत्यारा रूपा यहाँ
राजेशचन्द्र राजभण्डारी
रूपा तिमी किन राेएकी
अहिलेसम्म न्याय पाइन भनेर
के काे न्याय चाहियो
यो सतिले सरापेकाे देशमा
जहाँ हेर्या त्यहीँ नातावाद छ
दिनहुँ हत्या अातंक मच्चिरहेकाे छ
दिनहुँ दर्जनौं निर्मला बलात्कार भइरहेकाे बेला
तिमीले ४ बर्ष अघिकाे कुरा गर्छाैं
तीजको दिनमा कसले फर्कनु भएको थियो
तिमी लाई घरमा
कसले हिड्नु भनेको थियो
सुनसान सडकमा एक्लै
हाम्रो सरकारले सबै ठाउँमा
शान्ति सुरक्षाको ग्यारेन्टी गर्न सक्दैन
भन्ने कुरा थाहा थियोे रूपा तिमि लाई

तर पनि तिमी अटेरी भएर हिडेउ
अनि तिमी न काटिए अरू काे काटिन्छ
अहिले निर्मला पन्त लाई न्याय दे
भनेर गाउँ देखि बजार सडक देखि
सदन थप्प पार्दा २० काे १९ भएको छैन
प्रधानमन्त्री राष्ट्रपति गुहारदा केही भएको छैन
अनि तिमी ले के हिसाबले न्याय माग्छाै
तिम्रो लागि बाेलि दिने काे छ यहाँ
नत तिम्रो परिवार नै बाेल्छन्
नत राजनीति पार्टी नै बाेल्छन्
नत काेही नत काेही नै रूपा 
यो न्याय निसाफ सबै भन्ने कुरा मात्रै हाे
यसपालिको तीज ,अायाे अनि गयो
यसपालिको तीजमा लाैराे र छाता
खाेज्नै हतारो  भयो दिदीबहिनी लाई
तिम्रो लागि न्याय माग्ने फुर्सद नै भएन
अनि कसरी पत्ता लागाेस त रूपा
तिम्रो हत्यारा

No comments:

Post a Comment