म हत्यारा हु,म खुल्लम खुल्ला भन्छु
मुकेशराज भण्डारी
म हत्यारा हु
म खुल्लम खुल्ला भन्छु
म हत्यारा हु
म हिजाे पनि थिए
म अाज पनि छु
सजायबाट जाेगिएकाे
म इतिहासकाे चिहानमा सुतिरहेको
हत्यारा हैन
म त वर्तमानमा
सबैसंग अाखा जुधाएर
हिडने हत्यारा हु
म सुरक्षित छु
प्रहरी चाैकिमा
अदालतमा
र सत्ताकाे सिहासनमा
अाज लज्जित भएर
मुख लुकाएर बसिरहेकाे छ
राष्ट्रिय झण्डा
शहिदका शालिकहरूमा झुन्डिएका माला
र संविधानका सुरक्षाका धाराहरू
अाउ
मेराे नजिक अाउ
म हत्याकाे बयान दिन्छु
निर्मलाकाे अस्मिता
निर्मलाकाे अन्तिम श्वास
र निर्मलाले अन्तिम पटक
जव हेर्याे मलाई
घृणा र बदलाले
म भयले जलिरहेकाे छु
मैले निर्मलाकाे
हत्या गरेकाे हैन
मैले हत्या गरेकाे हु
तपाईंको अावाजकाे
तपाईको नजरको
तपाईंकाे अविरल हिड्ने पाइतालाकाे
तपाईंको व्यवस्थाकाे
तपाईंको निर्णयकाे
र मैले हत्या गरेकाे हाे
तपाईंको चेतनाकाे
न्याय माग्ने पनि सडकमा छन
म पनि सडकमै छु
म तपाईं भित्र छु
म हत्याराकाे साथ साथै
म त एउटा साेच हाे
जस्लाई जाेगाउन मेरा मालिकहरू लागेका छन
तपाईंको सुरक्षा छ कि छैन
मलाई थाहा छैन
तर म
मेरा मजुबत फाैजि किल्लाहरूमा छु
म हिजाे पनि थिए
म अाज पनि छु
म भोलि पनि हुनेछु
तपाईं यसै गरि माैन बस्ने हाे भने
म
जंगलमा लागेको आगो झै
चारैतिर फैलिने छु
तर म
तपाईंहरूलाई
नढाटीकन भन्छु
म पनि अातंकित छु
निर्मलाकाे डरलाग्दो हेराईदेखि
Tuesday, September 18, 2018
म हत्यारा हु,म खुल्लम खुल्ला भन्छु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment