Friday, September 21, 2018

हटिया स्वास्थ्य चौकीलाई जापानबाट अत्याधुनिक भिडियो एक्स रे मेसिन सहयोग ।

हटिया स्वास्थ्य चौकीलाई जापानबाट अत्याधुनिक भिडियो एक्स रे मेसिन सहयोग ।
हटिया स्वास्थ्य चौकी गलकोट नगरपालिका ३ हटिया बागलुङलाई आज एक कार्यक्रमका बिच भिडियो एक्स-रे मेसिन हस्तान्त्रण गरिएको छ । गलकोट क्षेत्रका महिलाहरुले सेवा प्राप्त गरुन भन्ने उद्येश्यले उक्त मेसिन सामाजिक संस्था घुम्टे युवा परिवार मल्मका सल्लाहकार समितिका संयोजक तथा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र अध्यक्ष थम्मन थापा सन्देशले हटिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा गलकोट नगरपालिका ४ का वडा अध्यक्ष बल बहादुर खत्री र स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरुले रोजगारीको शिलशिलामा जापानमा रहेका गलकोटे दिदीबहिनी र घुम्टे युवा परिवार जापान शाखा र शिवज्योति युवा कल्व जापान शाखाको प्रशंसा गरे । जसरी दाताहरुले आफनो जन्मभुमि र गलकोटे महिला दिदीबहिनीको स्वास्थ्य समस्यालाई लक्षित गरि मेसिन सहयोग भएको छ त्यहि अनुरुप प्रयोग गरि गर्भवती महिलालाई स्वास्थ्य लाभ प्रदान गर्न स्वास्थ्य चौकीलाई सुझाव समेत दिएका छन । गलकोटको विकासमा जापानमा रहेका गलकोटेले महत्वपुर्ण भुमिका खेल्दै आएको भन्दै धन्यवाद समेत ज्ञापन गरे । विशेष गरि महिला गर्भवती भएपछि उनको स्वास्थ्य अवस्था र पेटमा रहेको बच्चाको स्वास्थ्य स्थितिलाई थाहा पाउन यो भिडियो एक्स रे मेसिन उपयोगी हुने घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुले बताउनु भयो । हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका गलकोट नगर प्रतिनिधि तिलक उप्रेती, बुल बहादुर केसी, नेपाली काॅग्रेस गलकोट नगर समितिका सभापति तथा वडा नं ५ का वडा अध्यक्ष नारायण ध्वज मल्ल, राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिका अध्यक्ष टंक केसी, गलकोट नगरपालिका वडा नं ३ का महिला सदस्य रत्नकला अधिकारी, वडा नं ३ का दलित महिला सदस्य तुलसी दर्जीले शुभकामना मन्तव्य राख्नुभएको थियो । हरितालिका तीजको अवसरमा गलकोट दिदीबहिनी समुह, घुम्टे युवा परिवार जापान शाखा र शिवज्योति युवा कल्व जापान शाखाले तीज कार्यक्रम आयोजना गरि संकलित रकमबाट रु ७ लाख ५० हजारको उच्च प्रविधिको भिडियो एक्स रे मेसिन खरिद गरिएको थियो । आफनो कमाईको केहि अंशलाई सामाजिक क्षेत्रमा सहयोग गर्दै विशेष गरि गर्भवती महिलाको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै उक्त भिडियो एक्स रे मेसिन हटिया स्वास्थ्य चौकीलाई सहयोग गर्ने निर्णय गरिएको गलकोट दिदीबहिनी समुहका संयोजक कालिका थापाले बताउनुभयो । स्वास्थ्य चौकीलाई भिडियो एक्स रे मेसिन हस्तान्तरण गरिए पछि अब गलकोट क्षेत्रका गर्भवती महिलालाई अाजदेखि थप सुविधा भएको छ । कार्यक्रममा गलकोट नगरपालिका भित्रका जनप्रतिनिधी, राजनैतिक दलका प्रमुखहरु, गलकोट समाज गलकोटका पदाधिकारी, समाजसेवी, घुम्टे युवा परिवारका कार्य समिति पदाधिकारी, शिवज्योति युवा कल्वका पदाधिकारी, हटिया प्रहरी चौकी प्रमुख, स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । भिडियो एक्स रे मेसिन हस्तान्तरण कार्यक्रम सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डेको स्वागत र घुम्टे युवा परिवार मल्मका सहसचिव प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment