पाण्डबखानीमा दरखाने कार्यक्रम समापन।
बलत्कारी हत्या हिंसाकाेबारे गित र नाच प्रस्तुत
सुरेश छन्त्याल /पाण्डबखानी
भदौ/२३,शनिबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा दर खाने तथा तिज गित र नृत्य प्रतियाेगिता अाज सम्पन्न भएको छ। महिला जागरण केन्द्रकाे अायाेजना र प्रगतिशिल अामा समूह बगरकाे सहअायाेजनामा भएको तिज कार्यक्रममा केन्द्रका अध्यक्ष राधिका पुनकाे सभापतित्याे पाण्डबखानीका बरिस्ठ समाजसेवी तथा पाण्डबखानी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालकाे प्रमुख अाथितियता महिला जागरण केन्द्रका सचिव रुपा श्रीसकाे स्वागत मन्व्य संगै सुरु भएको कार्यक्रममा तिज गितबाट उट्घाटन भएको थियाे। कार्यक्रम १९ टिमकाे सहभागीता रहेकाे थियाे। कार्यक्रमकाे सञ्चालन भने अाशा श्रीसले गर्नुभएको थियाे। उक्त कार्यक्रममा भाग लिने सबै टिमलाइ १ हजारकाे दरले पुस्कृत गरिएको थियाे।कार्यक्रममा जेष्ठ महिला जाेकमाया पुनलाइ सम्मान गरिएको थियाे। कार्यक्रममा गितैबाट दुख व्यथाका गित गाउदै नाच्दै गरेका थिए।तर यसपालिको तिजमा गितैबाट बलत्कारी हत्या हिंसाकाे बारेमा गाउने नाच्ने गरेका थिए। कार्यक्रममा शुभकामना दिने वक्ताहरुले तिजकाे अवसरमा प्रत्येक वर्ष महिला जागरण केन्द्रले कार्यक्रम राख्ने गरेकाे र पछिल्लो क्रममा अझ थप कार्यक्रमहरु ल्याएकाे र घुम्ती कार्यक्रम राखेकाे भन्दै शुभकामना दिएका थिए। विशेषगरी महिलाहरुकाे चार्ड भएपनि पुरुषहरुकाे धेरै सहभागीता रहने गरेकाे र पुरुष पनि नाचगान गर्ने गर्दछन् पाण्डबखानीमा भने कार्यक्रम समापन भएपछि साेहि स्थानमा बसि छुट्टै किसिममा महिला र पुरुष बसेर पुराना तथा नयाँ तिज गित गाउने नाच्ने गर्दछन्।
Saturday, September 8, 2018
पाण्डबखानीमा दरखाने कार्यक्रम समापन। बलत्कारी हत्या हिंसाकाेबारे गित र नाच प्रस्तुत
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment