हिल, १८ / सबिता खत्री
ब्राइट लोट्स एकेडेमीक हिल मा विद्यालय ब्यबस्थापन समिती, शिक्षक र अभिभावक संघ गठन गरिएको छ । यम बहादुर थापा अध्यक्ष रहने गरी ७ सदस्य विद्यालय ब्यबस्थापन समिती गठन गरिएको छ। जसको सदस्यहरुमा शिक्षा अधिकृत सबिता केसि, लोक बहादुर खत्री ,हर्क बहादुर थापा ,कमला कार्की भण्डारी शिक्षक प्रतिनिधि रहने गरि सबिता खत्री (शान्ति ) रहेका छन्, त्यस्तै विद्यालय प्रिन्सिपल रमेश खत्री रहनु भएको छ। त्यस्तै शिक्षक अभिभावक संघ तर्फ अध्यक्ष यम खत्री रहने गरि ९ सदस्यीय समिति गठन गरिएको छ ।जसको सदस्य मा मेख बहादुर थापा,कमला कार्की ,डिलमाया घर्तिमगर ,रिममाया रोका मगर,सीता गौतम ,रुपा खत्री ,रमेश खत्री ,सीता नेपाली रहनु भएको छ कार्यक्रम विद्यालयका जेष्ठ अभिभावक हर्क बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रम भाइस प्रिन्सिपल बिजय खवास को शुभकामना मन्तव्य र प्रिन्सिपल रमेश खत्री को संचालन मा सम्पन्न भएको थियो।
Sunday, January 31, 2021
Tuesday, January 26, 2021
ब्राईट लोटसको एक दिने शैक्षिक भ्रमण सप्पन्न ।
सविता खत्री
माघ, १३
ब्राईट लोटसको शैक्षिक भ्रमण सम्पन्न भएको छ। ब्राइट लोटस एकेडेमी स्कुल ताराखोला गाउँपालिका वार्ड न. ३ घुस्मेलिको एक दिने शैक्षिक भ्रमण सम्पन्न हाे। पछिल्लो समय पर्यटकको आकषर्णको केन्द्र बनेको गल्कोटको टेउवामा कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थी संगै शिक्षकहरुले भ्रमण गरेको विद्यालयकी संयोजक सविता खत्री बताउनु भयो । आफ्नै क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय ठाउँहरुको बारेमा चर्चा गर्नुभन्दा स्वयं दृश्य भ्रमण गर्नुको उद्देश्य उचित रहेको शिक्षिका रुपा खत्रीले बताउनु भयो ।भ्रमणमा करिब ४० जनाको सहभागीता रहेको थियाे।

Saturday, January 23, 2021
नेपाली काँग्रेस सिसाखानीले गर्याे जालबादुर घर्ती लाई सहयोग।सुरेश छन्त्याल
सुरेश छन्त्याल/सिसाखानी
गत पुस २९ गते विहान बडिगाड गाउँपालि ३ सिसाखानीका जालबहादुर घर्तीको घरगाेठ जलेर नष्ट भएको थियाे। साेहि परिवारलाई बडिगाड गाउँ पालिका ३ सिसाखानी नेपाली काँग्रेस वडा कार्य समितिद्धारा नगद रु. २५ हजार रुपैयाँ सहयोग समेत प्रदान गरिएको थियो ।आगलागि हुदा धनमाल सहित करिव १२ लाख बराबरको क्षति भएको थियाे।

Friday, January 22, 2021
पाण्डबखानीमा ३/४ संख्यामा अपरिचित व्याक्ति भित्रिए संगै समुदायमा डरत्रास चाेर हाे कि भन्ने आशंका ।पाण्डबखानी अनलाइन खबरपाण्डबखानी, ८ माघ
पाण्डबखानी अनलाइन खबर
पाण्डबखानी, ८ माघ
गलकाेट नगरपालिका १० पाण्डबखानीमा आज दिउँसो देखि ३/४ जनाकाे संख्यामा अपरिचित व्याक्तिहरु हिडेरहेका छन् । उनीहरु विभिन्न स्थानमा छुट्टाछुट्टै हिडिरहेका छन् भनेे उनीहरूकाे हुलिया छुट्टै फरककाे छ । तर आज साझ विभिन्न स्थानबाट जानकारी अाए अनुसार कुनै स्थानमा उनीहरुलाइ समात्न जादा भागेको र केही नबाेलि दाैडिरहेकाे जानकारी प्राप्त भएको छ। उनी हरु चाेर हाे कि सिआइ दि भन्ने अझै थाहा हुन सकिरहेकाे छैना , तर गाउँमा भने चाेरकाे डरत्रास भने छ । केही दिन यता गलकोटमा ६ घरमा ताेडफोड भएको खबर विभिन्न मिडियामा आएका कारण जनसमुदायमा निकै डरत्रास छाएको छ । गलकोट नगरपालिका वडा नम्बर २ बुङ्खानी र थानाका ६ घरमा ताेडफोड भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिएकाे थियाे ।
गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेको घरसहित ६ घरमा ताेडफोड भएको प्रहरीले जनाएको छ । चितवन बस्ने खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतिलाल गैरे, जापान बस्ने ताराप्रसाद गैरेको घरमा ताेडफोड भएको प्रहरीको भनाई छ । भने यसबारेमा अनुसन्धान गरि रहेको सूचना अधिकारी भण्डारीले बताए ।

सुरक्षित संगै सचेत हुन पाण्डबखानी अनलाइन खबरले आग्रह गरेकाेे छ।
ब्राइट लोट्स एकेडेमीक बर्डिङ स्कुलमा हाजिर जवाफ कार्यक्रम सम्पन्न ।
ताराखाेला, ९ माघ
शिक्षिका- सबिता खत्री (शान्ति )
शिक्षिका- सबिता खत्री (शान्ति )
ताराखाेला गाउँपालिका ३ हिलमा रहेकाे ब्राइट लोट्स एकेडेमीक बर्डिङ स्कुलमा शुक्रबारे कार्यक्रम अन्तर्गत आज हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ ।कक्षा तीन देखि ७ सम्मका विद्यार्थीहरु समाबेश भएका थिए । उक्त कार्यक्रममा चार समुह को सहभागीता रहेको थियाे, कार्यक्रममा समुह डि प्रथम भएको छ, जसमध्ये रमित खत्री , देबेन्द्र खत्री, दिपान्जली सिउताउनी मगर, निरुता कार्की , पृथ्वी परियार प्रथम भएका थिए । विद्यालयका प्रिन्सिपल रमेश खत्रीकाे अध्यक्षता त्यस्तै कार्यक्रमको संचालन शिक्षिका सबिता खत्री (शान्ति ) एलिसा थापा र सागर कार्कीको संचालनमा सम्पन्न भएको थियो भने कार्यक्रममा बाेल्दै विद्यालयका शिक्षक बिजय खवाजले बिद्यार्थीहरुको बौद्धिक क्षमता वृद्धि गर्नका लागि समय/समय मा यस्ता कार्यक्रम गर्नु पर्ने आवश्यक रहेकाे र विद्यार्थी भनेकाे भविष्यका कर्णधार हुन भन्दै उत्कृष्ट हुने विद्यार्थी भाईबहिनीहरुलाइ सफलताकाे शुभकामना व्याक्त गर्नु भएको थियाे ।
Thursday, January 21, 2021
पाण्डबखानीमा वडास्तरीय बालमैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
गलकोट, ८ माघ
सुरेश छन्त्याल
सुरेश छन्त्याल
बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने नाराका साथ गलकोट नगरपालिका १० पाण्डबखानीमा एक दिने बालमैत्री स्थानीय शासन नितिगत अवलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ति मगरको सभापतित्यो नगर शिक्षा अधिकारी रुद्घ नारायण साप्कोटाको प्रमुख आतिथियतामा भएको तालिमको सहजिकरण बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौवेले गर्नुभएको थियो । तालिममा जनप्रधिनिति, राजनितिक दलका प्रधिनिति, स्वास्थकर्मी, स्वयम्सेविका, शिक्षक शिक्षिका, विद्यार्थी, नगर शाखा अतिकृत राजन कडेल, नगर स्तरीय सहजकर्ता झरना नेपाली, वडास्तरीय सहजकर्ता रामु शाहि ठकुरी, पत्रकार सुरेश छन्त्याल, विभिन्न संघसंस्थाका प्रधितिनि, क्बलका प्रधिनिति, स्थानीयहरुको सहभागिता रहेको थियो ।
नव ज्योति प्राविका प्र.अ. चन्द्रा कुमारी श्रीसको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन वडा सदस्य रामप्रसाद वि.क ले गर्नुभएको थियो ।

पाण्डबखानीमा पनि काँग्रेसकाे विरोध सभा सम्पन्न
गलकाेट, ८ माघ
सुरेश छन्त्याल
जुटाैं संसद विघटनकाे असंवैधानिक कदमका विरुद्धमा उठाैं लाेकन्त्रिक संविधान रक्षाका पक्षमा बर्तमान सरकारको असंबैधानिक संसद बिघटनको कदमका बिरुद्ध गलकाेट नगरपालिका १० पाण्डबखानीमा नेपाली काँग्रेस वडा कार्य समिति पाण्डबखानीकाे आयाेजनामा लोकतन्त्र, बिधिको शासन र संबिधान रक्षाकाे लागि आयोजित बिरोध कार्यक्रम सम्पन्न भएको छ।

पार्टीका सभापति देवराज पुनकाे सभापतित्याे नेपाली काँग्रेस बागलुङ जिल्ला सदस्य रामप्रसाद वि.क काे प्रमुख आतिथियतामा भएको कार्यक्रममा केपी तिम्रो पाराले दुख पाए साराले, कम्युनिस्ट सरकार मुर्दावाद, असैवैधानिक कदम खारेज खारेज गर, लाेकतान्त्रिक व्यवस्था लागू गर भन्ने नाराका साथ पुरानाे हेल्थपाेष्टदेखि काफ्रे, लेङ्गुरे, वाइगाउ, गैराभाटी हुँदै कार्यक्रम स्थलमा आएर काेण सभामा परिनत् भएको थियाे। कार्यक्रममा बाेल्दै बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तिलक घर्ती मगरले संविधानकाे रक्षा गर्न सम्पूर्ण नागरिक एक हुनुपर्नेमा जाेड् दिदै यदि संविधान भंग भएमा मुलुक साेमालिकाफ, इथाेपिया, क्युवाकाे जस्ताे हालत हुने दाबी गर्दै हामिले सरकारले गर्ने अंसवैधानिक कदम विरोध सदकबाट गर्नु पर्छ भन्ने धारणा व्यक्त गर्नु भएको थियाे। कार्यक्रममा पुर्व महाधिवेशन प्रतिनिधि राधिका पुन, नेपाल विद्यार्थी संघ बागलुङका पुर्व अध्यक्ष कमल श्रीस, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल, भुतपुर्व सैनिक संघ, महिला प्रतिनिधि, नेपाल दरुणदलका प्रतिनिधि, मानसिह छन्त्याल, पुर्व गाविस अध्यक्ष याम काउचा लगाएतले आफ्नाे धारण राखेका थिए पार्टीका सहसचिव दिप घर्तिकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे संचालन ज्ञान श्रीसले गरेका थिए।
Wednesday, January 20, 2021
सप्तरङ्गी सहकारीकाे ११ अाैं वार्षिक साधारणसभा सम्पन्न ।
गलकाेट, ७ माघ
सुरेश छन्त्याल
सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लिमिटेड गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङको ११अाैं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष ज्ञान श्रीसकाे सभापतित्याे गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिकाे प्रमुख आतिथियता संगै नन्दु घम्विरेकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा असल श्रृणिकर्ता, नियमित दैनिकि बचतकर्ता, मासिक बचतकर्ता सम्मान संगै सुत्केरी भत्ता वितरण गरेकाे थियाे। कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष गिरिप्रसाद घर्ती, वडा सदस्य राधिका पुन, बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल, वडा अध्यक्ष तिलक घर्ती लगाएतले शुभकामना मन्तव्य राखेका थिए, सहकारी भनेकाे समयकाे माग हाे भन्दै कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष तिलक घर्ती मगरले हामिले भविष्य बनाउन सकेनाै भने अन्धकार हुन्छ, त्यसैले भविष्य बनायका लागि बचत गर्न अत्यन्तै जरुरी रहेकाे भन्दै आफ्नो घर परिवारमा नियमित घरयासी परिवार विच बैठक बसि दैनिकि, हप्ता र महिनामा कति खर्च संगै आम्दानी भयाे भन्ने तंयाङ्क लियाे भने परिवार समाजमा राम्रो सन्देश जान्छ र समाजले धेरै कुराहरु सिकाइ रहेकाे र हामी त्यसलाइ निर्वाह गर्न नसकेकाे गुनासो गर्दै सहकारीकाे उत्तरउत्तर प्रतिकाे शुभकामना मन्तव्य व्याक्त गर्नुभएको थियाे। भने कार्यक्रमकाे संचालन खिम काउचाले गर्नु भएको थियाे। फर्जुल खर्च जाेजाउ सुन्दर भविष्य बनाउ भन्ने नाराका साथ २०६६ सालमा स्थापना भएको सहकारीले दर्जनौं रेमिटेन्सबाट सेवा प्रदान गर्दै आइरहेको सहकारीका प्रबन्धक दिप घर्तिले बताउनुभयो।

Wednesday, January 13, 2021
गलकोट नगरपालिकाको आठौ नगरसभा आजदेखि सुरु
गलकाेट, पुस २९
गलकोट नगरपालिकाको आठौ नगरसभा आजदेखि सुरु भएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन गलकोट नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार गलकोट नगरपालिकाको आठौ नगरसभा आजदेखि सुरु भएको हो ।नगरसभामा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रम तथा योजना संशोधन गर्ने, बालमैत्री नगर निर्माणको तयारी तथा घोषणा, नगरपालिकालाई आवश्यक पर्ने विभिन्न नितिगत निर्णय गर्ने, कार्यपालिकाले गरेको निर्णयहरुको अनुमोदन गर्ने, हालसम्म भएको खर्चको अनुमोदन गर्ने प्रस्तवातहरु सभामा प्रस्तुत गर्नुभएको थियो ।
सभामा नगरउपप्रमुख रेनुका काउचाले गलकोट नगरपालिकाले संस्था दर्ता सम्बन्धि विधेयक २०७७, गलकोट नगरपालिकाको कर्मचारी व्यवस्थापन विधेयक २०७७, स्थानीय तथ्यांङक विधेयक २०७७, वातावरण संरक्षण सम्बन्धि विधेयक २०७७ माथि छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको थियो ।
नगरसभामा गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बि.कले नगरपालिका तथा वडा कार्यालयहरुको आयोजना कार्यक्रम संशोधन सम्बन्धि विवरण प्रस्तुत गर्नुभएको थियो ।
सभामा गलकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायणध्वज मल्ल र गलकोट नगरपालिका वडा नं ६ का वडा सदस्य भिम बि.क ले मन्तव्य व्यक्त गर्नुभएको थियो । नगरसभामा प्रस्तुत भएका बिद्ययेक नगर सभा सदस्यलाई अध्ययनको लागी माघ ११ गते सम्म समय प्रदान गदैं स्थगित गर्ने निर्णय भएको छ ।
नगरसभा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र प्रशासकिय अधिकृत तुल बहादुर बि.कको सञ्चालनमा सम्पन्न भएको थियो ।
साभार:- गलकाेट एफएम

Wednesday, January 6, 2021
दिदिभाइको दोहोरीलाई युटुबले दियो उत्क्रिष्ट स्थान , जताततै भाइरल हेर्नुहोस भिडियो
पुस,२३
दिदिभाइको सम्बन्ध भनेको सबै भन्दा ठुलो हो जस्तो लाग्छ । दिदिभाइमा सम्मान , मान प्रतिष्ठा त आफ्नो ठाउमा यथावातानै छ तर माया भने अथा हुन्छ। एउटा चेली बिवाह गरेर पराइ घर गईसकेपछी सानै देखि हुर्कियको बिरुवा मारेझै हुन्छ। अझ उनी चेलीले दुख पाईन भन्ने खबर कानमा पर्दै गर्दा मन भक्कानियर आउछ नाभाक्कानियोस पनि किन सानै देखि नङ्ग र मासु जस्तै भयर हुर्कियाको पो हो त ।यस्तै यस्तै पिडालाइ समाबेश गरेर बाल गायक प्रिन्स लम्साल र दिपिका बोयाम्बु मगरले सारंगी संसार रोधी घरमा गाउदै गर्दा आसुको धाराले ठाउ पाउन गारो भाको थियो। यी गीतका शब्दहरुले तपाइहरुलाइ पनि रुवाउनेछ अनि सम्झानुहुने छ दिदिभाइको माया कति महत्व हुने रहेछ भनेर।
हेर्नुहोस यी दिदिभाइको मन छुने लाइब दोहोरी भिडियोमा
<iframe width="640" height="360" src="https://www.youtube.com/embed/OfiqDt_j8_o" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
समाज विकासका लागि महिलाहरुको योगदान उच्च रहेको- नगर प्रमुख गैरे
गलकाेट, २२, पुस
बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १ चौराहमा आज बहुउद्देश्यीय भवनको शिलन्यास भएको छ । तारामण्डल आमा समुह गलकोट नगरपालिका वडा नम्बर १ चौराहको बहुउद्देश्यीय भवनको आज गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शिलन्यास गर्नुभएको हो।
शिलन्यास कार्यक्रममा नगरप्रमुख गैरेले महिलाहरुले समाज रुपान्तरणको लागि अगुवाई गर्नुपर्ने बताउनुभयो । उहाँले समाज विकासका लागि महिलाहरुको योगदान उच्च रहेको बताउँदैं यस कार्यमा जुट्ने सम्पूर्ण आमा समुह चन्दा दाता जग्गा दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
बिकासको काममा यहाँका समुदायको एकता सुमधुर भएकोले तोकिएको समयमा भवन निर्माण पुरा हुने आशा व्यक्त गर्नुभयो । गैरेले भन्नुभयो गलकोट नगरपालिकाका विकास निर्माणको लागि यहाँहरुसँगै रहेको छ, जनताको योजना साकार पार्ने गरि काम नगरपालिकाले गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा गलकोट नगरपालिका विपद व्यवस्थापन संयोजक विरजंग भण्डारीले चौराहमा जनजातिहरुको बाहुल्यता रहेको र राष्ट्रिय राजमार्गसँग पहुचमा रहेकोले यस ठाउँमा आमा समुहहरु एक भएर घरवास योजना संचालन गर्नुपर्ने बताउँदै त्यसका लागि संगठित भई योजना बनाएमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
भवन गलकोट नगरपालिका र संघिय संसद विकास कोषबाट प्राप्त वजेटले निर्माण कार्य सुरु गरिएको त्यसमा नपुग रकम स्थानियले स्वतस्फुर्त सहयोग संकलन गरि पुरा गर्ने गरि भवन निर्माण सूरु गरिएको आर्थिक संयोजक सिताराम पुनले बताउनुभयो ।
कार्यक्रममा भवन निर्माण समिति अध्यक्ष एबं जग्गादाता नायब सुबेदार डिल बहादुर काउचा राजनितिक दलका प्रतिनिधि जनप्रतिनिधि समाजसेवि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
२०५१ सालमा स्थापना भएको तारामण्डल आमा समुहकि संस्थापक अध्यक्ष चण्डी पुनलाई कार्यक्रमको अबसरमा सम्मान गरिएको थियो । कार्यक्रममा तारामण्डल आमा समुहकी अध्यक्ष भिम कुमारी श्रीसको अध्यक्षता कोषाध्यक्ष डिलकुमारी काउचाको स्वागत तथा सचिव डिलकुमारी काउचाको सञ्चालनमा सम्पन्न भएको थियो

Sunday, January 3, 2021
तुलाचनद्वारा द्वन्द्वपीडित बालबालिकालाई स्वर्गीय छोराको स्मृतिमा सहयोग ।
बागलुङ, २० पुस
आफ्ना स्वर्गीय छोरा सुमन शेरचनको स्मृतिमा मार्सी भान्छा घर प्रालि एण्ड बैना दोहोरी साँझ, पोखराकी प्रबन्धक सुकु तुलाचनले एकीकृत सिर्जनशील समाज नेपाल, काठमाडौंमा रहेका द्वन्द्वपीडित असहाय बालबालिकाको सहयोगार्थ १० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।तुलाचनले आइतबार समाजकी कोषाध्यक्ष एवं असहाय बालबालिकाहरूकी आमाका रुपमा प्रसिद्धि कमाएकी सामाजिक अभियन्ता जुनु पुनलाई सो नगद सहयोग हस्तान्तरण गर्नुभयो । नगद सहयोग ग्रहण गर्दै सामाजिक अभियन्ता पुनले आफ्नो दिवंगत छोराको स्मृतिमा आफ्ना आमा बुबा नभएका बालबालिकाका लागि तुलाचनले गरेको सहयोग महत्वपूर्ण भएको बताउनुभयो । पुनले आफ्नो छोरा नभएपनि समाजमा रहेका असहाय बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर गरेको सहयोगका लागि तुलाचनलाई धन्यवाद दिनुभयो ।

त्यस्तै, नगद हस्तान्तरण गर्दै स्व. सुमन शेरचनकी आमा सुकु तुलाचनले आफ्नो छोरा नभएपनि सिर्जनशील समाजमा रहेका बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर थोरै भएपनि आर्थिक सहयोग गरेको बताउनुभयो । आफूले पहिलेदेखि नै सहयोग गर्न चाहेको भएपनि समय नमिलेको बताउँदै तुलाचनले अहिले बल्ल छोराको नाममा सहयोग गर्ने मेसो मिलेको उल्लेख गर्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीस, मार्सी भान्छा घर प्रालि एण्ड बैना दोहोरी साँझका सञ्चालक गोविन्द काला, टाइगर्स फिल्मस् प्रालिका अध्यक्ष एवं निर्देशक गोविन्द पुनको विशेष उपस्थितिमा सो नगद सहयोग हस्तान्तरण गरिएको हो । तुलाचनकी छोरा सुमन शेरचनको २०७६ असोज २४ गते ब्लड क्यान्सरका कारण २१ वर्षको अल्पायुमै निधन भएको थियो ।

Subscribe to:
Posts (Atom)