Wednesday, January 13, 2021

गलकोट नगरपालिकाको आठौ नगरसभा आजदेखि सुरु

गलकाेट, पुस २९
गलकोट नगरपालिकाको आठौ नगरसभा आजदेखि सुरु भएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन गलकोट नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार गलकोट नगरपालिकाको आठौ नगरसभा आजदेखि सुरु भएको हो ।नगरसभामा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रम तथा योजना संशोधन गर्ने, बालमैत्री नगर निर्माणको तयारी तथा घोषणा, नगरपालिकालाई आवश्यक पर्ने विभिन्न नितिगत निर्णय गर्ने, कार्यपालिकाले गरेको निर्णयहरुको अनुमोदन गर्ने, हालसम्म भएको खर्चको अनुमोदन गर्ने प्रस्तवातहरु सभामा प्रस्तुत गर्नुभएको थियो । 
सभामा नगरउपप्रमुख रेनुका काउचाले गलकोट नगरपालिकाले  संस्था दर्ता सम्बन्धि विधेयक २०७७, गलकोट नगरपालिकाको कर्मचारी व्यवस्थापन विधेयक २०७७, स्थानीय तथ्यांङक विधेयक २०७७, वातावरण संरक्षण सम्बन्धि विधेयक २०७७ माथि छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको थियो ।   
नगरसभामा गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बि.कले नगरपालिका तथा वडा कार्यालयहरुको आयोजना कार्यक्रम संशोधन सम्बन्धि विवरण प्रस्तुत गर्नुभएको थियो ।
सभामा गलकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायणध्वज मल्ल र गलकोट नगरपालिका वडा नं ६ का वडा सदस्य भिम बि.क ले मन्तव्य व्यक्त गर्नुभएको थियो । नगरसभामा प्रस्तुत भएका बिद्ययेक नगर सभा सदस्यलाई अध्ययनको लागी माघ ११ गते सम्म समय प्रदान गदैं स्थगित गर्ने निर्णय भएको छ । 
नगरसभा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र प्रशासकिय अधिकृत तुल बहादुर बि.कको सञ्चालनमा सम्पन्न भएको थियो । 
साभार:- गलकाेट एफएम 

No comments:

Post a Comment