सविता खत्री
माघ, १३
ब्राईट लोटसको शैक्षिक भ्रमण सम्पन्न भएको छ। ब्राइट लोटस एकेडेमी स्कुल ताराखोला गाउँपालिका वार्ड न. ३ घुस्मेलिको एक दिने शैक्षिक भ्रमण सम्पन्न हाे। पछिल्लो समय पर्यटकको आकषर्णको केन्द्र बनेको गल्कोटको टेउवामा कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थी संगै शिक्षकहरुले भ्रमण गरेको विद्यालयकी संयोजक सविता खत्री बताउनु भयो । आफ्नै क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय ठाउँहरुको बारेमा चर्चा गर्नुभन्दा स्वयं दृश्य भ्रमण गर्नुको उद्देश्य उचित रहेको शिक्षिका रुपा खत्रीले बताउनु भयो ।भ्रमणमा करिब ४० जनाको सहभागीता रहेको थियाे।
No comments:
Post a Comment