Thursday, January 21, 2021

पाण्डबखानीमा पनि काँग्रेसकाे विरोध सभा सम्पन्न

गलकाेट, ८ माघ
सुरेश छन्त्याल 

जुटाैं संसद विघटनकाे असंवैधानिक कदमका विरुद्धमा उठाैं लाेकन्त्रिक संविधान रक्षाका पक्षमा बर्तमान सरकारको असंबैधानिक संसद बिघटनको कदमका बिरुद्ध गलकाेट नगरपालिका १० पाण्डबखानीमा नेपाली काँग्रेस वडा कार्य समिति पाण्डबखानीकाे आयाेजनामा लोकतन्त्र, बिधिको शासन र संबिधान रक्षाकाे लागि आयोजित बिरोध कार्यक्रम सम्पन्न भएको छ।
 पार्टीका सभापति देवराज पुनकाे सभापतित्याे नेपाली काँग्रेस बागलुङ जिल्ला सदस्य रामप्रसाद वि.क काे प्रमुख आतिथियतामा भएको कार्यक्रममा केपी तिम्रो पाराले दुख पाए साराले, कम्युनिस्ट सरकार मुर्दावाद, असैवैधानिक कदम खारेज खारेज गर, लाेकतान्त्रिक व्यवस्था लागू गर भन्ने नाराका साथ पुरानाे हेल्थपाेष्टदेखि काफ्रे, लेङ्गुरे, वाइगाउ, गैराभाटी हुँदै कार्यक्रम स्थलमा आएर काेण सभामा परिनत् भएको थियाे। कार्यक्रममा बाेल्दै बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तिलक घर्ती मगरले संविधानकाे रक्षा गर्न सम्पूर्ण नागरिक एक हुनुपर्नेमा जाेड् दिदै यदि संविधान भंग भएमा मुलुक साेमालिकाफ, इथाेपिया, क्युवाकाे जस्ताे हालत हुने दाबी गर्दै हामिले सरकारले गर्ने अंसवैधानिक कदम विरोध सदकबाट गर्नु पर्छ भन्ने धारणा व्यक्त गर्नु भएको थियाे। कार्यक्रममा पुर्व महाधिवेशन प्रतिनिधि राधिका पुन, नेपाल विद्यार्थी संघ बागलुङका पुर्व अध्यक्ष कमल श्रीस, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल, भुतपुर्व सैनिक संघ, महिला प्रतिनिधि, नेपाल दरुणदलका प्रतिनिधि, मानसिह छन्त्याल, पुर्व गाविस अध्यक्ष याम काउचा लगाएतले आफ्नाे धारण राखेका थिए पार्टीका सहसचिव दिप घर्तिकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे संचालन ज्ञान श्रीसले गरेका थिए।

No comments:

Post a Comment