शिक्षिका- सबिता खत्री (शान्ति )
ताराखाेला गाउँपालिका ३ हिलमा रहेकाे ब्राइट लोट्स एकेडेमीक बर्डिङ स्कुलमा शुक्रबारे कार्यक्रम अन्तर्गत आज हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ ।कक्षा तीन देखि ७ सम्मका विद्यार्थीहरु समाबेश भएका थिए । उक्त कार्यक्रममा चार समुह को सहभागीता रहेको थियाे, कार्यक्रममा समुह डि प्रथम भएको छ, जसमध्ये रमित खत्री , देबेन्द्र खत्री, दिपान्जली सिउताउनी मगर, निरुता कार्की , पृथ्वी परियार प्रथम भएका थिए । विद्यालयका प्रिन्सिपल रमेश खत्रीकाे अध्यक्षता त्यस्तै कार्यक्रमको संचालन शिक्षिका सबिता खत्री (शान्ति ) एलिसा थापा र सागर कार्कीको संचालनमा सम्पन्न भएको थियो भने कार्यक्रममा बाेल्दै विद्यालयका शिक्षक बिजय खवाजले बिद्यार्थीहरुको बौद्धिक क्षमता वृद्धि गर्नका लागि समय/समय मा यस्ता कार्यक्रम गर्नु पर्ने आवश्यक रहेकाे र विद्यार्थी भनेकाे भविष्यका कर्णधार हुन भन्दै उत्कृष्ट हुने विद्यार्थी भाईबहिनीहरुलाइ सफलताकाे शुभकामना व्याक्त गर्नु भएको थियाे ।
No comments:
Post a Comment