Wednesday, January 6, 2021

समाज विकासका लागि महिलाहरुको योगदान उच्च रहेको- नगर प्रमुख गैरे

गलकाेट, २२, पुस
बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १ चौराहमा आज बहुउद्देश्यीय भवनको शिलन्यास भएको छ । तारामण्डल आमा समुह गलकोट नगरपालिका वडा नम्बर १ चौराहको बहुउद्देश्यीय भवनको आज गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शिलन्यास गर्नुभएको हो।
शिलन्यास कार्यक्रममा नगरप्रमुख गैरेले महिलाहरुले समाज रुपान्तरणको लागि अगुवाई गर्नुपर्ने बताउनुभयो । उहाँले समाज विकासका लागि महिलाहरुको योगदान उच्च रहेको बताउँदैं यस कार्यमा जुट्ने सम्पूर्ण आमा समुह चन्दा दाता जग्गा दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
बिकासको काममा यहाँका समुदायको एकता सुमधुर भएकोले तोकिएको समयमा भवन निर्माण पुरा हुने आशा व्यक्त गर्नुभयो । गैरेले भन्नुभयो गलकोट नगरपालिकाका विकास निर्माणको लागि यहाँहरुसँगै रहेको छ, जनताको योजना साकार पार्ने गरि काम नगरपालिकाले गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा गलकोट नगरपालिका विपद व्यवस्थापन संयोजक विरजंग भण्डारीले चौराहमा जनजातिहरुको बाहुल्यता रहेको र राष्ट्रिय राजमार्गसँग पहुचमा रहेकोले यस ठाउँमा आमा समुहहरु एक भएर घरवास योजना संचालन गर्नुपर्ने बताउँदै त्यसका लागि संगठित भई योजना बनाएमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
भवन गलकोट नगरपालिका र संघिय संसद विकास कोषबाट प्राप्त वजेटले निर्माण कार्य सुरु गरिएको त्यसमा नपुग रकम स्थानियले स्वतस्फुर्त सहयोग संकलन गरि पुरा गर्ने गरि भवन निर्माण सूरु गरिएको आर्थिक संयोजक सिताराम पुनले बताउनुभयो ।
कार्यक्रममा भवन निर्माण समिति अध्यक्ष एबं जग्गादाता नायब सुबेदार डिल बहादुर काउचा राजनितिक दलका प्रतिनिधि जनप्रतिनिधि समाजसेवि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

२०५१ सालमा स्थापना भएको तारामण्डल आमा समुहकि संस्थापक अध्यक्ष चण्डी पुनलाई कार्यक्रमको अबसरमा सम्मान गरिएको थियो । कार्यक्रममा तारामण्डल आमा समुहकी अध्यक्ष भिम कुमारी श्रीसको अध्यक्षता कोषाध्यक्ष डिलकुमारी काउचाको स्वागत तथा सचिव डिलकुमारी काउचाको सञ्चालनमा सम्पन्न भएको थियो

No comments:

Post a Comment