गलकाेट, ७ माघ
सुरेश छन्त्याल
सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लिमिटेड गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङको ११अाैं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष ज्ञान श्रीसकाे सभापतित्याे गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिकाे प्रमुख आतिथियता संगै नन्दु घम्विरेकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा असल श्रृणिकर्ता, नियमित दैनिकि बचतकर्ता, मासिक बचतकर्ता सम्मान संगै सुत्केरी भत्ता वितरण गरेकाे थियाे। कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष गिरिप्रसाद घर्ती, वडा सदस्य राधिका पुन, बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल, वडा अध्यक्ष तिलक घर्ती लगाएतले शुभकामना मन्तव्य राखेका थिए, सहकारी भनेकाे समयकाे माग हाे भन्दै कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष तिलक घर्ती मगरले हामिले भविष्य बनाउन सकेनाै भने अन्धकार हुन्छ, त्यसैले भविष्य बनायका लागि बचत गर्न अत्यन्तै जरुरी रहेकाे भन्दै आफ्नो घर परिवारमा नियमित घरयासी परिवार विच बैठक बसि दैनिकि, हप्ता र महिनामा कति खर्च संगै आम्दानी भयाे भन्ने तंयाङ्क लियाे भने परिवार समाजमा राम्रो सन्देश जान्छ र समाजले धेरै कुराहरु सिकाइ रहेकाे र हामी त्यसलाइ निर्वाह गर्न नसकेकाे गुनासो गर्दै सहकारीकाे उत्तरउत्तर प्रतिकाे शुभकामना मन्तव्य व्याक्त गर्नुभएको थियाे। भने कार्यक्रमकाे संचालन खिम काउचाले गर्नु भएको थियाे। फर्जुल खर्च जाेजाउ सुन्दर भविष्य बनाउ भन्ने नाराका साथ २०६६ सालमा स्थापना भएको सहकारीले दर्जनौं रेमिटेन्सबाट सेवा प्रदान गर्दै आइरहेको सहकारीका प्रबन्धक दिप घर्तिले बताउनुभयो।
No comments:
Post a Comment