Friday, January 22, 2021

पाण्डबखानीमा ३/४ संख्यामा अपरिचित व्याक्ति भित्रिए संगै समुदायमा डरत्रास चाेर हाे कि भन्ने आशंका ।पाण्डबखानी अनलाइन खबरपाण्डबखानी, ८ माघ

पाण्डबखानी अनलाइन खबर
पाण्डबखानी, ८ माघ


गलकाेट नगरपालिका १० पाण्डबखानीमा आज दिउँसो देखि ३/४ जनाकाे संख्यामा अपरिचित व्याक्तिहरु हिडेरहेका छन् । उनीहरु विभिन्न स्थानमा छुट्टाछुट्टै हिडिरहेका छन् भनेे उनीहरूकाे हुलिया छुट्टै फरककाे छ । तर आज साझ विभिन्न स्थानबाट जानकारी अाए अनुसार कुनै स्थानमा उनीहरुलाइ समात्न जादा भागेको र केही नबाेलि दाैडिरहेकाे जानकारी प्राप्त भएको छ। उनी हरु चाेर हाे कि सिआइ दि भन्ने अझै थाहा हुन सकिरहेकाे छैना , तर गाउँमा भने चाेरकाे डरत्रास भने छ । केही दिन यता गलकोटमा ६ घरमा ताेडफोड भएको खबर विभिन्न मिडियामा आएका कारण जनसमुदायमा निकै डरत्रास छाएको छ । गलकोट नगरपालिका वडा नम्बर २ बुङ्खानी र थानाका ६ घरमा ताेडफोड भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिएकाे थियाे ।
गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेको घरसहित ६ घरमा ताेडफोड भएको प्रहरीले जनाएको छ । चितवन बस्ने खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतिलाल गैरे, जापान बस्ने ताराप्रसाद गैरेको घरमा  ताेडफोड भएको प्रहरीको भनाई छ । भने यसबारेमा अनुसन्धान गरि रहेको सूचना अधिकारी भण्डारीले बताए ।
सुरक्षित संगै सचेत हुन पाण्डबखानी अनलाइन खबरले आग्रह गरेकाेे छ।

No comments:

Post a Comment