बिमस्टेक सम्मेलन र मोदीको असफल विदेश नीति
लेखक:-राजेशचन्द्र राजभण्डारी ।
नेपालीको राजधानी काठमाण्डौमा बिमस्टेक सम्मेलन हुने अन्तिम तयारी चलिरहेको समयमा भारतका प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले भारत सरकारको नेपाल सहित अन्य छिमेकी देशहरुसँगको नीति असफल भएको बताएका छन् । युरोप भ्रमणमा रहेका भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले बेलायतमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भारत सरकारको विदेश नीति तदर्थवादमा चलेको बताएका छन् । यसका लागि उनले नेपाल, श्रीलंका र अफगानिस्तानसँग भारतको सम्बन्धको उदाहरण दिएर नेपाल भ्रमणमा आउदै गरेका भारतीय प्रधानमन्त्री मोदी माथि तिखो प्रहार गरेका छन् ।
‘रणनीति निर्माणमा देखिएको कमजोरी भारतको विदेश नीतिको ठूलो समस्या हो, अहिले विदेश नीति तदर्थवादमा चलेको छ’, गान्धीले भने, ‘नेपाल, श्रीलंका, अफगानिस्तान सबैसँगको सम्बन्ध असफल भएको भनेर लण्डनमा पत्रकार सम्मेलन गरेर भन्नु चानचुने कुरा भने हैन । नेपालका राजनीति पार्टीका नेताहरूले भारतसँग सिधै भन्न नसकेको विषयलाई समेत कांग्रेस आईका अध्यक्ष गान्धीले काठमाण्डौमा कुराकानी गर्न सहज बनाइ दिएका छन् । बिमस्टेक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी काठमाण्डौं आउनु केही दिन अघि मात्र विपक्षी नेता गान्धीले यस्तो टिप्पणी गरे यसबाट नेपाललाई राजनीतिक रूपमा फाइदा भएको मान्न सकिन्छ ।
चार वर्षे कार्यकालमा ‘छिमेक पहिलो’ नीति लिएका मोदीले छिमेकी देशसँगकै सम्बन्ध बिगारेको र विदेश मामिलामा असफल भएको निष्कर्ष गान्धीले सुनाए जसले नेपाल माथि छिमेकी भारतीय शासक वर्गको दृष्टिकोण कस्तो हुदो रहेछ भन्ने ज्वलन्त उदाहरण पनि हो । ‘मोदी नेपाल जान्छन् र एउटा कुरा भन्छन्, फर्केपछि अर्कै कुरा गर्छन्’, गान्धीले थपे, ‘न श्रीलंकासँगको सम्बन्ध राम्रोसँग सञ्चालन गर्न सकेका छन्, न त अफगानिस्तानसँग । चीनसँग पनि उस्तै समस्या छ । साच्चै भन्ने हो भने राहुल गान्धीले जुन विषयमा टिप्पणी गरेका छन् त्यो सत्य नै हो भन्ने देखिन्छ । भारतीय प्रधानमन्त्री मोदी नेपालमा पहिलोपटक आउँदाखेरी भगवान गौतम बुद्ध नेपाल मै जन्मिएका हुन भनेर ठूलो स्वरमा भाषण गरे जतिबेला नेपाली जनताले मोदीको जयजयकार गरे तर उनको त्यो बोलि फेरियो जापान भ्रमणमा पुगेपछि शान्तिका दूत भगवान बुद्ध फेरी भारतीय भुमि मै जन्मिएको अभिव्यक्ति दिएर मोदी बोलिको ठेगान नभएको राजनेता हो भन्ने प्रमाण दिइसकेका छन् ।
नेपाली जनताको बलिदानबाट संविधान सभाबाट बनेको नेपालको संविधान प्रति भारतको असहमतिसंगै नेपाल माथि भएको आर्थिक नाकाबन्दी नेपाली जनताले अझैसम्म भुल्न सकेका छैनन् । अहिले भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले नेपाल मै बिमस्टेक सम्मेलन हुँदै गरेको समयमा दिएको अभिव्यक्तिले अहिले नेपालको राजनीतिमा मात्र हैन अन्तराष्ट्रिय रूपमै नयाँ तरङ्ग उत्पन्न गरि दिएको छ । गान्धीले अहिले आफ्नै देशको विदेश मन्त्री सुष्मा स्वराजको भुमिकालाई पनि राजनीति व्यग्य गरेका छन् । ‘विदेश मन्त्री स्वराजले किन प्रवेशाज्ञाको काम गरेर बस्नु परेको छ ?’, गान्धीले प्रश्न गरे, ‘विदेश मन्त्रीको काम भनेको विदेशनीति बनाउने र रणनीति तय गर्ने हो । यसका लागि सुष्मा स्वराज सक्षम पनि हुनुहुन्छ’, उनले थपे, ‘तर सरकारले उनको सही प्रयोग गरेको छैन। उनलाई सधैँ अपमान गरिएको छ । कतिसम्म भने, विदेशमन्त्री स्वराज प्रधानमन्त्री भ्रमण टोलीमा समेत राखिने गर्नु भएको छैन भनिएको छ । साच्चै यतिबेला नेपालको लागि राम्रो अवसर पनि छ आफ्नै देशमा सम्मेलन हुनु यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
प्रायः जसो ठूलो राष्ट्रले यस्तो कार्यक्रम हुदाखेरी सहयोगको प्रतिबद्धता अपनाउने तर ब्यबहारमा भने लागू नगरेका धेरै उदाहरण हाम्रो सामुन्ने छन् यसलाई भने अब नयाँ ढंगले सोच्न जरुरी छ । बहुपक्षीघय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खादीको प्रयास (बिमस्टेक) नेपालमा हुनु सम्पूर्ण नेपालीको लागि खुशीको कुरा हो यसलाई खाली औपचारिकतामा सिमित नगरीकन अवसरको रूपमा लिन जरुरी छ ।ब्यापार उर्जा र सडक संजालको कुरालाई लिपिबद्ध रूपमा अगाडि बढाउन सकेमा यसलाई उपलब्धि मान्नुपर्छ ।सार्क सम्मेलन हुन नसकिरहेको समयमा बिमस्टेक हुनु नेपालको लागि अवसर हो भन्ने कुरा बुझेर अगाडि बढ्नु बुद्धिमानी हुनेछ ।
Wednesday, August 29, 2018
बिमस्टेक सम्मेलन र मोदीको असफल विदेश नीति
Monday, August 20, 2018
पाण्डबखानीमा सामाजिक अन्तरक्रिया कार्यक्रम अाज सम्पन्न।
पाण्डबखानीमा सामाजिक अन्तरक्रिया कार्यक्रम अाज सम्पन्न।
सुरेश छन्त्याल/पाण्डबखानी
भदाै-४-साेमबा�र
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा सामाजिक अन्तरक्रिया कार्यक्रम अाज सिम.सि भवनमा सम्पन्न भएको छ। कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ती मग�रकाे अध्यक्षतामा भएको कार्यक्रममा समाजप्रतिकाे दायित्व के हाे,समाज र अामा समूहकाे भुमिका के हाे,समाज मिल्याे भने समाज र वातावरण राम्रो हुन्छ।समाज परिवर्तन गर्न के के कु�रा मा ध्यान दिनुपर्छ।भन्ने विषयमा अन्तरक्रिया भएको थियाे।साथमा पाण्डबखानीलाइ अब छिट्टै शान्ति क्षेत्र बनाउने तयारी रहेकाे छ। कार्यक्रम शिक्षक शिक्षिका,अामासमुह,स्वास्थ्यकर्मी,पत्रकार,समाजसेवी,युवाहरुकाे उपस्थित रहेकाे थियाे।साथमा पाण्डबखानीमा प्रत्येक टाेलमा रहेकाे स्थानीय क्लबहरुले अब १ वर्षमा ३ क्लब मध्ये १ क्लबले कार्यक्रम राख्न पाउने,खाेलामा करेन्ट लगाएर माछा मार्ने र चाेरी सिकारी गर्नेलाइ कार्वाही र जरिवाना गर्ने निर्णय भएको छ।
Sunday, August 19, 2018
झाेलुङ्गे पुलकाे उट्घाटन विशेषगरी बिद्यार्थी लाभान्वित
झाेलुङ्गे पुलकाे उट्घाटन विशेषगरी बिद्यार्थी लाभान्वित सुरेश छन्त्याल/
२०७५/भदौ/३/अाइतबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे लेङ्गुरे र बाईगाउकाे बिचमा रहेकाे लेङ्गुरेघाटकाे झाेलुङ्गे पुलकाे उट्घाटन अाज सम्पन्न भएको छ।समितिका अध्यक्ष नरबहादुर श्रीसकाे अध्यक्षता र वडा अध्यक्ष तिलक घर्तीकाे प्रमुख अाथितियतामा पुल उट्घाटन गरिएको थियाे। गलकाेट नगरपालिका बाट ७७ हजार २ सय ८९ रुपैयाँ र श्रमदानबाट रु ६६ हजार १५०मा निर्माण भएको पुल १५ लाख ६७ हजार ३०५ लगानी भएको समितिले जनाएको छ।उक्त पुल समाजलाई हस्तान्तरण गरिएको छ।भने कार्यक्रमकाे संञ्चालन सचिव खर्कसिंह श्रीसले गर्नु भएको थियाे। र उक्त पुलमा पाण्डबखानी,सिसाखानी,र रणसिहकिटेनीका जनताले प्रत्यक्ष सेवा लिने गरेका छन् साथै सबैभन्दा बदी विद्यार्थी धेरै लाभान्वित बनेकाछन्।
Friday, August 17, 2018
कर नघटाए काङ्ग्रेसले आन्दोलन गर्ने चेतावनी
कर नघटाए काङ्ग्रेसले आन्दोलन गर्ने चेतावनी
पहिलो चरणमा ज्ञापनपत्र बुझायो । नेपाली काङ्ग्रेस म्याग्दी ले अहिले देशै भरी स्थानीय तह र संघीय सरकार ले गरेको अस्वाभाविक कर वृद्धि , महङ्गी , अनावश्यक कर लगाएतका कर को बिरोध गरेको छ । जनता अझै पनि निमुखा र जिबिको पार्जन गर्न नसक्ने अबस्थामा रहेको ले कर को दर मितब्ययि र बैज्ञानिक बनाउनु पर्ने भन्दै आन्दोलित हुने बताएको छ । जनता ले उपभोग गर्ने दैनिक उपभोग्य सामान देखी प्रत्येक सेवामा सरकारले अस्वाभाविक कर वृद्धि गरेको छ । बेनी नगर पालिका का मेयर हरिकुमार श्रेष्ठ लाई ज्ञापनपत्र मार्फत तुरुन्त कर को दायरा बढाउनु पर्ने दर घटाउनु पर्ने भन्दै नेपाली काङ्ग्रेस म्याग्दी ले ज्ञापनपत्रसमेत बुझाएको छ । कार्यबाहक सभापति माधब प्रसाद रेग्मी को नेतृत्व मा गएको टोलि ले तुरुन्त तर घटाउनु पर्ने अन्यथा आन्दोलित हुने बताएको छ । नगर प्रमुख श्रेष्ठ ले त्यस्तो कुनै शीर्षक मा बढी भएको रैछ र हेर फेर गर्न सकिने कर समय मै परिमार्जन गर्न सकिने बताउनु भयो । नेपाली काङ्ग्रेसका सह सभापति नेत्र बहादुर महत सचीव क्या मीन कार्की सह सचिब भरत बहादुर रकाल लगाएत को टोलि ले ज्ञापनपत्र बुझाएको छ । म्याग्दीको ६ वटै स्थानीय तह पहिलो चरण ज्ञापनपत्र बुझाएर सचेत गराउने कार्यक्रम रहेको सह सचिब भरत बहादुर रकाल ले जानकारी दिनु भयो । पछिल्लो समयमा देसै भरी वृद्धि भएको कर को बिरोध मा ठाउँमा ठाउँमा आन्दोलन हरु सुरु भएको छ । साना व्यावसायि गरेका तथा जिबिको पार्जन गर्ने जनता हरु लाई ढाड सक्ने गरि लगाएको कर का विरुद्ध हो हामीले कर तिर्नु पर्छ तर समय सेवा सुबिधा अनुसार बैज्ञानिक र मितब्ययी हुन पर्छ कार्यबाहक सभापति रेग्मी ले भन्नु भयो । नगर प्रमुख ले सबै खाले कर को दर तुरुन्तै पुनर्बिचार गरिने बताउनु भयो ।
Saturday, August 11, 2018
उपप्रमुख रेनुका काउचा सहित चार नगरपालिकाका उपप्रमुखहरु अमेरिका प्रस्थान !
उपप्रमुख रेनुका काउचा सहित चार नगरपालिकाका उपप्रमुखहरु अमेरिका प्रस्थान !
सुरेश छन्त्याल/ गल्कोट २०७५ साउन २७ ।
गल्कोट नगरपालिकाकी उप प्रमुख रेनुका काउचा मगर संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व विकास कार्यक्रम अन्तगर्त संघीय सरकारको संरचनामा महिलाव्दारा गर्न सकिने परिवर्तन कार्यक्रममा भाग लिन उपप्रमुख काउचा शनिबार अपरान्ह अमेरिका तर्फ प्रस्थान गरेकी हुन् ।
उपप्रमुख काउचासँगै नेपालबाट नेपालगंज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगर, डडेल्धुरा अमरगढी नगरपालिकाकी उपप्रमुख संगिता कुमारी भण्डारी पनि अमेरिका प्रस्थान गरेका छन् ।
२० दिनसम्म सञ्चालन हुने कार्यक्रममा अमेरिकाका विभिन्न राज्य तथा स्थानीय तहको संरचना, कामको प्रक्रिया र अनुभव सिकाई ग्रहण गरिने बताइएको छ ।
सो अवधीमा सहभागी महिला नेतृलाई लोकतन्त्रको संस्थागत विकास, संघीय संरचनामा महिला सहभागिता र नेतृत्वका माध्यमबाट ल्याउन सकिने परिवर्तनका विषयमा दिक्षीत गरिने छ । विशेषगरि स्थानीय तहको न्याय प्रक्रिया, शिक्षा, स्वास्थ्य जस्ता विषयको सेवा प्रवाह र पारर्दशिता तथा जवाफदेहिताका विषयमा केन्द्रित जानकारी दिइनुका साथै सो को अवलम्वन बारे अवलोकन गराइनेछ ।
भलिबल प्रतियोगितामा उत्कृष्ठ अवार्ड छुटाउँदीनन्
भलिबल प्रतियोगितामा उत्कृष्ठ अवार्ड छुटाउँदीनन्
म्याग्दी जिल्लाको रुम गाविस वडा नं. ९ डाँडा गाउँमा बाबबाट स्व. चन्द्रबहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको रुपमा कमला पुन २०५१ कार्तिक २० गते जन्मिएकि हुन् । ९ वर्षको उमेरमा बाबा गुमाएकी कमलालाई पालनपोषण र शिक्षदिक्षाको काम उनकी आमाले गरेकी हुन् । पछिल्लो समय हुने गरेका महिला भलिबल प्रतियोगितामा उत्कृष्ठ अवार्ड लिइरहने नेपालको राष्ट्रिय महिला भलिबल टोलीकी भरपर्दी खेलाडी कमला सँग अमृत बास्कुनेले गरेको कुराकानी ।
प्रश्न : भलिबल क्षेत्रमै किन पाइला चालियो त ?
उत्तर: मलाई सानै देखि खेलकुद मन पर्ने अनि भलिबल भनेपछि निकै रुची थियो । हुनत म्याग्दीको ग्रामिण भेकमा धेरै भलिबल खेल्ने भएको भएर होला म पनि भलिबलमा नै लागेँ । भलिबलमा रुची भएपनि छात्राहरु भलिबल खेल्ने कम हुन्थ्यो मुस्कीलले मात्र टिम पुग्ने समस्या थियो । केटीमान्छेलाई घरबाट बाहिर जान पनि दिदैन थिए गाउँमा मैले भने आमालाई फकाउथे अनि जान्थे खेल्नका लागि । अनि गाउँघरमा हुने मेलाहरुमा हुने प्रतियोगितामा सहभागी हुन जाँदा पनि म बेष्ट प्लेयर हुन्थे । जब म पुरस्कार थापेर घर पुग्थे मेरी आमा धेरै खुसी हुनुहुन्थ्यो ।
प्रश्न: खेलकुदको क्षेत्रमा कसरी अगाडी बढ्नु भयो ?
उत्तर : मैले ओखरबोट माध्यमिक विद्यालयबाट पढेकी हु भने मेरो एसएल एन्जलहार्टबाट हो । तत्कालीन समयमा वीरेन्द्र शिल्डको नामले हुन्थ्यो विद्यालय स्तरीय खेलकुद प्रतियोगिता । म ओखरबोटबाट वीरेन्द्र शिल्डमा सहभागी हुन आएको थिए । जिल्लाबाट छनौट भएर क्षेत्रमा पुगेँ म अनि क्षेत्रीय प्रतियोगिताबाट पनि म छनौट भएर क्षेत्रीय टोलीको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थिए । त्यो बेलामा वीरेन्द्र शिल्ड प्रतियोगिताको महिला भलिबल प्रतियोगिता पश्चिमाञ्चलले जितेको थियो । त्यस पछि मेरो खेल तर्फको रुची झन बढ्न थाल्यो । काठमाडौमा हुने ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा सहभागी हुनका लागि मलाई एन्जल हार्ट स्कूलबाट बोलाउनु भयो र म उक्त स्कूलको तर्फबाट खेले । मलाई त्यही स्कूलले छात्रबृत्तिमा पढाउने प्रस्ताव राख्यो र मैले स्वीकारे स्कूलको प्रस्तावलाई ।
प्रश्न: भलिबलमा भएको प्रगति र अहिलेको अवस्थामा आउन कस्ले सहयोग ग¥यो ?
उत्तर: मैले पढाइ सँगै खेल्ने र खेलको कोचीङ लिन थाले त्यस बेला इम राना मगर गुरु हुनुहुन्थ्यो र मैले इम राना जस्तो कोचले सिकाएको सिक्न पाए र त्यहीको प्रशिक्षण पछि मलाई राष्ट्रिय खेल खेल्ने मौका मिल्यो । मैले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाएँ मैले । खेल्दै जाँदा म राष्ट्रिय टोलीमा छानिएँ म राष्ट्रिय टोलिमा छानीनुमा पहिलो त मेरो आमाको भुमिका जसले मलाई अरु छोरीहरुलाई जस्तो गरी बन्दनमा नराखी खुल्ला रुपमा खेलकुदमा भाग लिन दिनुभयो । त्यस पछि एन्जलहार्ट स्कूल जसले मलाई राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुने मौका सृजना गरीदियो अनि मेरो खेललाई निखार ल्याउन महत्वपूर्ण योगदान दिनुहुने गुरु इम रानालाई मैले कहिल्यै भुल्न सक्दिन ।
प्रश्न: अहिले सम्म उपाधि तथा पुरस्कार कति हात पार्नुभयो ?
उत्तर: अहिले सम्म मैले दुई वटा स्कुटर पाएको छु । २०७१ मा ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा प्रतिभावान खेलाडी हुँदै मैले स्कुटर पाए । २०७२ मा मैले ढोरपाटन डबल लगि भलिबलमा उत्कृष्ट खेलाडी बन्दै अर्काे स्कुटर पाएको थिए । रुरु खेल प्रतियोगितामा बेष्ट डिफेन्डरको अवार्ड पाएको थिए । त्यस्तै अन्तराष्ट्रिय प्रतियोगितामा मैले ४ पटक सहभागीता जनाएको छु । दुई वटा बिच भलिबल प्रतियोगिता थिए । त्यस मध्ये एभिसी सेन्टर जोन माल्दीप्समा भएको थियो त्यसमा हामीले स्वर्ण पदक प्राप्त गरेका थियौं । त्यस्तै पहिलो दक्षिण एसीयाली महिला भलिबल प्रतियोगिता सन २०१४ मा भएको थियो जसमा नेपालले रजत पदक जितेको थियो । त्यो प्रतियोगितामा हामी फाइनलमा चुक्यौं । दक्षिण एसीयाली महिला भलिबल प्रतियोगितामा रजत जित्ने टोलीलाई नेपाल सरकारले पनि सम्मान गरेको थियो । भर्खरै सम्पन्न सागमा नेपालले कास्य पदक जितेको थियो त्यो प्रतियोगितामा म्याग्दी जिल्लाका हामी दुई जना खेलाडीहरु परेका थियौं टोलीमा अरुणा शाही र म भने कोचमा म्याग्दीकै कौशिला खत्री हुनुहुन्थ्यो ।
प्रश्न: सम्झन लायक सम्मान कुनै छ ?
उत्तर : सागमा कास्य जितेपछि हामीलाई धेरै सम्मान मिल्यो । जिल्ला खेलकुद विकास समिति म्याग्दीले समन्वय गरेर म्याग्दीमा धेरै संघ संस्थाहरुले हामीलाई सम्मान गरेका थिए । अहिले सम्मानको क्रममा म्याग्दीका ५ जना खेलाडीहरु थियौं जसले सागमा मेडल जितेका थिए । भारत्तोलनकी तारादेवी पुन, उसुकी विन्दु पुन, आर्चरीमा प्रेमप्रसाद पुन हुनुहुन्थ्यो भने अरुण र म भलिबलका भयौं ।
प्रश्न : अहिले कुनै क्लब तथा कुनै संघ संस्थामा आबद्ध हुनुन्छ कि ? उत्तर: अहिले म नेपाल प्रहरी क्लबबाट व्यवसायीक भलिबल खेलीरहेकी छु ।
प्रश्न : अन्त्यमा केही भन्नु छ कि ?
उत्तर : खेल जीवन भनेको मानिसलाई स्वच्छ राख्नकालागि महत्वपूर्ण भुमिका दिने चिज हो । राष्ट्रिय खेलकुद परिषद्ले अगाडी सारेको नाराले पनि मानिसलाई पक्कै छोएको हुन पर्छ ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ हो यही नारालाई आत्मसाथ गर्दै म आगाडी बढीरहेकी छु र अहिलेको यो स्थानमा आउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिन्छु अनि मिडीया क्षेत्र जसले रुमकी कमलालाई नेपालको राष्ट्रिय टोलीकी कमलाको रुपमा प्रचार प्रसार गरेको छ त्यसैले मिडीयाकर्मी र मिडियाका साथीहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।